लक्ष्मण बस्नेत
तुलसीपुर,२२ फागुन । दाङको तुलसीपुरमा संचालित ईन्टर रोटरी–रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ उपाधी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीले हात पारेको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्डमा शनिबार सम्पन्न फाईनल खेलमा रोट्रयाक्ट क्लब तुलसीपुरलाई ३ का विरुद्ध ११ गोलको फराकिलो अन्तरले पाखा लगाउदै तिनाउ सिटीले उपाधी हात पारेको हो ।
उपाधीसंगै उसले नगद ३० हजार,तथा ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजय ब्यहोरेको रोट्रयाक्ट क्लब अफ तुलसीपुर उपबिजेतामा सिमित रहदै नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ।
आपसी भाईचारा कायम राख्ने र ब्यवसायीक फुटसल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोह रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका– ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो ।
त्यस अबसरमा प्रतियोगिताका बिजेता, उपबिजेता तथा वेस्ट प्लेयर खेलाडी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीका प्रवेश क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथीले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसीपुर सिटिका महासचिव देवेन्द्र केसीले गरेका थिए ।