दाङ, ११ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुको शान्ति सुरक्षा तथा वजार व्यवस्थापनका बारेमा सरोकारवालाहरु संग छलफल गरिएको छ ।
छलफलमा बोल्ने व्यवसायीहरुले बिना दर्ता घुम्ते व्यवसायीहरुलाइ नियन्त्रण गर्ने स्थानिय सरकार तथा स्थानिय प्रशासनले ध्यान दिनु पर्ने बताएका थिए । वजारमा व्यवस्र्थीत गराउन पार्किङ, फुटपाटलाई व्यवस्र्थीत वनाउन लाग्नु पर्ने बताएका थिए । होटेल व्यवसायीहरु साझको सम्य सम्म सञ्चालन गर्ने पाउनु व्यस्था मिलाउन आग्रह गरेका थिए ।
कार्यक्रममा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही वजारलाई व्यवस्र्थीत गराउन उप महानगरपालिका लागि परेको बताए । वजार व्यवस्र्थीत गर्नका लागि योजना वनाएर अगाडि वढनु पर्ने चौधरी बताउछन् । बनाएको योजनामा सबैको सहयोग रहनु पर्ने नगरप्रमुख चौधरीको भनाइ रहेको छ । घोराही बजारमा पार्किङ गर्नका लागि जग्गाको समस्या रहेको बताए । अटोलाइ नियन्त्रण गर्न उप महानगरपालिका लागि पर्ने बताउछन् ।
वजार व्यवस्थापन तथा अन्य विषयमा स्थानिय सरकार र निजी क्षेत्र सहकार्य गरि राखेको र आउदा दिनमा पनि सहकार्य निरन्तर हुने उनको भनाइ रहेको छ । दर्ता विनाका घुम्ते व्यवसायीहरुलाइ नियन्त्रण गर्न आफुहरु लागि पर्ने उनले बताए । उनले व्यवसायीहरुले रेष्टुरेष्ट १० वजे सम्म र होटेलहरु ११ वजे सम्म खोल्न खासै समस्या नभएको उनको भनाइ रहेको थियो । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीहरुका लागि स्थानिय प्रशासन बाधक नहुने बताए ।
‘व्यवसाय खोल्ने विषयमा समय बाधक हुदैन ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने । रात्री कालिन व्यवसाय सञ्चालनका लागि पुर्वाधारको विकास निर्माण गर्न आवस्यक छ । व्यक्तिगत तथा सार्वजनिक पुर्वाधार निर्माणमा लाग्नु पर्ने उनको भनाइ रहेको छ । ‘जसले गर्दा व्यवसायीहरु सुरक्षीत वनाउन सहयोग पुग्ने छ’ उनले भने । जिल्ला प्रहरी कार्यालय दाङका डिएपी मुकुन्द्रप्रसाद रिजालले बजारमा सुरक्षीत बनाउनका लागि सुरक्षीत बनाउन सिसी क्यामरा जडान गर्नु बताए ।
जसले गर्दा वजारको निगरानी गर्नेमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । होटेलहरुका अपराधीक कार्य हुन नदिनका लागि व्यवसायीहरु सचेत हुन आग्रह गरे । ‘सिसी क्यामरा जडान गरेमा सुरक्षीत वनाउन महत्वपुर्ण सहयोग हुने छ’ उनले भने । होटेलमा अआउने व्यक्तिहरुको अभिलेखीकरण व्यवस्र्थीत ढङगले राख्नु पर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लामा एकै प्रकारको नियम लागु हुनु पर्ने बताए । स्थान अनुसार फरक फरक नियम हुनु पर्ने बताए ।
व्यवसायीहरुले आफनो व्यवसायमा लगाएको साइन वोर्डको कर नतिने बताए । ‘हामीले व्यवसाय गरे बाफत सरकारी नियायमा कर तिरेका छौ आफनो व्यसायको नाम लेखेको साइन वोर्डको कर हामी तिदैनउ’ उनले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जि सीले ढुवानी व्यवसायहरुले सामाग्री ढुवानी गर्दा सुरक्षाका मापदण्ड अपनाएर ढुवानी गर्नु पर्ने बताए । अटाको सङख्या बढदै गएको भन्दै स्थानियतहहरुले आफनो तहमा कति आवस्यक हो भन्ने निर्धारण गरेर अगाडि वढनु पर्ने बताए ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, संघका सचिव नरेशकुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमाल, डेरी व्यवसायी समिती घोराहीका अध्यक्ष इश्वरीप्रसाद घिमिरे, तुलसीपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष रुपलाल खत्री, दाङ देउखुरी होटेल व्यवसायी समिती अध्यक्ष रुद्रवहादुर डाँगी, घोराही कपडा व्यवसायी समितीका अध्यक्ष निरन्जराज भण्डारी , फेन्सी व्यसायी समितीका अध्यक्ष एकनारायण खनाल, मोवाइ तथा व्यवासी संघका अध्यक्ष दीपक पाण्डे, सुरक्षीत तथा दाना व्यवसायी समितीका अध्यक्ष निमबहादुर वुढाथोकी अटो व्यवसायी दलजित दमाइ लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । तुलसीपुर उवासंघका कार्य समिती संघ परिचयात्म दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सहभागिहरुले विकासको लागि व्यवसायीहरु एक्तावद्ध भएर अगाडि वढनु पर्ने बताएका थिए । उनीहरुले भेगीय मुदा भन्दा पनि समग्र जिल्लाको विकासमा लाग्नु पर्ने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, पुर्व अध्यक्ष माधवप्रसाद शर्मा, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा लगाएतकाले भनाइ राखेका थिए । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।