उवासंघद्वारा विभिन्न व्यक्तिलाई सम्मानित

  •   
  •  

दाङ,१० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि विभिन्न व्यक्तिहरुलाई स्वागत सम्मान गरेको छ ।

संघले सोमवार एक कार्यक्रमको आयोजना गरि रणसिंह दलगण घोराहीका गणपती उज्जवल केसी , संघन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय दाङ भरखरै सरुवा भएर आएका प्रमुख सच्चितानन्द देव र नेपाल सुन चाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्य धुव्रराज गहतराज लाई टिका र खादा लगाएर स्वागत सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै रणसिंह दलगण घोराहीका गणपती उज्जवल केसीले नागरिकलाई फाइदा हुने कार्यमा आफुहरुले कार्य गर्ने बताए । यसका लागि आफुहरु निजी क्षेत्रको छाता सगठनको रुपमा रहेको उद्योग वाणिज्य संघ संग सहकार्य गरेर अगाडि वढने बताए । संघन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय दाङका प्रमुख सच्चितानन्द देवले विकास निर्माण कार्यमा उद्योग वाणिज्य संघ संग पहिले देखि नै सहकार्य हुदै आएको र आउदा दिनमा पनि सहकार्य गरेर अगाडि वढने बताए ।

यस क्षेत्रको विकासमा उद्योग वाणिज्य संघले लामो समय देखि नेतृत्व लिएर अगाडि वढेको बताए । दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले उद्योग बाणिज्य संघले बिगत देखि विभिन्न संघ संस्थाहरु संग सहकार्य गरेर अगाडि वढी रहेको र यसलाइ निरन्ता दिइने उनको भनाइ रहेको छ । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।