सामान्य परिवारमा सल्यान जिल्लाको अत्यन्त बिकट छत्रेश्वरी गाउँपालीका –३ ठुलीखर्कमा जन्मिएका हंसराज केसी हाल दाङ जिल्लामा स्थापित युवानेताको रुपमा मात्र नभै राप्रपा दाङको नेतृत्व समेत गरेका छन् । विभिन्न आरोहर अबरोह पार गर्दै उनले आफु यहाँ सम्म आएको बताउछन् ।
राजनितिसंगसंगै विभिन्न क्षेत्रमा क्रियासील केसीले जिवन भोगाइमा विभिन्न खुसीहरु रहेको बताउछन् । सल्यान जिल्लाको तत्कालीन कोर्वाङ्ग झिम्पे गाउँ पन्चायत हाल छत्रेश्वरी –३ ठुलिखर्कको एक सामान्य परिवारमा जन्मिएका हंसराज केःसी गाउकै सरकारी बिद्यालयमा अध्ययनको आरम्भ गरेको बताउछन् ।
त्यो बेला गाउँघरतिर अधिकाशंका छोराछोरीहरु कालापहाड र घास दाउरामै बिताएको नजिक बाट देखेका उनले बुवा त्यही सरकारी बिद्या लयको प्रधानाध्यापक भएकै कारण पढाईमा रुचि हुने कुरा स्वाभाविक हुनुमा उनी शिक्षककै छोरा भएकै कारण भएको बताए ।
कक्षा १ देखि स्नातकोत्तर सम्म,पहिलो चुनाव देखि वर्तमान राजनीतिक यात्राका रोचक–रोचक लाग्दा घटनाहरु भित्रका धेरै खुसीका पलहरु रहेको उनले सुनाए । उनले भने – तपाईलाई बाल्यकाल तिरका खुशी सुनाउछु भन्दै सुनाउन थाले । कक्षा १ देखि स्नातकोत्तर सम्मका घटनाहरु अहिले भर्खरै जस्तो ताजा स्मरण छन भन्दै धेरै खुसीका पलहरु तुलना गर्दै थिए उनी । तपाईको जिन्दगीमा सबैभन्दा खुसीको पल के हो त्यति मात्र भन्नुहोस् ?
अहिले जेट विमान किन्दा नहुने खुशी त त्यो बाल्यकालको दशैमा लगाउन दिएको नयाँ भोटोनै काफी थियो होइन र ? त्यसैले त म खास स्वार्थ नभएको खुशी तुलना गर्दैछु भन्दै बाल्यकालका खुशिका पलहरु सम्झदै थिए ।
स्कुल जाँदाको पहिलो दिन बुवाले काधमा बोकेर लिएको कुरा सम्झिरहेका रहेछन एकछिन निशव्द भए उनी। उक्त घटना सुनाउदै एकछिन रोकिराखेको आवाज र हल्का टिलपिल आँखा पुच्छ्दै बुवाप्रती नमन गरे।
कक्षा १ को अध्ययनकै दुईचार दिनमा आफ्नो कक्षाको मनिटर बनेका उनलाई कक्षा प्रथम हुँदा पनि खुशी थाहा थिएन । १,२,३ कक्षा प्रथम हुँदा नपाएको खुशी ४ कक्षामा जब स्कुल प्रथम भए त्यतीबेला सबैले बधाई दिएको उनले सम्झीए । ‘मेरो पहिलो खुसी कक्षा ४ मा प्र्रथम हु्रँदाको हो यहि लेखि दिनुहोला –केसीले भने । आज भोलि जस्तो टोलैपिच्छे स्कुल भए पो त्यतीबेला ।
६–७ गाउँको एउटा स्कुल सारा चिनेजानेका गाउँका ठुलाबडाले हौसला दिदा त्यहि बेला थाहा पाएको हु के हो खुशी भन्ने उनले भने । जब म स्कुल प्रथम हुँदा सबै बाट मान सम्मान र हौसला पाए त्यसपछि पढाईमा रुचि बढ्नु त्यही स्कुल प्रथमलाई श्रेय दिन्छु उनले भने । कक्षा १ देखि ८ सम्म पहिलो र दोस्रो स्थान जहिले पनि आफु भएको उनले बताए ।
त्यसपछि माध्यामिक तहको अध्ययनका लागि लगातार ३ घण्टाको यात्रा गर्नुपर्ने अर्को बिद्यालय रोज्नुपर्यो । ९ कक्षामा शंखमुल उच्च माध्यामिक बिद्याालयमा भर्ना भए । त्यो स्कुल मेरा लागि नौलो र सबै कुराले म नयाँ बिद्यार्थी थिए। अध्ययन चल्दै थियो। जाडो बिदा संगै परीक्षा अजिकिदै थियो त्यही वर्ष ३ बर्षे कार्याकालका लागि उच्च मावि सिनियर रेडक्रसको नयाँ नेतृत्वका लागि ९,१०,११ र १२ का विद्यार्थीहरु बिच सहमतिमा नेतृत्व चुन्ने कार्यका लागि सामुहिक बैठक बस्यो ।
सहमती हुन सकेन ९,१०,११,१२ का विद्यार्थीहरु बिच नयाँ नेतृत्वका लागि चुनाव हुने भयो ।त्यो चुनाब मेरो अनुभवको पहिलो र मेरै कारण हुने भएको थियो । किनकी सहमति मैले जनाउनुप्रथ्यो तर म अडान छोडीन। करिव ६ सय हाराहारी विद्यार्थी मध्ये करिब ४८० जना विद्यार्थी मतदानमा सहभागी भए ।
१२ कक्षामा अध्ययनरत सिनियर दाईलाई भारी मतले पराजित गरेर नेतृत्व लिएको थिए । ‘त्यो मेरो अर्को खुसी हो केसीले भने । ’त्यो बेला नाम रेडक्रसको भएपनी खासमा काम स्वबियुको नै थियो । ठ्याकै त्यही साल कक्षा ९ को फाईनल परीक्षा सकेर दिनानुदिन चर्किदै गएको शसस्त्र द्वन्दका कारण बुवाआमा सहित परिवारनै बिस्थापित भएर दाङमा शरण लिनुप¥यो।
म भने सल्यान शंखलमुलमा डेरा गरेर बसे। कक्षा ९ को अन्तिम परिक्षामा आमा सम्बन्धि लेखेको निबन्ध पुरै भाईरल भएको रहेछ। परीक्षा कापी जाच्दा जाच्दै बिषयगत मेड्म रुनुभएछ । पछी १० कक्षाको पहिलो शुक्रवार अतिरिक्त क्रियाकलापका दिन सबै विद्यार्थी र शिक्षकहरुका अगाडी पुनः मैले लेखेको आमा सम्बन्धि निबन्ध उपस्थिति सबैको सामु मलाई पढ्न लगाउदा धेरै शिक्षक र विद्यार्थीहरुलाई आँखा रसाउने त्यो निबन्ध सुनाउदा औधी खुशी लाग्यो। त्यतीबेला मैले पाएको आश्वासन अनुसार हालपनी त्यो निबन्ध स्कुलमा सुरक्षित हुनुपर्छ। त्यो मेरो अर्को खुसी थियो ।
एसएलसी पछिको परिक्षामा पनि ५ ओटा माध्यामिक बिधालयको केन्द्रबाट सहभागी करिब ९ सय हाराहारी विद्यार्थीहरु मध्ये जम्मा ३ जना त्यो पनि एउटै स्कुलका सहपाठी,तिनै जना केःसी र एउटै डिभिजन(सेकेन्ड) मा पास हुँदा उच्च माबी शंखमुलले गरेको सम्मानहरु मेरा अर्को खुसीहो उनले भने । त्यस्तै उनले विद्यालयको राजनिति शैक्षिक सुधार र विभिन्न विद्यार्थीका मुद्धाहरु उठाएकोमा खुसी व्यक्त गरे । त्यस्तै केसीले सवैले विश्वास र साथीभाईको साथले पार्टीको नेतृत्व गरेको भन्दै खुसी व्यक्तगरे ।
त्यस्तै भिस्वरा मल्टी प्रपोज कम्पनीका सञ्चालक समेत रहेको केसीले विभिन्न व्यक्तिरुलाई आफुले रोजगारी दिएकोमा पनि खुसी व्यक्तगरे । उनले सामाजिक काममा लागेर धेरैलाई सहयोग गर्नपाउँदा खुुसी मिलेको सुनाए । ‘मैले यसलाई यो सहयोग गरे भन्ने छैन् धेरै दुखी गरिवलाई सहयोग गरेको छु म यसैमा खुसी छु उनले भने । ’ उनले आफनो राजनिति तथा समाज सेवामा वुवा आमा र घरपरिवारको साथ पाउँदा पनि आफुलाई खुसी लाग्ने गरेको सुनाए ।
त्यस्तै खेलमा समेत रुचि राख्ने केसीले राष्ट्रिय त्याकोन्दो प्रतियोगीतामा तेस्रो स्थानमा हासील गर्दा लागेको बताए । उनले जिल्ला देखि राष्ट्रिय प्र्रतियोगितामा सहभागी भएर प्र्रतियोगिता खेलेको भन्दै एक पटक भएको राष्ट्रिय प्र्रतियोगितामा तेस्रो स्थान हासील गरि जिल्लाको नाम र राष्ट्रिय झन्डा फराउन पाउँदा निकै खुसी मिलेको सुनाए ।
त्यस्तै २०७१ सालमा चाइनामा अध्यन अवलोकन भम्रण गर्ने अवसर पाउँदा अर्को खुसी मिलेको सुनाए । उनले चाइनाको विकास र त्यहाँको व्यापार व्यवसाय प्र्र्र्रत्यक्ष हेर्न पाउदा खुसी मिलेको सुनाए । हंसराज केसी राप्रपा दाङका जिल्ला अध्यक्ष तथा विभिन्न संघ संस्थामा आवद्ध छन् ।