बिजौरी उद्योग बाणिज्य संघद्वारा सल्लाकारलाई सम्मान

  •   
  •  

दाङ,७ फागुन । बिजौरी उद्योग वानिज्य संघले एक कार्यक्रमको आयोजना गरी सल्लाकारहरुसँग भेटघाट तथा सम्मान गरेको छ । देउखुरीको जखेरा तालमा शुक्रवार पिकनिक कार्यक्रमको आयोजना सल्लाकारमा चयन भएका १० जना व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

विजौरी उद्योग बानिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एव नेपाल उद्योग बाणिज्य महासंघका लुम्विनी प्रदेश कोषाध्यक्ष तथा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाकारहरु हेमराज न्यौपाने, विष्णु चौधरी, रमेश डाँगी, नविना के.सी. वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी, दिपक बस्नेत, होमबहादुर बस्नेत, लिलाधर वली र टेकराज रजौरेलाई अविर टिका र खादालगाएर सम्मान गरिएको थियो ।

त्यस अवसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाकै कान्छो उद्योग बाणिज्य संघका रुपमा रहेको बिजौरी उद्योग बाणिज्य संघलाई एकतावद्ध र संगठित बनाउँदै बिजौरीको विकासमा लाग्नुपर्ने बताएका थिए ।

बिजौरी उद्योग बाणिज्य संघका कार्यरक्षमा पर्नेमा उद्योग व्यवसायीहरुको व्यवसायिक हकहितसँगै बिजौरीलाई नमूना सहरका रुपमा विकासका लागि उद्योग बाणिज्य संघले पहल गर्नुपर्ने बताएका थिए । त्यसका लागि आफुहरुले सहयोग गर्न तयार रहेको बक्ताहरुले बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका लुम्विनी प्रदेश कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठले राज्यले व्यवसायीहरुबाट कर लिएपनि व्यवसायीलाई त्यस अनुसारको सुविधान दिन नसकेको बताए । जसले गर्दा व्यवसायीहरु मारमा पर्नुपरेको बताएका थिए ।

कार्यक्रममा बिजौरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सल्लाकार मुकेश वली, पूर्वअध्यक्ष कमानसिंह खड्का, प्रेस सल्लाकार राकेश बस्नेत, सल्लाकार बिरेन्द्र खड्का, बिष्णु चौधरी, लिलाधर वली,दिपक बस्नेत, नविना केसी वली, पुष्पा डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विजौरी उद्योग वानिज्य संघका सदस्य प्रेम बिकको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिदुर गौतमले गरेका थिए ।