मोटरसाइकलको ठक्करबाट दाङमा एक स्कुले विद्यार्थीको मृत्यु

दाङ,१७ फागुन । मोटरसाइकलले ठक्कर दिँदा दाङमा एक स्कुले विद्यार्थीको मृत्यु भएको छ।

विद्यालयबाट पढाई सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका– १७ सिस्ने खोलाकी १५ बर्षिया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

आचार्य घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन्। उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो। विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिएका छन्।