युवराज शर्मा
अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाइ वहुमतको सरकार छ । प्रधानमन्त्री पदमा केपी शर्मा ओली छन् । नेकपाका अध्यष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छन् ।
एउटाले सरकार चलाउने, अर्काले पार्टी चलाउने गठबन्धन गरे पनि वर्गी संगठन र स्थानीय तहमा एकता भएको छैन । सरकार चलाउन एकता भनिएको हो वा सत्ता स्वार्थका लागि आपसी एकता हो ? भन्न सकिन्न । स्थानीय तहका सिंहदरबार देखाउँछौँ भन्ने नेताहरुले स्याल बन्नु परेका दृश्य र परिदृश्य नागरिकले देख्ने र भोग्ने गरेका छन् ।
पञ्चायतकालीन शासन व्यवस्थामा भएका गाउँ पञ्चायतलाई समिति बनाउँछन् र पछि गाउँपालिका र नगरपालिका भन्छन् । ठूला स्थानीय तहहरुलाइृ उपमहानगरपालिका र महानगरपालिका भन्छन् । जे भने पनि सत्ताको जग पञ्चायती शैली छ, तर शासन प्रणाली अधिनायकवादी बनेको छ । स्थानीय तहमध्ये वडा कार्यालयहरु विकास र शासनमा शक्तिशाली भए पनि वडाध्यक्षहरु गाउँघरमा आफै बोक्स् िआफै धामी बन्ने गरेका दृश्यले हैकमवादी प्रशासन चलेको वातावरण नागरिकले दख्न लागे ।
यस्तो वातावरण बनेका स्थानीय तहको वडाकार्यालय नागरिकका लागि शासक बनेका उदाहरण धेरै वडाध्यक्षहरुले देखाउने गर्छन् । कतिपय वडाध्यक्षहरुले सदस्यहरुलाई काम–कार्य तोकिदिएका छन् । तर गुट र उपगुटमा भएका वडाध्यक्षहरुले हैकमवादी तरिका अपनाउने गर्छन् । यस्ता कार्यशैलीले लोकतान्त्रिक गणतन्त्रको विपरित गएको अवस्थालाई कसले ठीक बाटोमा ल्याउने हो ? वडाध्यक्षहरुलाई नै अत्तोपत्तो छैन ।
धेरैजसो वडाध्यक्षहरु आफै ठेकेदार छन् र उनीहरु नै ठेक्का स्वीकृत गर्ने अधिकारी बन्छन् । विकास कार्यहरुको ठेक्का कार्यहरुलाई अनुगमन पनि गर्छन् । त्यस्ता वडाध्यक्षहरु आफै बोक्सी आफै धामी भएको अवस्था छ । कतै राम्रो काम गर्ने उपभोक्ता समितिहरु वडाध्यक्षका दास बन्नु पर्ने स्थिति छ । उनकै निर्देशनमा चल्नु पर्छ । त्यस्तै मान्छेलाई अध्यक्ष, सचिव र कोषाध्यक्ष बनाउँछन् । यस्तो भएपछि बोक्सी कसरी लाग्छ र धामी बस्दा बिरामीको व्यथा थाहा नभए डाक्टरको आवश्यकता पर्दैन ।
धामी नै ठूला डाक्टर बन्छन् । गाउँलेहरुका ठूला डाक्टर धामी हुन् भने बोक्सी पनि धामी भएपछि रोग आफै भाग्छ । त्यस्तै वातावरण बनेको देखिन्छ वडाध्यक्षहरुको कार्यशैली । त्यसैले नागरिकले वडाध्यक्षहरुलाई बोक्सी र धामीको उदाहरण प्रस्तुत गर्छन् । हुन पनि राज्यको प्रशारन र विकास वडाध्यक्षको शक्तिमा छ ।
नेपालमा लोकतन्त्रको शासन व्यवस्था गराउने नीति अपनाएर २०४६ सालदेखि पञ्चायती शानिसको विकल्पका रुपमा जनताले संघर्षबाट लोकतन्त्र वहाली गराएका थिए । कतिपय राजनीतिक दलहरुले प्रजातन्त्रको दुहाइ दिँदै २००७ सालदेखि नागरिकलाई रैतीबाट जनता बनाउने प्रयास गरे । तर नागरिकको अवस्थामा सुधार ल्याएनन् । आफ्नै व्यक्तिगत स्वार्थमा पद लिप्सा बनिरहे ।
२०१६ सालको निर्वाचनबाट देशमा प्रजातान्त्रिक वातावरणको सरकार गठन नेपाली कांग्रेसले गरेको थियो । तर पद लिप्तता र आर्थिक प्रलोभनले गर्दा सरकारलाई अपदस्थ गरेर पञ्चायती व्यवस्थाको शासन व्यवस्था राजा महेन्द्र शाहबाट २०१७ साल पुस १ गतेदेखि लागू भयो । त्यस समयमा नेपालीले शान्तिको महशुस गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टीको वहुमत भएको सरकार छ ।
स्थानीय तह, प्रदेश र संघीय समेत तीन तहहरु शक्ति केन्द्र बनेका छन् । सबैका आ–आफ्ना अधिकारहरु छन् ।तर कर्तव्यबोध भएको पदाधिकारीहरुको अभाव बढ्दै गएको पाइन्छ । यस्तो वातावरण देखिन छाउराजनीतिक दृश्यको भलक हो भन्छन्, नागरिक ।
सरकार शक्ति सम्पन्न छ । यस्तो शक्तिशाली सरकारका नागरिक बोक्सीको रोगले पीडित छन् । तर नागरिकको पहुँच स्थल वडा कार्यालय हो । जहाँ धामीहरु धेरै देखिन्छन् । तर रोगको निदान गर्दैनन् । आफै धामी आफै बोक्सी बनेका अधिकांश वडाध्यक्ष भए पनि निमुखा जनताको आवाज सुन्ने सरकार छैन । सरकार चलाउन पल्केका प्रधानमन्त्री भएकाहरु झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल भएर नेपाल–प्रचण्ड गुट बनेका छन् ।
हामी यहाँ छौँ लेखिएका प्लेकार्ड लिएर सडकमा बस्छन् । सडकमा नारा लगाउँछन् । निमुखा प्रहरीहरुसँग लड्छन् । आफूहरु मोटरमा र बाइकमा हिड्छन् । नागरिकलाई बाटो बन्द छ । हामी हड्तालमा छौँ, आन्दोलन गर्नु हाम्रो वाध्यता हो भन्न चुक्दैनन् ।
यो संघर्ष केका लागि भनि प्रश्न गर्दा कार्यकर्ताहर भन्छन् – प्रचण्डलाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपति र माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष । सडकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष पनि घोषित गरे । जब कि पार्टीको अध्यक्ष बन्न महाधिवेशन चाहिन्छ । यसो चालामाला हेर्दा गणतन्त्रमा जे पनि काम मनपरी तरिकाबाट गरिन्छ ।
नागरक भन्छन् – हाम्रा नेताहरु कस्ता आफै बोक्सी आफै धामी जस्ता मनुष्यहरु ? नेताहरु पदका लोभी हुन्छन् । पद नपाएपछि अन्तरकलह गर्छन् । सबै दलहरुमा दलगत संस्कार नेताहरुका नागरिकले देखिसकेका छन् । सबै नेताहरु स्वार्थी भावना भएका हुँदा रहेछन् । राजनीति आफ्नो स्वार्थ सिद्धका लागि गर्दा रहेछन् । प्रचण्डले आफू कमाण्डर भएको एमाओवादीलाई लडाइदिए, ढलाइदिए । सबै कार्यकर्ताहरुलाई रणभुल्ल बनाए ।
तर छोरी, बुहारी, ज्वाइँ, भाञ्जाभाञ्जीहरुलाई मालामाल बनाए । राजनीति भनेको धनपैसा कमाउने खेल हो भन्ने सन्देश दिए । डा.बाबुराम भट्टराई एमाओवादीका योजनाकार थिए । तर पार्टी त्यागेर जनशक्ति पार्टीको भ¥याङ चढेर जनता समाजवादीमा भित्रिए । अर्का योजनाकार मोहन वैद्य किरण पनि किरण हटाएर योजना हेर्ने भए ।
एमालेका सूर्यजस्तै उदाएका केपी शर्मा ओली प्रधानमन्त्री बने र अढाई वर्षमा अध्यावधिक निर्वाचन गराउन अग्रसर छन् । सांसदहरुलाई विचल्लीमा पारे र संसदसभा जसलाई प्रतिनिधिसभा भन्छन्, त्यसलाई भङ्ग गरिदिए । सबै सांसदहरु इन्तु न चिन्तु बनेका छन् । संविधान विपरित कार्य भयो भन्दै सडक संघर्षमा देखिन्छन् । यो विषय पनि अहिले सर्वोच्च अदालतको निर्णयमा छ । सबैले पर्खनु पर्छ । तर प्रचण्ड नेपालको सडक संघर्षमा पछि लाग्नेहरु पनि छन् ।
प्रधानमन्त्री ओली भन्छन्– कम्यनिष्ट पार्टीको खोल ओढेका व्यक्तिहरु संघर्षमा भए पनि अध्यावधि निर्वाचन बैशाख १७ र २७ गते हुन्छ । यस पटकको निर्वाचनमा उम्मेद्वारहरुलाई आफूले असल नठानेपछि नो भोटको व्यवस्था मतपत्रमा हुने भएको छ । यसले धेरै मत नो भोटमा जाने सम्भावना बढी पाइन्छ । यस्तो अवस्था देखिनु नागरिकको नेताहरुप्रति बढेको वितृष्णा हो । नागरकले गणतन्त्रको अनुभूति गर्न पाएनन् ।
नेताले सत्ता स्वार्थको लागि संघर्ष गर्नु पर्छ भन्ने ज्ञान नागरिकको बुझाई छ । शिक्षा, स्वास्थ्य र रोजगारको वातावरण भएन । खेतीपाती गर्ने किसानहरुका लागि कृषि सामग्रीहरुका उपकरणहरु, मल, वीउविजन, औषधी, धमपैसा तिर्दा पनि किन्ने वातावरण सरकारले गर्न सकेन । खाद्य उत्पादनमा अपेक्षा गरेको परिणाममा खाद्य उत्पादन भएन ।
कोरोनाको कारण देखाएर लकडाउन गरियो । अर्थनीति भएन । आर्थिक अवस्था बिग्रियो । नागरिकलाई दुःख, सास्ती र हैरानी अनावश्यक रुपमा गराइयो । पढ्ने विद्यार्थीहरुलाइृ मानसिक, आर्थिक र सामाजिक समस्या भोग्नु पर्ने अवस्था बनाइयो । साथै आर्थिक घोटाला गर्नेहरु रातारात मालामाल भए । सरकार भएको अनुभूति नागरकले गर्न पाएनन् ।
विकास र निर्माणका कामहरु सके । मजदुरहरुले काम गरेको ज्याला पाएनन् । ठेकेदारहरु मालामाल भए । मजदुरहरुको घर–घरमा रुवाबासी भयो । तर कुनै तहको सरकारले यद्यपिसम्म पनि उनीहरुलाई कमको ज्याला दिलाउन सकेन । एक प्रकारले लुटतन्त्रको वातावरण बन्यो ।तैपनि सरकारमा भएका जिम्मेवार पदाधिकारीहरु मुकदर्शक बनेको दृश्य थियो ।
नेताहरु आफै बोक्सी आफै धामी बन्छन् । ठगी, लुट, बलात्कार, चोरी, डकैती बढ्दै गयो । रक्सी पिएर गाउँघरमा ताण्डव नृत्य देखाउनेवर्गको संख्यात्मक बृद्धि भयो । हिंसात्मक कार्य गर्नेहरुलाई नेताहरुको संरषणले गर्दा प्रहरीहरुको सुरक्षात्मक कार्य क्षेत्रमा वाधा पुगिरहेको छ ।
नागरिक भन्छन् – पञ्चायती शासन व्यवस्थामा पशु, हिंश्रक जनावरहरुसँग डर र त्रास थियो । मान्छेसँग मान्छेहरु डराउन थाले ।महिला हिंसा बढ्यो । यसका अपराधीहरु नेताहरुको संरक्षणमा भए । त्यसैले देशमा आफै बोक्सी आफै धामीको वातावरण बन्यो । सुरक्षात्मक वातावरण सरकारबाट बन्न सकेन ।