Goraksha

National Daily

बाँझो जिन्दगी

यम रेग्मी

सुस्तरी उठी रक्षा बेन्चबाट । कटकटी खाएको थियो पेटको तलको भाग । उठ्दा झनै दुख्यो । वायाँ हातले मेक्सी समाई, दायाँ हातले गोपालको वायाँ हात समाई । हातको सहाराले केहीबेर उभिई । गोपालले डो¥याएर डाक्टरको कोठाबाट बाहिर निकाल्यो । केही पाइला गोपालको भरमा अगाडि बढाई । केही सहज भयो ।

सुस्तरी हटाई गोपालको हातबाट आफ्नो हात । आफैँ हिड्न थाली विरामी बूढो कछूवाझैँ । अगाडि बढ्दै गई गन्तव्य विराएको यात्रीझैँ । गोपाल अघि–अघि लाग्यो, ऊ पछिपछि लागी । डाक्टरको कुराले मन होस्मा थिएन, घरमा आएको पत्तै पाइने ।
मनसँगै निरन्तर दुखिरह्यो पेट । कहिले मन बढी दुख्यो, कहिले पेट । कहिले मन अगाडि जान्थ्यो, पेट पछाडि पथ्र्यो ।

कहिले पेट अगाडि जान्थ्यो मन पछाडि पथ्र्यो । दुवैको प्रतिस्पर्धा चलिरह्यो, एक हप्तासम्म । जब मान्छे अगाडि हिड्न डराउँछ तब पछाडि फर्कन्छ । विगत प्यारो लाग्छ, उसलाई । जब एक्लै हुन्थी रक्षा, विगतका यादमा हराउँथी । कहिले विद्यालयकालका सुखका पलहरू सम्झिन्थी । कहिले बाल्यकालका रमाइला घटनामा हराउँथी ।

तर तिनै सुखका यादले झत्भती पोल्थे, आगोलेझैँ । तीर्खाएको मृगझैँ प्यासी हुन्थ्यो मन । दुःखले मात्र दुःख दिँदोरहेनछ मान्छेलाई । मान्छे दुःखी भयो भने सुखले पनि दुःख दिँदोरहेछ । जसरी सूर्यले चन्द्रमालाई सधैँभरि दुःख दिइरहन्छ ।

कति–कति बेला पेटको दुखाई केही सहज हुन्थ्यो । बाँचुलाझैँ लाग्थ्यो । जब कट्कटी दुख्न थाल्थ्यो, जीवनको अगाडिको बाटो हेर्थी । भीर देख्थी, छाँगो भेट्थी । काँडैकाडाको सगरमाथा पाउँथी । आँसु नै आँसुको समुद्र पाउँथी ।

अँध्यारैअध्यारो देख्थी । मन अत्तालिन्थो, छटपटिन्थ्यो । भत्भती आगोलेझैँ पोल्थ्यो, मन । चारैतिर हेर्थी, सबै बाटाहरूका काँडेतारको पहाड देख्थी । चतुर्भूजझैँ बन्द भएको जीवन पाउँथी ।

मर्न मन लाग्यो, उसलाई । सजिलरी मर्ने अनेकौँ उपाय सोच्थी । कोठामा एक्लै बसेको बेला मर्नलाई कहिले पङ्खाको सिलिङ हेर्थी । तल र माथिको दूरी नाप्थी । कहिले झ्यालको ग्रिल हेर्थी । ग्रिल र भूइँको दूरी नाप्थी । फेरि कति–कति बेला झल्यास विद्यालयमा गुरुले भनेका उपदेश सम्झिन्थी र झसङ्ग हुन्थी । मरेका आशाहरू थोरै भए पनि पलाउँथे, सुक्दै गरेको रूखबाट अङ्कुरा पलाएझैँ ।

पाठेघर फाल्न काठमाडौं जानुभन्दा एकदिन अघिको कुरो हो । गोपाल बिहानै उठ्यो । टिकट लिन बसपार्क गयो । टिकट ल्यायो र दियो ।सीता छोरीको सामान खोजिन्, ठिक पारिन् । पाटाइपुटाई पारिन् र झोलामा राखिन् । आफूले लगाउने कपडा पनि खोजिन्, ठिक पारिन् । झोलामा राखिन् । दिनभर अँध्यारो मनले भोलिको यात्राको तयारी गरिन् ।

साँझ समयमै खाना तयार पारिन् । छोरीलाई बोलाइन् । छोरी आई । पतिलाई बोलाइन् । पति पनि आए । छोरीको थालमा खाना पस्किइन् र टेबलमा राखिदिइन् । पतिको थालमा पस्किइन्, टेबुलका राखिदिइन् । बाउछोरी खान थाले । उनी आफ्नो लागि खाना पस्कँदै थिइन् । ट्रिन ! ट्रिन !! टिन !!! गर्दै फोनको घण्टी बज्यो । आफै कट्यो । अर्को पटक फेरि फोनको घण्टी बज्न थाल्यो ।

कृष्ण भातमा दाल राख्दै सितातिर हेर्दै बोले, ‘फोन उठान कसको रहेछ, घण्टी बजिरा‘छ ।’ ‘जसको भए पनि के भयो र ? खानुस् गमागम ? फोनको काम बज्ने हो बज्छ ।’ सीता झर्को मान्दै बोलिन् । कृष्ण केही बोलेनन् । खाना खान थाले ।

फोनको घण्टी फेरि बज्यो । ‘सुखले खान पनि दिएन । यो फोनको ठाँडोले’ सीता आफ्नो भातको थाल टेबुलमा राख्दै फोनतिर लागिन् । नियालेर फोन हेरिन् । एनसेलकोे नयाँ नम्बर देखिन् । फोन उठाइन् ।

बोलिन्–‘हेलो ! को बोल्नुभयो ?’

‘चिन्नुभएन ?’ कर्किएको स्वरमा आवाज आयो ।
सीता भान्सा कोठाबाट बाहिर निस्किइन् । उनी शान्त स्वरले बोलिन्–‘नम्बर सेभ रै‘नछ । चिनिन म त ।’

‘चिन्न पनि किन प¥यो र अब । छोरी माइत राख्ने भइसकेपछि ।’ उताबाट रूखो आवाज आयो ।

‘सम्धिनी हुनुहुन्छ ? नमस्ते सम्धिनीज्यू ।’ सीता आदर भावले बोलिन् ?
‘नमस्ते ! सम्धिनी पनि अब किन भन्न प¥यो ? बुहारी नै घरमा नरहेपछि र’ झनै खल्लो आवाज आयो ।

‘होइन के भयो र ? के भन्दै हुनुहुन्छ हजुर यस्तो ?’ सीता जिज्ञासु भावले बोलिन् ।
‘के भैन भनौँ र ! विवाह गरेकी छोरीलाई माइत राख्न त भएन नि सम्धिनीज्यू, कि डिभोर्स दिनुप¥यो कि घरमा पठाउनुप¥यो ।’ थर्काएर बोलिन् ।

‘छोरी बिरामी छे । जानीजानी बिरामी छोरी कसरी घरमा पठाउँ ? भोलि काठमाडौं जाँदै छौँ, सन्चो भएपछि आउँछे ।’ सीता नम्र स्वरले बोलिन् ।

‘काठमाडौं, अमेरिका जा पु¥याएर पनि मलाई के भयो र ? कि त घरमा पठाउन प¥यो कि डिभोर्स दिनुप¥यो । सोचेर खबर गर्नुहोला ।’ झ्याप्प फोन कट्यो । मलिनो अनुहार, दुःखी मन लिएर सीता भान्सामा छिरिन् ।

रक्षा आफ्नै धुनमा खाँदै थिई, कृष्णा आफ्नै स्वरमा खाँदै थिए । सीताको चाला देखेर बाउ–छोरी संकोचमा परे । कृष्णले गिलासभरिको पानी तनतनी पिए र बोले ‘कसको फोन रहेछ सीता ?’

सीता नजिकैको कुर्सीमा थचक्क बसिन् । लामो सुस्केरा हालिन् र उदास स्वरले बोलिन्, ‘नानीको सासूको ।’

‘सम्धिनीको ?’ भातको गास हातमा छोपेर बोले ।
‘हो सम्धिनीको ।’ सीताको बोलीले कृष्णको खाँदै गरेको भातको गास हातको हातैमा रह्यो । हातको भातको गास मुखमा राखेनन् बरु थालमै राखे । टेबलका गिलासभरि पिउने पानी थियो ।

त्यही गिलासको पानीले थालमै हात धोए । रक्षा पनि खाना खान छोडी । अनौठो जीवलाईझैँ आमालाई हेरेको हे¥यै भई । बाबुको कुरा सुनेको सुनै भई । मन फुल्लिएर आयो । आँखा तिर्मिराए । घाँटीमा आएर केही अड्किएलाझैँ भयो । छाती फुल्लिएर सास फेर्न गाह्रो होलाझैँ भयो ।

‘के नाकले फोन गर्छिन्, तो फरि ? के भन्छिन् लाज नभाकिले ? निकै बेर पो ग¥यौ त कुरा ?’ कृष्ण चर्को स्वरमा बोले ।

‘कि त हाम्री नानी चाहियो रे ? किन डिभोर्स चाहियो रे ।’ सीता भरिएका आँखाले बोलिन् ।

‘यो मर्न लाकी छोरीलाई घरमा पठाउने रे ? आफ्नो बुहारीलाई बचाउनु त काँ हो काँ अझ यही बेलामा डिभोर्स चाहियो रे ? धरातल नभएकी स्वास्नीमान्छेलाई केही भनेनौ तिमीले ?’ कृष्णले प्रश्न गरे ।

‘केही भनिनँ, केही नभन्दै त लड्न कसिन्छिन्, केही भने झन कस्तो होला ?’ सीता हारेको भावले बोलिन् ।

हामीले कहिलेसम्म सहने ? हेप्नुको पनि सीमा हुन्छ नि ? जस्तो प्रश्न ग¥या थिन् त्यस्तै उत्तर दिनुपथ्र्यो, तिमीले ।’ कृष्ण रिसले आगो भए ।

सीता लोग्नेलाई शान्त पार्दै बोलिन्–‘भै’गो छोड्नुहोस्, सधैँ तल पर्ने केटी पक्ष त हो नि ? जे गरे पनि उनैको जित हुन्छ ।’

रक्षा थालको आधा भात खाई । आधा थालमै छोडी । केही नबोली जुरुक्क उठी । सफा गरेर हात धोई । सरासर सुत्ने कोठातिर लागी । कृष्णले पनि खान सकेनन्, थाललको खाना । आधा खाए । आधा थालमै छोडे । सीतालाई त खान मनै लागेन । उनी भागै बसिनन् ।

कुक्करको भात सानो देप्चीमा खनाए । कुक्कर पानी राखिन । भाँडो भिजाइन ।पतिको पछि–पछि उदास मन लिएर सुत्ने कोठातिर लागिन् । एकतिर भोलिको नयाँ गन्तव्य अर्कोतिर सम्धिनीको रुखो व्यवहार । रातभरि निदाउन सकेनन्, छटपटीमै बित्यो रात ।

अर्को दिन बिहानै काठमाडौं हिँडे, आमा छोरी । झोला गोग्लीको बाटोसम्म पु¥याउने काम गोपालले ग¥यो । सरासर वीर अस्पताल पुगे । अस्पतालले भर्ना ग¥यो । तीन दिन लगाएर एक पटक फेरि सबै जाँच ग¥यो ।

दाङको डाक्टरले जे कुरा गरेका थिए, त्यहाँ पनि उही नै भन्यो । अप्रेशन गर्नैपर्ने भयो । पाठेघर फाल्नैपर्ने भयो । पाँचौ दिन पाठेघरको अप्रेशन भयो । डाक्टरले शरीरबाट निकालेर फालिदिए, पाठेघर ।

सदा–सदालका लागि, बाँझो धर्ती बनी रक्षा । ऊ आइमाई भएर पनि आमा बन्न सकिन । कहिल्यै फूल्ने भइनँ । कहिल्यै फल्ने भइनँ । सधै थारो रह्यो उसको यौवन ।

बगरको पत्थरझैँ सुख्खा भयो उसको जीवन । सदा सदाको लागि, यो जुनीभरि बाँझो धर्ती बनेर रहने भई ।
तल्लो जीवन उपन्यासको अंश क्रमशः …