उद्यमशीलताका लागि नेतृत्व विकास तालिम

दाङ,३० माघ । उद्यमशीलताका लागि नेतृत्व विकास तालिम घोराहीमा सुरु भएको छ । समाज कल्याण केन्द्रको आयोजनामा सुरु भएको तालिममा ५० जनाको सहभागिता रहेको छ ।

समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,शिक्षक संघ दाङका सचिव प्रकाश डाँगी,सिएमए नर्सिङ कलेजका प्रिन्सीपल दिलिप न्यौपाने,एभरेष्ट इन्स्योरेन्स घोराही शाखा प्रमुख लोकराज पराजुली, दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान सचिव माया पोख्रेल, दाङ जिल्ला चेम्वर अफ कमर्शका सहकोषाध्यक्ष लक्ष्मी अधिकारी, दाङ महिला जेसीजकी कार्यकारी बरिष्ठ उपाध्यक्ष जुनुकुमार बुढालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सस्थाका उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गरेकी थिइन । कार्यक्रममा सहभागीहरुलाई सस्थाका सदस्य तथा तालिम संयोजक जीवा भुषालले धन्यावाद ज्ञापन गरेकी थिइन ।

कार्यक्रममा उद्यम,उद्यमशीलता,नेतृत्वशैली,सफल उद्योग ी बन्नका लागि अपनाउनुपर्ने विधि,चुनौति र समाधानका उपायका बारेमा सिकाईने भएको छ । तालिमको प्रशिक्षकमा प्रकाश डाँगी रहेका छन् । तालिममा घोराही सिएमए टे«निङ सेन्टरमा अध्ययनरतको सहभागिता रहेको छ ।