दाङ,२९ फागुन । नेकपा (एमाले) घोराही उपमहानगर पालिका वडा नं ६ वडा कमिटि विस्तार गरिएको छ ।
थुरेन्द्र वलीको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य विवेक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बसन्ती चौधरीको अध्यक्षतामा समिति गठन गरेको हो । कमिटिको सचिवमा मोहन खड्का छन् । वडा कमिटि ५१ सदस्यीय रहेको छ । भेलाले सगुन राम चौधरी र अमर वलीलाई किसान महासंघको वडा अध्यक्ष र सचिवमा चयन गरेको छ ।
त्यसैगरी राजकुमारी चौधरी र भगवता पुनलाई अनेम संघको अध्यक्ष र सचिवमा चयन गरेको छ भने आदिवासी जनजाती महासंघको वडा कमिटि अध्यक्षमा केवल पुन र सचिवमा सरद चौधरीलाई चयन गरेको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य विवेक श्रेष्ठ, जिल्ला सचिवालय सदस्य विकास चौधरी, घोराही उपमहानगर अध्यक्ष भुवन चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।