दाङ, १७ फागुन । घोराही उपमहानगरपालिका–१६ मा रहेको सिर्जनशिल आधारभुत विद्यालय बाहुनडाँडामा १ लाख ५० हजारको अक्ष्यकोष स्थापना गरिएको छ ।
विद्यालयमा घोराही १६ निवासी ओमवहादुर डाँगीले आफनो बुवा हिमलाल डाँगी र आमा विष्णु कुमारी डाँगी र भाइ गजेन्द्रराज डाँगीको स्मृतिमा १ लाखको अक्ष्यकोष स्थापना गरेका हुन ।
त्यसैगरेर शालिकराम डाँगी र होमवहादुर रावतको स्मृतिमा ५० हजारको अक्ष्यकोष स्थापना गरिएको छ । अक्षय कोषवाट आउने व्याजको रकमले विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार छात्रा छात्रलाई प्रदान गरिने भएको छ ।
अक्ष्यकोष स्थापना वडा नं १६ का वडा अध्यक्ष ताराबहादुर डाँगीको सहभागितामा भएको विद्यालयका प्रधनाध्यापक रमेशकुमार पाण्डेले जानकारी दिएका छन । उनका अनुसार अक्ष्कोषबाट प्राप्त हुने बार्षिक ब्याजबाट जेहेन्दार एव उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।