सुविनराज सेपाईली
गुर्जिरहेका हामी नारी
नारी हिंसाबिरुद्ध हामी ।
बलात्कृत भैइरहने नारी
शोषण दमनमा गुर्जिरहेको नारी ।
उठ नारी, अव जुट नारी
अन्यायको विरुद्धमा जुट नारी ।
शिक्षादिक्षाबाट बन्चित नारी
अव अधिकार खोज्न जाग्नपर्छ ।
स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ,
नारी दमनका बिरुद्ध आवाज बुलन्द पार्नेपर्छ ।
कति सहने बलात्कृत पीडाहरु
कति झार्नै आशुका ढिकाहरु ।
मुक्तिको लागि पुरुष सम्मान हिड्न सिकौ,
अन्यायको विरुद्ध एक धिक्का हुन सिकौ ।
महिलामाथि हुने हिसा विभेद विरुद्ध
विश्वभरीबाट जुटौ हिंसवा विरुद्ध ।
कति सहनु महिला हिँसा, जुटौ अब उठौ
जुरुक्क विश्वबाट उठ्औ, सामनतबादका विरु लडौ ।