दाङ,२५ फागुन । महिलाहरुको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार मुल नारासहित १ सय ११ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसका अवसरमा मंगलवार ग्रामीण महिी उत्थान केन्द« दाङले घोराहीमा अभिुमुखीरकण कार्यक्रम सम्पन्न गरेको छ।
ग्रामीण महिला उत्थान केन्द« दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता एव जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द«मान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले महिलाको समृद्धी विना कुनै पनि मुलुक समृद्ध नहुने भन्दै महिीको समृद्धीमा जोड दिएका थिए ।
समन्वय प्रमुख नेपालीले महिला र पुरुषविच समानता नभएसम्म समृद्धीको कल्पना गर्न नसकिने भन्दै महिला पुरुषविच समानताका लागी अझै संर्घष गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहभागी वक्ताहरुले महिलाहरुको आर्थिक र सामाजिक रुपले बलियो नभएसम्म महिलामाथिको दमन र थिचो मिचो अन्तय नहुने भन्दै महिलाको समृद्धीमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिएका छन ।
महिलाहरुलाई अझै पनि अवसरको खाचो रहेको वताउदै अवसर दिए महिलाले गर्न नसक्ने कुनै काम नरहेको वताएका छन । सरकारले अघि सारेको समृद्ध नेपाल खुशी नेपालीको नारा साकार पार्न पनि महिलाहरुको समृद्धी आवश्यक रहेको वक्ताहरुको भनाइ छ। संविधानले दिएका हक अधिकार कार्यान्वयन अहीलेको प्रमख चुनौती रहेको वताउदै अधिकार कार्यान्वयनमा सवै संवेदनशील र सजक रहन आवश्यक रहेको वक्ताहरुको भनाइ छ।
कार्यक्रममा नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द«राज पन्त, अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष शुशीला पौडेल, महिला मानावअधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष हुमा डिसी, नेपाल परिवार नियोजन संघ घोराहीका सचिव माया पोख्रेल, नेपाल महिला सामुदायीक सेवा केन्द«का अध्यक्ष कल्पना न्यौपाने, पत्रकार बसुन्धरा गौतम, एकता बहुदेश्य सहकारी संस्थाका अध्यक्ष रेवा अधिकारी, कर्मठ महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष देविमाया थापा, दिलबहादुर घर्ती, सामाजीक रुपान्तरणका लागी महिला मञ्चका सचिव सुशीला आचार्य, महिला उद्यामीहरु हिरा थापा, रेनुका रार्इ, गंगा घर्तीलगायतले बोलेका थिए । कार्यक्रममा महिला मानवअधिकारकर्मी सुष्मा गिरीले कार्यपत्र प्रस्तुत गरेकी थिइन । मिरा चौधरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण रजनी श्रेष्ठले गरेकी थिइन ।