हार्डवयर व्यवसायी उपसमिति संयोजकमा पुन : पौडेल

नवीन राई
तुलसीपुर,१ चैत । तुलसीपुर उद्योग बाणिज्य संघ हार्डवयर ब्यबसायी उपसमितिको संयोजकमा पुनः दयाराम पौडेल चयन भएका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघ हार्डवयर ब्यबसायी उपसमितिको शनिवार सम्पन्न भेलाले पुनः पौडेलको संयोजक रहेको ११ सदस्यीय हार्डवयर उपसमिति सर्वसहमतीले चयन गरेको हो ।

जसको सहसंयोजकमा खम्बु ओली, नबराज रेग्मी, तेजबिक्रम घर्ती, सचिब बसन्त भण्डारी, कोषाध्यक्ष गोरख ओली रहेका छन् । त्यसैगरी सदस्यहरुमा देवराज कडेल, टीकाजंग खड्का, पवन भण्डारी, बिमल भण्डारी, उज्ज्वल भट्टराई रहेका छन । भेला हार्डवयर ब्यावसायी उपसमितीका संयोजक दयाराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य नवीन राईको प्रमुख आतिथ्यमा भएको थियो ।

यसैबिच उपसमिति पुर्नगठन पछि बसेको कार्यसमितिको पहिलो बैठकले हार्डवयर व्यावसायी उपसमितिको सल्लाहकारमा पोषणराज रेग्मी, मिनराज ओली,भरतराज शर्मा र गोकर्ण गिरीलाई चयन गरेको छ ।