महासंघका उपाध्यक्ष पोख्रेल सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कारबाट सम्मानित

  •   
  •  

दाङ,७ फागुन । नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष तथा गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक विपुल पोख्रेल सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारीताबाट पुरस्कृत भएका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतनादेवि स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार २०७७ बाट पुरस्कृत गरेको हो । नेपाल प्रेस युनियन नवलपुर शाखा अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पोख्रेललाई पुरस्कार प्रदान गरेका थिए ।

महासंघका केन्द्रीय उपाध्यक्ष पोख्रेल २०५० सालदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । २०५३ सालमा प्रेस युनियन दाङको सस्थापक सचिव भएका पोख्रेल ०५६ सालमा पत्रकार महासंघ दाङको उपाध्यक्ष, २०५९ सालमा नेपाल पत्रकार महासङको केन्द्रीय उपाध्यक्ष, २०६३ सालमा प्रेस काउन्सिलको सदस्य हुँदै हाल नेपाल पत्रकार महासङको उपाध्यक्ष पदमा रहेर व्यवसायीक पत्रकारिताको विकाससँगै प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारको पक्षमा लड्दै आएका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले यसअघि सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कारबाट वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, रामजी दाहाल, किशोर नेपाल, पोषण केसीलगायतका पत्रकारहरुलाई पुरस्कृत गरिसकेको छ ।

यो पुरस्कार प्रजातन्त्र सेनानी नेपाली कांग्रेस नेता स्व सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा मृत्युपर्यन्त उनका छोरा कांग्रेसका महासमिति सदस्य मदनभक्त अधिकारीले स्थापना गरेका हुन ।