लमहीमा कोभिड विरुद्धको खोप लगाइदै

शिवराज खनाल
लमही,२२ फागुन । लमही नगरपालिकाले ६५ बर्षमाथिका वृद्धबृद्धाहरुलाई कोभिड विरुद्धको खोप २३ गते आइतबारदेखि लगाउने भएको छ । बृद्ध अबश्थामा रहेका आमाबुबाहरु कोभिडको संक्रमणको उच्च जोखिममा रहने भन्दै देशभर खोप लगाउने कार्यक्रम अन्तर्गत लमहीले पनि २३ गतेदेखि लगाउन थालेको हो ।

लमही– ४ , ५ र ६ का लागि लमही ४ मा रहेको लमही अस्पतालमा, त्यसैगरी सतबरिया स्वास्थ चौकीमा वडा न ७, ८, ९ र सोनपुर स्वास्थ चौकिमा १,२,३ मा लगाउने भएको लमही नगरपालिकाका स्वस्थ्य संयोजक लोकराज पौडेल बताए । उक्त खोप पालिकामा भित्र बस्नु हुने ४ हजार एक सय जना व्यक्तिलाई लगाउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार नगरपालिकाले २७ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको छ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठले उक्त खोप कार्यक्रममा वृद्धबृद्धाहरुलाई असहज नहोस भन्दै खोप कार्यक्रममा पानी ,बेड,माक्स र खोप कार्यक्रममा खटिने स्वास्थकर्मीहरुलाई खाजाको व्यवस्था गर्ने भएका छन् । ‘मानव सेवा नै धर्म हो’ भन्ने भनाईलाई सार्थकता दिन यस्तो सहयोग गरेको अध्यक्ष श्रेष्ठ बताएका छन् ।