यम रेग्मी
घण्टौ पछि होसमा आई, रक्षा । सुस्तरी आँखा खोली । अप्रेशनपछिको बिरामीलेझैँ आँखा त खोली तर केही देखिन, कोही भेटिन । निष्पट्ट अँध्यारो पाई । केही बेर अघिको परस्त्रीसँगको पतिको विचित्र दृश्य नाचिरह्यो आँखाभरि, भुरुङ नाचेझैँ । फुत्किने गरी टाउको दुखेकै थियो । घटनाको स्मृति र अँध्यारोले झनै दुख्न थाल्यो । शिरका अगाडिका केसराशी तनक्क तानी दुई तीन पटक । प्याट्ट, प्याट्ट पड्काई, दुखाई केही सहज भयो ।
थलापरेको गाईझैँ बल गरेरउठी । केही पर भित्तामा रगतको डल्लोझैँ रातो । विद्युतको स्वीच बक्समा इन्डिकेर पिल–पिल बोलेको थियो । हातले भित्ता समाई सुस्तरी खुट्टा घिसारी अनि अगाडि बढी । प्याट स्वीज पारी कोठा झलल्ल उज्यालो भयो । प्रकाशले तिर्मिराए, आँखा, हेर्न सकिन । दुवै वायाँ हातका पाँच औलाले उज्यालो छेकी । केही बेरपछि औलाले आँखा मिच्दै सुस्तरी आँखा खोली ।
जब कोठामा नजर पु¥याई । अनौठो रूप देखी कोठाको । गलैँचा पुरै रङले पोत्तिएको, निथ्रुक्क पानीले भिजेको । एकातिर जलको बेला पल्टेको रक्सी खाएर पल्टेको मान्छेझैँ । अर्कोतिर टीकाको थाली उल्टो पारेर मस्त सुतेको । कोठैभरि टीकाका बारीका गहूँ छरेकोझैँ अक्षतै–अक्षता । सिरक एकातिर, डसना अर्कोतिर । तन्ना भूइँमा खसेको फोहरै फोहर, बेढङ्गको बेतालको ।
ट्वाक ! ट्वाक !! ट्वाक !!! घडीको आवाज कराइरहेको थियो, भित्तामा । तनक्क टाउको तानी, हेरी भित्तातिर । घडीको छोटो सुई, मोटो सुई, पाटलो सुई बाह्रको अंकमाथि खप्टिएर निदाएको पाई । समयको ज्ञानले झनै मन झस्कियो ।
अमिलो दुर्गन्ध, केही डढेको जस्तो । केही पोलेको जस्तो । कुनै ग्याँस लिक भएको जस्तो । केही वस्तु कुहिएको जस्तो । कोठाको कुन कुनाबाट हो हुन्नि ह्वास्स ! नाकको प्वाँलबाट भित्र छि¥यो, रक्षाको । फरक्क पेट निमोठ्यो । गिलमिल भयो, मुख । बान्ता होलाझैँ भयो । हातले मुख छोपी, बल गरी–गरी रोकी ।
खसेको तन्ना टिपी । सुस्तरी टड्कारी पलङमाथि बिच्छाउन लागि । रूखबाट पुरानो पात खसेझैँ प्यात्त खस्यो पतिले परस्त्रीसँग प्रयोग गरेको कण्डभ । कण्डभ देखेर सर्प देखेझैँ झस्किई । चिर्रर चिच्चाई । चम्चामा राखेको घिउ पोखिएझैँ । कण्डभको मुखबाट वीर्य तर्रर पोखिएयो डसनामाथि । कुहिएको वस्तुजस्तो अमिलो वीर्यको दुर्गन्ध ह्वास्स आयो । सारा शरीर नै सिकसिक ग¥यो । थरर्र कापी एकपटक । रोक्क सकिने आफूलाई तीन÷चारचोटि वाक्क ! वाक्क ! गर्दै बान्ता गरी ।
अर्को दिन सदाझैँ रातको समयमा नसाको मातमा देखाप¥यो विजय । रक्षाको आक्रोष ताजै थियो । महिनैदेखिको मौनता, छटपटी पीडाको मुख खोली र बोली–‘तिमी घरमै केटी ल्याएर केको परीक्षा लिँदैछौ मेरो ?’
फरक्क भर्कियो विजय, रक्षातिर । रिसाएको राँगोझैँ आरनका राता–राता गोलझैँ आँखा पार्दै बोल्यो, ‘तेरो सौन्दर्यताको परीक्षा लिन बुझिस् ?’
रक्षा केही बुझिन उसको कुरा । अनौठो जीवलाई हेरझैँ उसको व्यवहार हेरी ।
वियज बसेको ठाउँबाट जुरुक्क उठ्यो । पृथ्वीनारायणले चोर औँला देखाएझैँ औँला देखाउँदै बोल्यो–‘अर्को कुरा कान खोलेर सुन, लोग्नेको अनुमतिबिना बच्चा जन्माएर के अधिकार खोज्दै छेस् ?’
रक्षालाई पहिलो प्रश्नभन्दा दोस्रो प्रश्न डरलाग्दो लाग्यो । ऊ दोस्रो प्रश्नको उत्तर दिँदै बोली– ‘आमा हुँ, आमा सृष्टिकर्ता आमा । विश्व हाँक्ने आमा । ममताकी महासागर आमा । त्याग र समर्पणकी प्रतिमूर्ति आमा । कुन आमाले मातृत्वलाई तिलाञ्जली दिन्छे ? कुन आमाले वात्सल्यलाई बहिष्कार गर्छे, खोज विश्वमा ? भेटाउन सक्छौ अहँ, सक्दैनौ । हो, त्यही आमा हुँ, म ।
पेटको सन्तानको कसरी हत्या गर्न सक्छु ? तिमीमा हकअधिकार जमाउनको लागि होइन मैले बच्चा जन्माउन लागेको । आमा बन्नको लागि हो । आमा बन्न पाउनु मेरो जन्नसिद्ध अधिकार हो ।’ विद्यार्थीले प्रश्नको उत्तर घोकेझैँ खररर बोली रक्षा ।
विजय झनै ठूलो स्वरमा बोल्यो–‘म पनि पुरुष हुँ, पुरुष । राम्रो खोज्छु, सुन्दर मन पराउँछु । सुन्दरता खोज्नु मेरो धर्म हो । जिम्मेवारी मेरो कर्म हो ? सुन्दरता खोजेँ त
मैले के बिराए ?’
‘के म राम्री छैन?’ नीला ओठले कापेको स्वरमा बोली रक्षा ।
‘छैनेस् । तँ मलाई मनै पर्दैन ?’ ऊ बम पड्किएझैँ पड्कियो ।
‘के कमी छ ममा अरुभन्दा? के देख्यौ अरु स्त्रीममा र ममा देखेनौ ?’ ऊ कापेको स्वरले बोली ।
विजय फिक्का हाँस्यो र लामो सास फाल्यो मुखबाट । नजिकै बोत्तलमा पानी थियो घटघटी पियो । मुखमा लागेको पानीको थोपा पुज्दै बोल्यो, ‘मलाई यो भन्दा बढी बोल्न वाध्य नपार ?’
‘भन, छिटो भन ? के कमी देख्यौ अरु स्त्रीभन्दा ममा ? रुप, गुण, शील, स्वभाव के कमी छ ?’ ऊ झनै ठूलो स्वरले बोली । ।
‘भैगो, धेरै बोल्ने नबना मलाई ? म योभन्दा धेरै बोल्न चाहान्न । राम्री छेस् । सुन्दरी प्रतियोगिता राख्ने हो भने विश्व विजेता हुन्छेस् ।’ ऊ व्यङ्ग्य गर्दै बोल्यो ।
‘कस्तो सुन्दरता खोजेका हौ ममा र पाएनौ ? कि ममा बेस्यापन देखेनौ ? कि तिम्रो लागि सुन्दरता भनेको बेस्यापन हो ? ऊ बोल्न जिद्दी गर्दै बोली ।
विजय बसेको ठाउँबाट फेरि जुरुक्क उठ्यो । रिसले एक्क मुक्का भित्तामा बजायो । लामो सुस्केरा हाल्यो । नाक र मुखबाट पेटभरिको सास फ्याँक्यो । रूखको टुप्पाबाट खसेको मान्छेझैँ । फलङमा थ्याच्च बस्यो । निरास भएर रुन्चे स्वरमा आफूभित्र उत्तर खोज्दै बोल्यो–‘साला जिन्दगी ! के सोचेको थिएँ के भयो यार ! चाहँदा नचाहाँदै करकापमा प्रेमबिना योसँग ब्या भो ।
लागेको थियो ब्याले प्रेम बढाउँछ भन्थे । यत्रो बढाओस् । सम्बन्धको अर्को रुप हो प्रेम भन्थे । सम्बन्धबाट नै प्रेमको जन्म हुन्छ भन्थे । यत्रो जन्म होस् । देखिरहेपछि राम्रो लाग्छ । सँगै बसेपछि प्रेम जाग्छ भन्थे । खै काँ लाग्यो माया ? खै काँ जाग्यो प्रेम? सबै वाइहात, सब झुठै झुठ ।’
रक्षा केही बोलिन । ऊ बोलिह्यो । बोल्ने पनि बोल्यो नबोल्ने पनि बोल्यो । अगाडि केही नदेखेर बोल्यो । पछाडि केही नसोचेर बोल्यो । अझ अगाडि गएर फेरि बोल्न थाल्यो–‘झुपेले सहवासपछि प्रेम बढ्छ भन्थ्यो । सालेले पनि झुठ बोलेको रै‘छ । मन नलाई–नलाई सहवास पनि गरे । खै पे्रम बढेको ? कैयौ पटक हिरोनी अनुहार सम्झेर योसँग सहवास गरेँ, प्रेम बढाउन तर प्रेमको सट्टा घृणा बढ्यो योप्रति । अब केले बढ्छ
प्रेम ?
रक्षा सबै कुरा सुन्न सकी । जब सहवासको कुरा उठायो, उसले सुन्न सकिने ।
जुरुक्क उठी बसेको ठाउँबाट ऊ । दुबै हातका दश औला कपडाको गलाबाट तल छिराई । दुवै हातले तनक्क तानी र धर्वार च्याची कुर्था । नाङ्यो भयो छाती । छातीको भित्री वस्त्र पनि निकाली । पुरै नाङ्गो भयो छाती ।
स्तनतिर औँलाले इसारा गर्दै ‘हेर, राम्ररी हेर, धेरै केटीहरुको नाङ्गो स्तन हेरेको तँ । केही फरक देखिस् अरु केटीको र ममा ? अरु पनि हेर्नु छ, ल हेर’ । हतार हतार सुरुवाल खोली । नाङ्ग सेता तिघ्रा देखिए । गुताङ्ग छोपिएका भित्री वस्त्र च्याथी । निर्वस्त्र भई । नाङ्गो गुप्तांङ्गतिर इसारा गर्दै बोली–‘यो पनि राम्ररी हेर के फरक छ अरु केटी र ममा ?’ पछाडि हेर भन्दै पछाडि फर्किई ।
दायाँ हेर भन्दै दाया फर्किई । वायाँ हेर भन्दै वायाँ पर्कीई । केही बेर उसको अगाडि उभिई । फेरि बोली–‘के फरक देखिस्, मेरो नाङ्गो शरीर र बेश्याको नाङ्गो शरीरमा ? मेरो तनसँग खेल्दा बेश्याको तन सम्झिनुप¥यो तँलाई ?’
विजय सासै नफेरी आँखा भिमिक्क नपारी एक तमासले कहिले नदेखे जसरी हरेको हेरै भयो ।
फरक्क फकिई कपडा झुण्डिएको ह्यङ्गरतिर । मेक्सी झिकी ह्याङ्गरबाट । घाँटीबाट नाङ्गो जिउमा छिराई । घ¥याक दराज खोली । केही जोर कपडा भिकी । झोलामा राखी ।
झोला हातमा छोपी । घ¥याक्क ढोका खोली । बाहिर हेरी । चुकजस्तै अँध्यारो देखी । झिमझिम पानी परिरहेको थियो । निसास्सिँदो मध्यरात देखी । तर पनि उसका रोकिएनन् पाइला । भारी जीउ बोकेर मध्यरातमा पानीको झरीमा रुझ्दै निस्किई, घरबाट ।
तल्लो जीवन उपन्यास अंश क्रमशः ..