बाह्रौं दिनको युद्ध र अभिमन्यु बध

राधेश्याम उपाध्याय

द्रोणाचार्यको तेश्रो दिनको युद्ध :– प्रातकाल भयो दुर्योधनले वहुत चिन्ता गरी गुरु द्रोणसँग भन्न लागे हजुरले युधिष्ठिरलाई मौका परे तापनि छोडी दिदा हजुरको पकडने प्रण साचै हो कि मिथ्या हो म भ्रममा परें । हाम्रा शौनिक मरेका छन । मलाई विजको आषा हरायो । लडाई हार्छु कि भनी चिन्ता हुन लाग्यो ।

मलाई धोकाको महसुस लाग्न लाग्यो भनि चिन्ता गर्न लागे । दुर्योधनका यस्ता छेडछाडका बिझ्ने कुरा सुनेर दुखि हुदै गुरु द्रोणले भन्नुहुन्छ । प्रण पुरा गर्न नसकेको मलाई जुन आरोप लगायो त्यसले युद्धको उत्साह सवै ह¥यो । हे दुर्योधन द्यौता, दानव, यक्ष, राक्षस, गन्धर्व, विद्याधर यति सम्मकी शिव वाहेक जो पनि युद्धका लागि अर्जुन संग भिड्द छन् ति सवै लाई अर्जुन एक्लै लडि जित्दछन् ।

त्यसमा पनि उनि युवा युद्धका ज्ञाता गुणि छन् । तिनीसँग म बुढो कसरी युद्धमा जितूँ । त्यसमा पनि श्रकिृष्ण जस्का सारथि छन् । जसले हरपल पाण्डवको सुरक्षा गरी रहेका छन् । तिमी पनि युद्ध उनिलेनै जित्दछन भनि जान्दछौ । तै पनि वुढो भए पनि प्रयत्न गर्दै छु । आज अर्जुनलाई निकै परलगि अल्झाएमा विपक्ष तर्फको यौटा वीर मार्ने छु । यो सुनेर सम्पुर्ण संसप्तक सेनाले अर्जुनलाई छुट्टै अल्मलायो । अर्जुन पनि एक्लै सम्पर्ण संसप्तक सेना सग युद्ध गर्न लागे ।

यता गुरु द्रोणले तोड्न नसकिने चक्रव्युहको रचना गरे । व्युहको द्वारमा गुरु आफै बसे पाण्डुपुत्रको वीर सेना जो अगाडि गएर लड्थे उनी सबैलाई मार्ने गर्न लागे । यस्तो अवस्था देखेर धर्मकुमार चिन्तित हुदै चक्रव्युह अर्जुनले मात्र तोड्न सक्छन् तर यो समयमा अर्जुन हामी देखि धेरै पर युद्धमा अल्झिरहेका छन् । यो अवस्थाको कसरी समाधान गर्न सकिन्छ भन्न लागे ।

यो सुनेर सानै भएपनि अभिमव्युले भन्न लागे हे पिताजी एक दिन म माताका गर्भमा छदा मेरी मातालाई निद्रा लागेन र कुनै आख्यान सुनाउनु होस्, म आख्यान सुन्छु भनि पितालाई वढी आग्रह गरीन । यो सुनेर पिताले चक्रव्युहमा कसरी प्रवेश गर्ने र व्युहलाई तोडेर कसरी बाहिर निस्कने भन्ने कथा सुनाउनुभयो । मैले त्यो सवै आमाका उदरमा सुन्दै गएं तर दुर्भाग्यवश कथा सुन्दा सुन्दै आमा निदाईन र आमा निदाएको थाहा पाएर पिताले पनि आधा चक्रव्यह भेदन, प्रवेशसम्म मात्र भनी सुत्नुभयो । मैले पनि पिताजीले सुनाएसम्म मात्र कथा सुन्न पाएँ ।

त्यसैले एक्लै पनि आचार्यको व्युह तोडी कौरव वीरहरुको नास गर्न सक्दछु । त्यसैले मलाई व्युह तोडने ज्ञान भएकाले व्युह ताडने आज्ञा दिनुहोस भनी युधिष्ठिरसँग आज्ञा मागे । बीर योद्धा अर्जुनको छोरा र श्रीकृष्णको भानिज हुँ त्यसैले युद्धमा सत्रुदलको संहार गरी हजुरको आशिष तथा पुण्यले हाम्रो जित हुनेछ भन्न लागे ।

अभिमन्युको यस्ता साहसपूर्ण कुरा सुनेर धर्मकुमार खुसी हँुदै तिम्रो यश बठ्नेछ तिमी अगाडि अई व्युह भदन गर हामी सवै तिम्रासँगै गई मद्दत गर्ने छौं । यो सुनेर भीम बोले तिमी अगाडी बाटो बनाऊ हामीहरु पनि तिम्रासँगै व्युह भित्र पस्नेछौं । युधिष्ठिर र भीमको यस्तो आज्ञा सुनेर उत्साहले शिविरमा उत्तरा भएका ठाऊमा भेट्न आए ।

उत्तरा पनि रात्रीमा देखेको नराम्रो सपना सम्झेर शोक मानि दुःखी भै बसेकी थिइन् । त्यही समयमा अभिमन्यु गए र चिन्ताग्रस्त मलिन मुहार भै बसेकी आफ्नी स्त्रीलाई किन मलिन छौ भनि सोधे । उत्तराले पनि विनम्र स्वरमा नराम्रो सपना देखेको र मनमा कुशंका मात्र खेलेकाले आज हजुर युद्ध त्यागेर मसँग शिविरमा विश्राम गर्नुहोस् । म हजुरका पाऊको चाकरी गर्दछु भनि अनुरोधका सथै युद्धमा जान रोक्न लागिन् । यो सुनेर आफ्नो ईरादा सुनाउँदै गुरुले व्युह रचना गरेको र हाम्रा सेना मार्न अगाडी बढी रहेका छन् ।

पिताजी युद्धका लागि निकै पर गएको अवस्था भएकाले हाम्रो तर्फ व्युह तोड्न सक्ने कोही बीर नभएकाले सौनिकको रक्षा गरी व्युह तोड्ने प्रतिज्ञा गरी आएको छु । म आफ्नो प्रतिज्ञा कसरी तोडुं । सपना सत्य हुदैनन् । तिमी प्रशिद्ध योद्धा अर्जुनकी बुहारी र मेरी पत्नी हौं धर्य गरेर उत्साह र साहसका साथ शत्रु वधका लागि मलाई युद्धभूमिमा जान विदा देऊ । यो सुनेर केहीबेर विचार गरी पतिका पाऊ समाई दुःखी हुदै उत्तराले हे स्वामी हजुरको वल र उत्साह छ । हजुर योद्धा पनि हो तर पनि हजुरले छल र कपटको रण कौशल जान्नु हुन्न ।

गुरु द्रोण सवै तरहले नीतिज्ञ र छल कपटमा निपुर्ण छन् । तिनका अरु योद्धाहरु पनि छलि र कपटी छन् । त्यस्ताका संग एक्लै लड्छु भन्दा मेरो मन आतिन्छ । सवैले आफुले नै जित्दछु भन्दछन् । आज बाह््रौं दिन भैसक्यो खै हाम्रो जित हुन सकेन । सवैले हजुर लाई हौस्यायर अगाडी सार्दैछन् । केही आई प¥यो भने अरु पछाडि भाग्दछन् र सो आपत्ति हजुर ले नै भोग्नु पर्ने हुन्छ । म हजुरकी अर्धाङ्गिनी हुँ । चाहीने कुरा मैले भनेको पनि मान्नु पर्दछ ।

त्यसमा पनि म चार दिनकी रजोवति छु । ऋतुदान माग्नु मेरो अधिकार पनि हो । म हजुर संग ऋतुदान माग्दछु भनी प्रार्थन ागर्न लागिन् । अभिमन्युले पनि यो उक्ति र नीतिपूर्वकको कुरा सुनेर आफ्नो कर्तव्य ठानि उत्तराको ईच्छापूर्ति गराए र हे प्यारी अव तिमी मलाई डर र भय त्यागेर आत्मवल र उत्साहका साथ विदा देऊ काँतर नबन भनी विदा लिए । उत्तराले पनि किरीट र कवच लगाई दिई शस्त्रास्त्रले सुसज्जित गरी स्वामीलाई श्रेष्ठ रथमा चढाएर युद्धका लागि विदा दिईन् ।

अभिमन्यु पनि वायु गतिमा व्युहको मुखमा गए र शरहरुको वर्षा गरी सेना तथा नायकहरुलाई मारे । कौरव सेनाहरु टिक्न नसकि आफ्नो ज्यान बाचई भाग्न लागे अभिमन्युका मद्दतका लागि पाण्डव तर्फका योद्धाहरु पनि त्याहाँ आए । अभिमन्युको रथ व्युह तोड्दै भित्र बढ्दै गयो । तोडिएको व्युह कौरव तर्फकाले तुरुन्तै जस्ताको त्यस्तै बनाए र पाण्डव सेनालाई भित्र जान नदिई जयद्रथले बाहिरै रोके ।

अगाडि पाण्डवहरु वनबास गएको समयमा एकपटक जयद्रथले द्रौपदीलाई हरण गर्दा भीमले पक्रेर निकै अपमान र सास्ति दिएकाले जयद्रथले शिवको ठूलो तप गरी पाण्डवहरुलाई युद्धमा जित्न सकुँ भनि वरदान मागेको मा सदाशिवले अर्जुन बाहेक अरु चार भाई पाण्डवलाई एक दिन जित्न सक्नेछौं भनि वरदान पाएका कारण अरु सवै पाण्डव र पाण्डवका सेना बाहिरै रोकिए र अभिमन्यु मात्र व्युहभित्र गै शर वर्षा गरी शत्रुदलमा खल्बली पारी दिए । जो जो वीर पार्थसुतका अगाडी पर्दथे ती सबै मर्न लागे ।

अभिमन्युका अगाडी सत्यश्रवा भूपति लड्न आए । तिनको सद्गति भयो । त्यसै गरी रुक्मरथ लड्न आए ति पनि स्वर्ग गए । त्यसै गरी धेरै राजकुमारहरु युद्धको नराम्रो स्थिति देखि लड्न आए ती सबैलाई गन्धवास्त्रद्वारा मारे । त्यसपछि कर्णका भाई सुधन्वा लड्न आए । तिनको पनि ईच्छापुर्ति गरी मारे । त्यसै समयमा रिसाई दौडेर दुर्योधन लड्न आए । ति पनि तिखा वाणको चाट खाई भागेर जिवन वचाए । भाई मारी दियो भनेर कर्ण रिसाई आगो भए र शरवर्षा गरी अभिमन्युलाई ढाकिदिए ।

अभिमन्युले पति ति सवै शरजाल काटी पचास वाण कर्णलाई प्रहार गरे कर्ण ठूलो वेगले भागे । दुर्योभनको छोरा लक्ष्मण लड्न आए । तिनलाई पति पाँच शर प्रहार गरी घोडा, सारथि, रथको छत्र र लक्ष्मणको शिर काटी मारी दिए । क्रोधित हुादै दुःशासन लड्न आए । तिनलाई तिन वाण प्रहार गरे । वाणको चोट खप्न नसकि ति पनि भागे । त्यस पछि कौशलदेशका राजा बृहद्वल र राजा वृन्दारक उत्साहका साथ युद्ध गर्न लागे ।

त्यही समयमा द्रौणी, कृतवर्मा, कर्ण, कृपाचार्य, द्रोण र दुर्योधन षड रथिले चारैतिर घेरी एकैपल्ट अनेकौं शर प्रहार गरी शरिरभरी घाऊ पारी दिए तर पनि तिनको चोट खपि सबै शरहरु टुक्रा गराई राजा बृहद्वल र वृन्दारकलाई मारी दिए र षड् रथिहरुलाई पनि आफ्ना तिखा वाणले व्यकुल बनाए । राजा भोग र अश्वकेतुहरुलाई पनि मारे । त्यसै गरी कर्णका मन्त्रिलाई पनि मारी दिए । मन्त्रि मारी दि एभनेर रिसले चुर हुँदै कर्णले नौ वाणले ताकेर अभिमन्युलाई ताकेर प्रहार गरे तर तिनका वाण विचमा नै अभिमन्युले काटि कर्णलाई व्याकुल बनाए ।

यस्तो अद्भुत उत्साह देखेर कर्णले गुरु द्रोण संग अभिमन्युको रणकौशलको प्रशंसा गर्दै अव चाँडै सवै मिलि यसलाई मारौं नत्र आजै यसले युद्ध समाप्त गर्नेछ भनि भन्न लागे । गुरु द्रोणले पनि अभिमन्युको रणकौशलको प्रशंसा गरे पनि अन्तमा राम्रो व्यक्ति पनि कुसङ्गतले गर्दा मति बिग्रिएझै मति बिगारेर सवै मिति युद्ध नियम विरुद्ध सवै षड रति मिलि मार्ने दुष्कार्य बमोजिम द्रोण द्रौणी, कृप, कर्ण, शकुनी र दुःशासन मिलि घेरा लगाई शरहरु पानी परेझै वर्षाई अभिमन्युको रथ ध्वजा सारथि ढाकिदिए ।

षड रथिहरुले आफुलाई घेरोको देखी रिसाई अभिमन्युले सबैका शरहरु काटी सबै षड रथिहरुलाई चारैतिर वाणले ढाकी गुरु द्रोणलाई पचास शर कृतवर्मालाई असी शर कृपाचार्यलवाई साठी शर कर्णलाई नौ शर द्रौणीलाई तिखा तिखा दशवाण प्रहार गरी सबैलाई घायल बनाए र शत्रु पक्षबाट समेत स्याबासी पाए ।

षड्रथिहरुको चाल नराम्रो देखी सारथिलाई रथ एकै स्थानमा स्थिर नराखि चारै तर्फ घुमाउन संकेत गरे । सारथिले पनि रथिको संकेत अनुसार रथ चारै तर्फ दौडाऊन थाले । चारै तर्फ घुमि–घुमि अन्यक वीर शैन्यहरु छानी–छानी मार्न थाले । अब एक्ला एक्लै लडदा नसक्ने भएपछि एकै पटक द्रौणीले दश वाण द्रोणले नौ वाण कर्णले विश वाण हाने र अभिमन्युका शरीरबाट रगतको धारा बग्न लागो ।

वनमा राता गुराँस फुले झैं अभिमन्यु युद्धभूमिमा शोभायमान देखिन देखिन थाले । तै पनि ती सबै चोट खप्दै नौ वाण्ले सवै षड्रथिहरुलाई घायल पारे द्रोण गुरुको घोडा सारथि रथको ध्वजा छत्र धुलो पारी दिए । कृपाचार्यको पनि घोडा र सारथि मारिदिए । द्रौणी र कर्णलाई पनि वाणले घायल पारे । त्यो देखेर कर्णले असह्य भै गुरु द्रोणसँग यसको मृत्यु के गरी हुन्छ भनी अनुनय–विनयका साथ सोद्धन थाले ।

गुरु द्रोणले पनि कर्णलाई विह्वल अवस्थामा देखेर दया गरी अभिमन्युले लगाएको कवथ भेदन र निशस्त्र गर्न सक्दैनौ तव सम्म अभिमन्युलाई मार्न सक्नेछैनौं । त्यसैले हे कर्ण सक्छौ भने घोडा सारथि मारी भनू काटी जति सक्मयो छिटो विरक्ति तथा निशस्त्र पारी सवै मिलि मार । जबसम्म अभिमन्यु कवच र शस्त्रास्तले सुसज्जित रहिरहने छन् तव सम्म तिमीहरुले मार्न सक्ने छैनौं अभिमन्युको मृत्युको कारण सिकाई दिए ।

द्रोणको यस्तो कुरा सुनेर कर्ण रिसाई चार घोडा र सारथि मारी दिए । यसरी अभिमन्युलाई विरथि पारेर षड्रथिहरुले घेरेर प्रहार गर्न थाले । यो देखेर पार्थसुतले पनि सारा चोट खपेर षड्रथिहरुलाई वाण वर्षा गरी घायल पारे । सवैको भाव बुझेर उनले एक्लो मलाई षड्रथिहरु मिलि यसरी युद्धमा प्रहार किन गर्छौं । युद्धमा यसरी एक जनालाई षड्रथि मिली प्रहार गर्नु अधर्म हो पाप हो । तिमीहरु पापी हौ हे दुष्ट हो भन्न लागे ।

यस्तो कुरा सुनेर दुर्योधनले लज्जा त्यागेर व्यर्थैमा युद्धमा किन बकवास गर्दैछस् । आफ्नो शत्रुलाई मार्नका लागि सवैले छन गर्दछन् भने । दुर्योधनको यस्ता कुरा सुनेर अभिमन्यु कालाग्नीजस्ता बनि एक वाण प्रहार गरी दुर्योधनलाई मुच्र्छा पारी दिए । त्यही समयमा रिसले चुर हुँदै दुःशासनले अभिमन्युको धनुष भाँचिदिए ।

त्यसपछि अभिमन्युले ढाल तरवार लिएर अनेक शत्रु मार्न लागे । त्यो पनि सहन नसकेर तत्काल द्रोणले ढाल तरवार पनि काटी खसाई दिए । शत्रुहरुको यो कुटी चाल देखेर म अहिले एक्लो शस्त्रविहीन पैदल र थाकेको छु । यो धर्म संगत हैन, युद्ध धर्म विरुद्ध मलाई मारेर तिमीहरुको कीर्ति हुने छैन । योद्धा र वीर हुँ भन्ने घमण्ड छ भने मलाई शस्त्रास्त्र लिने मौका देऊ दुष्ट हो ।

मैले शस्त्र लिएपछि तिमीहरु सबैको इच्छा पूर्ण हुने गरी युद्धभूमिमा लड्न सक्छौ भनि भन्न लागे । तै पनि वाण वर्षा नछोडे पछि यस्ता पापी अधर्मिहरुको मुख हेर्दैन बरु चाडो मार भनी मामा श्रीकृष्ण र पिता धनञ्जयलाई सम्झन लागे । मैले आखिरी अवस्थामा दर्शन पाऊन सकिन पापि कौरवहरुको विनास नबिर्सिकन गर्नु होला भनि सन्ताप गर्न थाले भने पापी कौरवहरुले भने यही मौकाहो शत्रु मार्ने भनि एकै पल्ट प्रहार गर्न थाले ।

अभिमन्यु बढी चोट खप्न नसिक मुच्र्छा भै लोटे । तै पनि पापीहरु शस्त्र प्रहार गर्न छाडेनन् । त्यही मुच्छित समयमा दुःशासनको छेरा दौडेर गदाले अभिमन्युको मस्तकमा हानि शिर फोडी प्राण लियो । पापी कौरवहरु एक्लो बालकलाई मारेकोमा खुसिले हर्षध्वनी गर्न लागे भने पाण्डवहरु विलाप गर्न लागे । यसरी सवै कौरवहरु मिली निशस्त्र थकित बालक अभिमन्युको यिह लिला समाप्त पारे ।