जनप्रियले मनायो १६ औं बार्षिकोत्सव

दाङ,१४ फागुन । तुलसीपुर उपमहानगरपालिका– २ बालापुरमा रहेको जनप्रिय इङ्लिस स्कुलले आफ्नो १६ आंै वार्षिकोत्सब मनाएको छ ।

विद्यालयले विहीवार एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका क्रममा सुरक्षा सावधानी अपनाएर बार्षिक उत्सव मनाएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, नाटकलगायतका विभिन्न कला प्रस्तुती राखेका थिए ।

स्कुलका प्रधानाध्यापक प्रकाशकुमार शर्माको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्विकाप्रसाद योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावककाविच त्रिकोणात्मक सम्वन्धक आवश्यक रहेको बताएका थिए । शैक्षिक सुधारका लागि शिक्षक,विद्यार्थी वा अभिभावकले मात्र चाहेर हुन नस्क्ने भन्दै उनीहरुले सवैको सहकार्य आवश्यक रहने बताएका थिए ।

विद्यार्थी विद्यार्थी साजन गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा १० का विद्यार्थीहरु अविना गिर्ी, साहाना गिरी र सपना बुढामगरले गरेका थिए ।