रोल्पामा राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार सुरु

  •   
  •  

दाङ,७ फागुन । रोल्पाको लिवाङमा आईटिएफ तेक्वान्दो सम्वन्धी राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार सुरु भएको छ ।

रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा लिवाङमा रहेको कभर्डहलमा दुई दिने आईटिएफ तेक्वान्दो सम्वन्धी सेमिनार सुरु भएको हो ।

शनिवारसम्म चल्ने सेमिनारमा देशभरबाट तीन सय बढी खेलाडीहरुको सहभागीता रहेको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाठामगरले जानकारी दिएका छन् ।

सेमिनारको प्रशिक्षकमा आईटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक घमबहादुर थापा मगर रहेका छन् ।

सेमिनारको उदघाट्न शनिवार १ बजे लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगरले गर्ने भएका छन् । कोरोना भाइरसको संकटपछि पहिलो पटक ठुलो कार्यक्रम भएकाले खेलाडीहरु उत्साहित भएका छन् ।