लक्ष्मण बस्नेत
तुलसीपुर,२१ फागुन । दाङको तुलसीपुरमा इन्टर रोटरी–रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ शुक्रबारदेखि सुरु भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्डमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले मानव स्वास्थको अभिन्न अंग खेलकुदको विकास बिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । ‘विकसित मुलुकले खेलकुदका माध्यम बाटै समृद्धि हासिल गरेका छ्न्, हाम्रो देशको समृद्धिको मुख्य सुचक खेलकुद हो । अब हामी खेलकुदमा लगानी बढाउदै लैजाने पक्षमा छौ’–नगर प्रमुख पाण्डेयले भने–‘खेलकुदको शहर तुलसीपुर खेलमय बन्दैछ, हामी भौतिक संरचना निर्माण र खेल गतिविधि एकै साथ अगाडि लैजादैछौ ।’
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिहले तुलसीपुर क्षेत्रमा बढेको खेल गतिविधिको प्रसंशा गर्दै बाहिर जिल्लाबाट आउने खेलाडीको सुरक्षा ब्यबस्थापन मजुबुत पारेको बताए ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका प्रस्तावित अध्यक्ष शिवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकललगायतले बोलेका थिए । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिस लामिछानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ तुलसीपुर सिटीका महासचिव देवेन्द्र केसीले गरेका थिए ।
यसैबिच प्रतियोगितामा रोटरी क्लब अफ तुलसीपुर र सिटी रोट्र्याक्ट क्लब अफ तुलसिपुरले बिजयी सुरुवात गरेका छन । शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोटरी क्लब अफ लमहीलाई ३ का बिरुद्ध ११ गोलको पराकिलो अन्तरले पाखा लगाउदै रोटरी क्लब अफ तुलसीपुर सिटीले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै रोटरी क्लब अफ धनगडीलाई २ का विरुद्ध १७ गोलको भारी अन्तरले पाखा लगाउदै रोट्रयाक्ट क्लब अफ तुलसीपुरले बिजयी यात्रा सुरु गरेको हो ।
आपसी भाइचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक रुपेश शर्माले जानकारी दिएका छन् । प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्माले बताए ।
त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडीलाई पुरस्कृत गरिनेछ । फागुन गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच प्रतियोगिताको फाईनल तथा समापन समारोह शनिवार हुने आयोजकले जानकारी दिएको छ ।