दिब्यज्योतिले मनायो २४ औ वार्षिकउत्सव

तुलसीपुर, २१ फागुन । तुलसीपुर १२ कचिलास्थित दिब्यज्योति बोर्डिङ स्कुलले शुक्रबार एक बृहत कार्यक्रमको आयोजना गरि आफ्नो २४ औं बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शक्तिकुमार शर्माको अध्यक्षता एबम लुम्बिनी प्रदेशका सांसद तथा बिद्यालय संचालक समितिका अध्यक्ष शंकर गिरीको उपस्थितीमा भएको कार्यक्रममा बिद्यालयले बिभिन्न समयमा राखेका प्रतियोगिताका बिजेताहरुलाइ प्रमाणपत्र तथा मेडल प्रदान गरेको थियो ।

सांसद शंकर गिरीले बिद्यार्थी अभिभावक र शिक्षक कर्मचारी तथा ब्यबस्थापन पक्षको समन्बयले मात्रै शिक्षा क्षेत्रको बिकास सम्भब रहेको बताएका थिए। कार्यक्रममा बिद्यालय संचालक समितिका सदस्यहरु निम बहादुर केसी, बसन्त पोख्रेल, बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु तारा बहादुर कार्की, बिमला केसी, शिक्षक अभिभावक संघका अध्यक्ष मदन कुमार वली, पुर्व प्राधानाध्यापक राजकुमार गौतम, तुलसीपुर ११ नम्बर वडा सदस्य तथा पुर्ब बिद्यार्थी सुबास डागी, अभिभावकहरु थम्मन योगी, दिलिप वलीलगायतले बिद्यार्थी तथा बिद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए । त्यस अबसरमा योगाचार्य रबिन्द्र बस्नेतले योग सम्बन्धि प्रशिक्षण दिएका थिए ।

स्वर्गिय पुर्ब शिक्षक तोयानाथ योगी स्मृति अक्षकोष छात्रवृत्ति पुरस्कार स्वर्गीय तोयानाथका बुबा ताराप्रसाद भुसालले बितरण गरेका थिए ।बिद्यालयका शिक्षक चन्द्रमान खड्काको स्वागत मन्तब्यबात शुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका पुर्ब प्राधानाध्यापक बिनोद बस्नेतले गरेका थिए ।