गायनसँगै मोडलिङमा सागर

कलाकारितामा भविष्य खोजेर सांगीतिक क्षेत्रमा होमिने धेरै छन् । सांगीतिक क्षेत्रमा होमिएकामध्ये केहीले राम्रै सफलता प्राप्त गर्दछन् भने केही सक्दैनन् । छोटो समयमै सांगीतिक क्षेत्रमा सफलता प्राप्त गर्ने एउटा भाग्यमानी कलाकार हुन् दाङ घोराही निवासी सागर भण्डारी । दाङबाटै सांगीतिक क्षेत्रमा लागेका उनी पछिल्लो समय सांगीतिक क्षेत्रमा व्यस्त बन्दै गएका छन् ।

गायनसँगै मोडलिङमा लागेका भण्डरीको क्रेज बढ्दै गएको छ । टिकटकमा गरेका अभिनयहरुबाट प्रभावित भएर आपूmलाई मोडलिङका अफरहरु आउने गरेको उनले बताए । ‘सानैदेखि गीत गाउने चाहना थियो, गाउँदै पनि मैले आएको थिएँ । पछिल्लो समय टिकटकमा विभिन्न गीतहरुमा अभियन गर्ने, भिडियो अपलोड गर्ने र त्यसमा पाइने प्रतिक्रियाहरुले आपूmलाई अभिनय क्षेत्रमा अघि बढ्ने अवसर मिलेको छ’–उनले भने–‘टिकटकको अभिनयले मलाई मोडलिङमा सहयोग गरिरहेको छ ।’

‘राप्तीझैँ बग्यो माया …’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका भण्डारीले आधा दर्जन बढी गीतहरुमा स्वर दिनुका साथै अभिनय पनि गरेका छन् । गायनसँगै उनले आपूmलाई मोडलिङको क्षेत्रमा समेत उभ्याएका छन् । गायनबाटै संगीत क्षेत्रमा प्रवेश गरेका उनले ‘मोज गरौँ जवानीमा …’ बोलको अर्को गीतमा स्वर दिएका थिए । गीतबाट साथीभाइलगायतका विभिन्न क्षेत्रबाट राम्रै प्रतिक्रिया आएपछि यस क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको उनी बताउँछन् ।

‘गीतसंगीत रुचिको क्षेत्र भए पनि सुरुमा गाउँदा कस्तो होला भन्ने लागेको थियो’–उनले भने–‘गीत गाएपछि राम्रै प्रतिक्रिया पाएँ, जसले मलाई सांगीतिक क्षेत्रमा अघि बढ्न हौसला मिल्यो ।’ तिनै हौसलाले आपूmलाई अहिले सहजत भएको उनी बताउँछन् । ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरेका उनले अहिले मोडलिङमै व्यस्त छन् । उनले पछिल्लो पटक ‘गोरी–गोरी’ बोलको लोकदोहरी गीतमार्फत् संगीतिक बजारमा छाएका छन् ।

कुमार पौडेल र कुसुम मगर्नीको स्वर रहेको उक्त गीतमा सागर, उषा उप्रेतीको प्रेम मोहमा अल्झिएका छन् । पुरानो मौलिक पहिरनमा ठाँट्टिएका सागरले म्युजिक भिडियोमार्फत् प्रेम व्यक्त गरेका छन् । राजकुमार बगरले लेखेको उक्त गीतमा कुमार पौडेलकै संगीत रहेको छ । भण्डारीले अभिनय गरेको ‘मलाई माग गरन’ बोलको गीत नयाँ वर्षको अवसरमा सार्वजनिक हँुदैछ ।