पोखरा, २२ फागुन । मानव अधिकार तथा शान्ति समाजको पोखरामा शनिवार सकिएको अधिवेशनबाट वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत र सचिवमा निर्मल नेपाली चयन भएका छन् ।
कास्कीको पोखरामा फागुन २१ देखि २२ गतेसम्म चलेको राष्ट्रिय परिषद् बैठकबाट उनीहरु ती पदहरुमा निर्बिरोध निर्वाचित भएका हुन । बस्नेत र नेपाली लामो समयदेखि शान्ति समाजमा क्रियासिल छन् ।बस्नेत पत्रकार पनि हुन । उनी यसअघि समाज दाङको जिल्ला सदस्य, सह सचिव , तीन कार्यकाल सचिब , जिल्ला सभापति , केन्द्रीय सदस्य , केन्द्रीय सचिब , महासचिव हुदै वरिष्ठ उपसभापतिको जिम्मेवारीमा पुगेका हुन ।
नेपाली यसअघि समाजका दाङ शाखा सभापतिको जिम्मेवारी निर्वाह गरेका ब्यक्ति हुन । उनले पनि दाङ शाखा भित्र बिभिन्न पदमा रहेर कुलशता पूर्वक कार्य सम्पादन गरिसकेका छन् । दलित अधिकारकर्मी नेपाली शिक्षक पनि हुन ।
यसैबीच निर्वाचित भइसकेपछि बस्नेतले शान्ति संस्कृतिको बिकास , मानब अधिकारको सुनिश्चितता, लोकतन्त्रको संरक्षण र सुशासन प्रबद्र्धनमा अझै सशक्त अगाडि बढ्ने प्रतिक्रिया दिए । देशका ३८ जिल्लाका ३ सय बढी प्रतिनिधि परिबेक्षक सहभागि अधिबेशनले २ बर्षे कार्यकालका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
निर्वाचन समितिका अधिकृत अधिबक्ता महेन्द्र पाण्डेले अधिबेशनबाट निर्वाचित पदाधिकारीहरु शान्तिका पक्षमा वकालत गर्दै आएका व्यक्तिहरु भएको बताए ।
हेर्नुहोस पदाधिकारीको नाम लिष्ट
सभापति (गोबिन्द खनाल) रुपन्देही
वरिष्ठ उपसभापति ( सुशील बस्नेत) दाङ
उपसभापति कृष्ण रावल (पाल्पा)
महिला उपसभापति रत्न लक्षमी श्रेष्ठ
महासचिव रामकृष्ण बराल (काठमाडौ) लाई निर्बिरोध निर्बाचित गरेको छ ।
त्यस्तै, ७ जना प्रदेश सचिब र ४ जना समावेशी सचिबमा क्रमश १ नम्बर प्रदेश बिकास थापा (मोरङ)
प्रदेश २ नम्बर अमरबहादुर गौतम (पर्सा)
बाग्मती प्रदेश बाबुहरी आचार्य (चितवन)
गण्डकी प्रदेश धिरज थापा(कास्की)
लुम्बिनी प्रदेश (मिना ढकाल) रुपन्देही
कर्णाली प्रदेश (पुष्पा मल्ल) सुर्खेत
सुदुरपश्चिम प्रदेश (मदन बहादुर कुँवर) अछाम
समाबेसी सचिव
दलित कोटा – निर्मल नेपाली – दाङ
मधेसी– बन्दना सिंह –सर्लाही
जनजाति –रामप्रसाद जैसी –नुवाकोट
महिला– नम्रता पौडेल (काठमाण्डौ)
कोषाध्यक्ष – जगननाथ थपलिया (काठमाडौ)
दश जना केन्द्रीय सदस्य मध्य ४ जना महिला
निर्मला सुवेदी – मोरङ
सरस्वती कुमारी नेपाली – अछाम
सरस्वती ढकाल – काठमाडौ
सुमित्रा बन्जारा– काभ्रे
खुल्ला सदस्य ६ जना मध्य
ललितपुर शाखाबाट चन्द्रमणी बञ्जारा, तेह्रथुम शाखाबाट लक्ष्मीनारायण मिश्र, नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)बाट निवर्तमान सभापति माधवप्रसाद गौतम, सुनसरी शाखाबाट शाखाका पूर्व सभापति सन्तोषकुमार रौनियार, कपिलबस्तु शाखाबाट आजिवन सदस्य दिलबहादुर कार्की,अर्घाखाँचीका बिष्णु भुषाल चयन भएका छन् ।
२०५३ सालमा वरिष्ठ मानब अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा शान्ति समाज स्थापना भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् आगामी बर्ष कपिलवस्तुमा हुने भएको छ ।