बालविवाह न्यूनीकरण सम्वन्धी सचेतना कार्यक्रम

दाङ,९ माघ । दाङ महिला जेसीजले घोराही उपमहानगरपालिका–१९ मा रहेको भगवती माध्यामिक विद्यालय होडवाङमा बालविवाह न्यूनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

दाङ महिला जेसीजका अध्यक्ष ममता विष्टको अध्यक्षता तथा घोराही उपहानगरपालिका–१९का अध्यक्ष हर्कबहादुर घर्तीको विशिष्ट आतिथ्यता एव भगवती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशीराम गिरी तथा विद्यालयका सहायक प्राध्यानाध्यापक प्रेमबहादुर घर्तिको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालविवाह न्यूनीकरणमा सवैले जोडदिनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रहरी सहायक निरिक्षक सपनासुमन खड्काले बालविवाह गर्दा बेफाइदा, विवाह गर्दा हुने कानुनी कारवाही र यसले जीवनमा पार्ने असरका बारेमा जानकारी गराएकी थिइन । दाङ महिला जेसीजकी उपाध्यक्ष मिना सुनारको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष अनिता ढकालले आस्थापाठ गराएकी थिइन ।

कार्यक्रममा त्रिभुवन नगर जेसीजका अध्यक्ष मुकेश शर्मालगायतले बोलेका थिए । कार्यक्रमका सहभागीहरुलाई दाङ महिला जेसीजकी कार्यकारी उपाध्यक्ष जुनुकुमारी बुढाले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन । कार्यक्रममा विद्यालयका २०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।