युवराज शर्मा
खेतीपातीमा जीवनयापन गर्ने किसानहरुका लागि सिंचाइ कुलो महत्वपूर्ण हुन्छ । उनीहरले पानीको मूललाई संरक्षण गर्छन् । त्यसमध्येको बालिम खोलाको मूल महत्वपूर्ण छ । तर बालिम खोलामा सिंचाइ कुलाको उत्रतर्फ खोला र आसपासको भूभागबाट ढुङ्गाहरु उत्खनन् गर्ने काम रोकिएन । यस्तो कार्यहरु गत वर्षदेखि ठेकेदार वीरसिं डाँगीले गर्दै आएका छन् ।
ढुङ्गा उत्खनन् गर्ने कामको विरोध बालिम सिंचाइ उपभोक्ता समितिले गर्दै आएको हो । यो कामको विरोधपत्र नगर प्रमुख नरुलाल चौधरी, जिल्ला प्रशासन कार्यालयमा पनि दिएका छन् । तर सुनुवाई भएको छैन । नगर प्रमुख नरुलाल चौधरीको जमिन पनि यसै कुलाबाट सिंचाइ हुन्छ । खोलामा ढुङ्गा उत्खनन् गर्ने ठेकेदार वीरसिं डाँगीलाई ढुङ्गा उत्खनन् दिने निकाय पनि घोराही उपमहानगरपालिकाबाट पाएको डाँगी भन्छन् । यस क्षेत्रका जनताको करिब २७ सय विगाह जमिन सिंचाइ गर्ने एक मात्र कुलो हो ।
यसको मुहान पनि सानो क्षेत्रफल छ । ढुङ्ग उत्खनन् भएपछि मुलको पानी सूक्दे गएर सिंचाइ गर्न समस्या छ । सुरुङ मार्गबाट ल्याइने अरङखोलाको पानी यस खेलामा खसाल्न पर्ने थियो । त्यस योजनालाई हापुर खोलामा खसाल्दा खर्च बढ्ने, खेतीका जमिनहरु घरघडेरीमा परिणत भइरहेको अवस्थामा उक्त योजना फलदायी बन्दैन । सम्बन्धित पक्षो ध्यान यसतर्फ समयमै पुग्नु पर्छ ।
खेतीपाती बढी हुने स्थानमा सिंचाइ कुलोको पानी मुहान सुकाउने ढुङ्गा उत्खनन्का योजना किसानहरुका लागि फलदायी भएन । वीरसिं डाँगीलाई ढुङ्गा बेचेर धन कमाउने अवसर जुटाउने कामले कतै घोराही उपमहानगरपालिका प्रमुख विचलित भएका त होइनन् ? भनाई जल उपभोक्ताहरको सोचाई पाइन्छ ।
अन्न उत्पादनमा ह्रास भइरहेको समय छ । सिंचाइ नभएका जमिनमा सिंचाइको प्रबन्ध मिलाउनुपर्ने स्थानीय तहको जिम्मेवारी हो । तर घोराही उपमहानगरपालिकाले ढुङ्गा उत्खनन् गर्ने ठेकेदार वीरसिं डाँगीलाई ढुङ्गा बेच्ने सुविधा दिनु र स्थानीय किसानहरुलाई मर्कामा पारेर खेतीपाती गर्ने वातावरण नबनाउनु गैरजिम्मेवार जनप्रतिनिधिका कामहरु देखिन्छन् ।
गणतन्त्रले मनपरीतन्त्रको विकास जनप्रतिनिधिहरुबाट भएको किसानवर्गको अनुभूति छ । वास्तविक घटनाको अध्ययन नगर प्रमुखले बुझ्नु पर्छ । आफै पनि स्थलगत क्षेत्रको भ्रमण गरेर क्षति पु¥याउने ठेकेदार वीरसिंह डाँगीबाट क्षतिपूर्ति भराउने व्यवस्थाको माग स्थानीय जनताको भनाई छ । जनप्रतिनिधि भएर जनताको आजाव सुन्नु पर्छ । वीरसिं डाँगी जस्ता खोलाको ढुङ्गा उत्खनन् गर्ने व्यक्तिलाई कानुनी उपचार हुनुपर्ने गुनासो नागरिक गर्छन् । नगर प्रमुखको आदेशले ढुङ्गा उत्खनन् गर्ने गरेको भनाइ वीरसिंको छ ।
वडाध्यक्ष केशव आचार्यको सिफारिस पाएको भनाइ वीरसिंले उत्खनन् गरेको स्थानीय व्यक्तिहरुले सुनाउँछन् । बालिम कुलाको पानी मुहानतर्फका ढुङ्गाहरु उत्खनन् गर्दा मूलको पानी सुक्दै गयो । जग्गा जमिनको सिंचाइमा समस्या भयो भन्छन् खेतीपातीमा रमाएका किसानहरु ।
घोराही उपमहानगरपालिका वडा नं. २ का र वडा नं. १ का किसानहरु खेतीपातीमा निर्भर छन् । यिनीहरुको अर्को वैकल्पिक व्यवसाय छैन । यस्ता किसानहरुको सिंचाइ कुलोपानीको मूलमा भएका ढुङ्गाहरु उत्खनन् गर्न दिँदा मूल सुक्छ । पानीको स्रोत घट्छ । सिंचाइमा समस्या पर्छ । सामान्य ज्ञान पनि नभएका जनप्रतिनिधिहरु भएपछि सिंचाइ कुलाका उपभोक्ताहरु निराश बन्नु स्वाभाविकै हो । यस्ता प्रकृति र प्रवृत्तिहरुका व्यक्तिलाई ढुङ्गा उत्खनन्को अधिकार दिनु किसानको हिातमा भएन ।
हिजोका दिनमा राम्रो काम गर्लान्, किसानवर्गको हितमा योजना ल्याउलान् भन्ने सोचाइ खेतीपातीमा निर्भर भएका किसानहरुको थियो । त्यसै आधारमा वडा नं. १ का अध्यक्ष केशव आचार्य र नगर प्रमुख नरुलाल चौधरीलाई अत्यधिक मत निर्वाचनमा दिएका थिए । तर यिनीहरले जनताको मतलाई कदर गरेनन् । ठेकेदार वीरसिं डाँगीलाई सहयोग पु¥याएर आफ्नो गोडामा आफै बञ्चरो हानेको वातावरण देखाउनु राम्रो काम भएन ।
जनतामारा काम भयो भन्छन् स्थानीय किसानहरु । यस्तो कूकृत्यलाई हेर्दा अमानवीय कार्यशैली बनेको नागरिकलाई अनुभूति भएको पाइयो । आफूहरुबाट केही भएन र विनाशकारी विपरित बुद्धि भएपछि अपवादमा भइन्छ । यसले नागरिक भएर गाउँमा बस्नुपर्दा सामाजिक मर्यादा हनन् हुन्छ । यदि गाउँ त्याग्ने मनसाय हो भने व्यक्तिगत फाइदामा रमाउनु नैतिक हार हुने छ । भविष्य अन्धकार बन्ने छ । राष्ट्र र राष्ट्रियताको भावना हराउने छ ।
स्थानीय भाइबन्धुहरुमा घृणाभाव बढ्ने छ । यदि आफूलाई स्वच्छ जनप्रतिनिधिको हैसियत देखाउनु छ भने समयमै सच्चिनु पर्छ । स्थानीय नागरिकमा सामू कालो अनुहार, सेता दाँत र रोदनपूर्ण मुहार देखाउनु अन्तरघाती स्वरुप बन्ने निश्चित हुन्छ । जुन पुरुषमा मानवीय गुणहरु समाजमा बन्दैन । यस्तो मान्छे जिउँदो लाश बन्नु हो ।
बालिम सिंचाइ जलउपभोक्ता कृषक संस्थाका पदाधिकारीहरुले कुलो निर्माण भएपछि सरसफाई र मर्मतसंहार गर्न छोडेको अवस्था छ । उनीहरु एकजुट बन्न सकेका छैनन् । दुई वर्षको कार्यकालका पदाधिकारीहरुको अवधि सकिएको छ । साधारण बैठक बसेको छैन । समिति पुनर्गठित छैन । तर पदाधिकारीहरुले आप्नो पद सुरक्षित भएको अनुभूति गर्दछन् । जब कि कुलोपानी, सिंचाइ प्रबन्ध, समिति पुनर्गठनको काम कार्य पनि स्थानीय तहको सरकारको हो ।
यस्ता कामलाई परिचालित गराउने काम पनि वडा नं. २ कार्यालयको हो । तर आर्थिक लाभकारी कार्यहरुमा ध्यान जाने प्रवृत्तिले गर्दा ढुङ्गा उत्खनन् गर्न वीरसिं डाँगी सफल भए । डाँगी भन्छन् – दुई वर्षका लागि बालिम खोला उत्खनन् गर्ने, त्यस्तो उत्खनन् तीन मिटरसम्म गहिराई गर्नै र त्यहाँको मुल सुके पनि मलाई फाइदा हुनु पर्छ । विरोध गर्नेको नास बनाउने हो । खोलाका ढुङ्गा उत्खनन् गरेर यो क्षेत्रको कृषि जमिन बाँझो बनाउने काम स्थानीय तहको सरकार अग्रसर भएको पाइन्छ ।
यसको जानकारी स्तम्भकारले नगर प्रमुख नरुलाल चौधरीलाई फोनबाट गराउँदा पनि ढुङ्गा उत्खनन् गर्ने कम राकिएको छैन । डाँगी भन्छन् – मलाई कसैले रोक्न सक्दैन । खेतीपातीका किसानहरुको आवाज सुनिदिने कोही भएन भन्छन्– किसानहरु । जल उपभोक्तावर्ग निराश छन् ।
स्थानीय सरकार भए पनि ठेकेदारको शक्ति भएको भनाइ सुनिन्छ । तर पीडित किसानहरुको आवाज सुनिन्न भन्छन् खेतीमा जीवन निर्वाह गरेका किसानहरु । सिंहदरबार गाउँ–गाउँमा भन्थे, गाउँ–गाउँमा सिंह पसे, दरबार बने स्थानीय पदाधिकारीका भवनहरु । विपन्न किसानहरुको अवस्थामा सुधार ल्याउलान् भन्ने सोचाई गाउँघरमा थियो ।
गाउँलेहरुले स्थानीय युवाहरुबाट धेरै आशा गरेका थिए । बालिम खोलाको कुलो माथिबाट ढुङ्गा उत्खनन् गर्न दिएको कार्यले गर्दा किसानहरुको मन दुखेको छ । हृदय पनि चुडिएको छ । स्थानीय गाउँलेहरुमा निराशा छाएको छ । गाउँलेहरुले खेतीपातीमा जीवन धान्छन् । उनीहरुप्रति जनप्रतिनिधिहरुमा धेरेको राम्रो धारणा पाइन्न । निर्वाचनमा मत माग्ने काम मात्र गाउँलेहरुसँग व्यवहार गर्छन् । ठेकेदारका सहयोगी बन्छन् । नाम गुमाउँछन् । आफ्नो कामको बदनामी गराउँछन् । धन कमाउने खेल खेल्छन् ।