‘आँधी तुफान–२’ मा याङ्सु

दाङ, २१ फागुन । नयाँ नेपाली फिल्म ‘आँधी तुफान–२’ निर्माण घोषणा भएको छ । एक दशक अगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । उनी नेपाली फिल्मका स्क्रिप्ट राइटर हुन् । मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज आदिले अभिनय गर्ने भएका छन् ।

थ्रिलर र सस्पेन्स बिषयमा नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए । आगामी चैतको पहिलो सातादेखि छायांकन प्रारम्भ हुने उक्त फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ । फिल्मका निर्माण नियन्त्रक नारायण चालिसे छन् ।