सिफारिस शुल्क नलिन राजमोको मागसिफारिस शुल्क नलिन राजमोको माग

  •   
  •  

दाङ, ७ फागुन । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले भूमिहीन तथा सुकुम्वासीबाट सिफारिस शुल्क नलिन आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका जिल्ला अध्यक्ष गणेश आचार्यले एक विज्ञप्ति जारी गरी शुल्न नलिन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा तुलसीपुर उपमहानगरपालिकाभित्र अनियमितरुपमा टोल बिकास संस्था र वडा कार्यालयहरुले बिना प्राबधान चर्कोरुपमा पैसा संकलन गरेको भन्दै यस प्रकारको कार्य रोक्न माग गरिएको हो । टोल विकास संस्थाले अवैधानिकरुपमा ८ हजार रुपैयाँसम्म शुक्ल लिएको विज्ञप्तिमा उल्लेख छ ।

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासी ले स्वामित्व प्राप्त गर्न गरिने कामहरु अत्यधिक झन्झटिलो भएको समेत उनले बताए । शुुल्कै लिनको लागि चलन चल्तीको मूल्यभन्दा कैयो गुणा महङ्गो मूल्यांकन गरि ०.२ प्रतिशत शुल्क लिने गरेको देखिएको भन्दै यसलाई सच्याउन माग गरेका छन् । ‘यस प्रकारका अनियमित र जनताको ढाड सेक्ने कामको घोर विरोध गर्दछौं’, विज्ञप्तिीमा भनिएको छ ।