हरेक कक्षामा ‘फस्ट पोजिशन’ …

संघर्षशील, मिहिनेती तथा इमानदार जहिल्यै पनि कर्म गर्नुपर्छ भन्ने आफू पनि सकारात्म सोचको हुुनुपर्छ, अरुले पनि सकारात्म सोचनुपर्छ भन्ने मान्यता राख्ने यमनाथ पौडेल जो २० वर्षदेखि शिक्षण पेशामा अनवरत छन् । बुटवल–१६ रुपन्देहीमा जन्मिएर हाल कर्मथलो दाङको तुलसीपुर बनाएका राप्ती बबई क्याम्पसका दिवा सेवासत्रका सहायक क्याम्पस प्रमुख पौडेलले आप्mनो पहिलो खुसी शिक्षा भएको सुनाए ।

उनले शिक्षा क्षेत्रको सफलता नै आफनो पहिलो खुशी बताउँछन् । उनले जीवनमा धेरै खुशीहरु भए पनि कक्षा एकदेखि डिग्री पास गर्दा अन्तिमसम्म प्रथम हुँदालाई आप्mनो पहिलो खुशी सुनाए । २०३७ सालमा बुबा डिल्लीप्रसाद र आमा गंगादेवी उपाध्यायको कान्छो सन्तान पौडेलले आफू ६ वर्षको हुँदा नरौनापुर माविबाट कक्षा १ मा प्रथम भएपछि बुबाले खुशियालीमा मिठाई बाँँडेको सम्झिए । सामान्य परिवारमा जन्मिएका पौडेलले आप्mनो पहिलो खुशी बुबाले कक्षा १ मा प्रथम भएपछि मिठाई बाँडेको सम्झिए ।

‘मेरो बुबाले म जन्मेदेखि कहिल्यै मिठाई खुवाउनुभएको थिएन, त्यो दिन मिठाई सबैलाई बाँड्नुभयो, म प्रथम भएको खुशियालीमा, म त्यस दिन अत्यन्तै खुशी भएको थिएँ’–उनले भने । उनले त्यो मिठाईले आफूलाई थप पढ्न र अगाडि बढ्न उत्प्रेरणा दिएको बताए । त्यस्तै पौडेलले कक्षा १ मा प्रथम भएजस्तै डिग्रीमा पनि प्रथम भएर आप्mनो शैक्षिक यात्रा सफल भएको बताए । ‘सयद त्यो कक्षा १ मा प्रथम भएको खुशीसँगै त्यसको उत्प्रेणा र त्यसैको जगले म डिग्रीमा पनि प्रथम नै भएँ, मेरो खुशी त्यो भन्दा अरु के नै हुन सक्छ र ?’ उनले भने । त्यस्तै पौडेलले अर्को खुशी रनरत्न माविबाट २०५४ सालमा एसएलसी पास गर्दा अर्को खुशी प्राप्त भएको सुनाए ।

सानैदेखि चलाख र पढाईमा समेत अब्बल पौडेलले एसलएसीपछि त्यही बुटवलमा आइएडमा भर्ना भएर आप्mनो पढाई र शिक्षण पेशा सुरु गरेको सुनाए । पौडेलले २०५६ सालबाट बुटवलकै श्रीगणेश इङ्लिस बोर्डिङ स्कूलमा बढाउन सुरु गरेको बताए । उनले आफूले पढाएवाफत पहिलो महिनाको तलव ९ सय बुभ्mदा अर्को खुशी प्राप्त गरेको सुनाए । ‘मेरो पहिलो मिहिनेतको कमाई ९ सय बुझेर बुबाको हातमा दिँदा जीवनमा अर्को खुशी मलाई प्राप्त भएको थियो’–उनले भने ।

त्यस्तै बोर्डिङका सञ्चालक तारा ज्ञवाली र यमनाथ सुवेदी सरको सहयोग र माया प्राप्त गरी राम्रो पढाएर उत्कृष्ट शिक्षक भन्दै २०५८ सालमा विद्यालयको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक भएको भन्दै सम्मान र वाटर–फिल्टर उपहार पाउँदा झनै खुशी मिलेको उनले सुनाए । त्यससँगै उनले २०५९ सालमा न्यू–भिजन उमाविमा टंक पौडेललगायतको टिमसँग बसेर उच्च शिक्षा बढाउन सुरु गरेको सुनाए । उनले त्यसबाट टिम–वर्कमा काम गर्न सुरु गरेको र त्यसमा पनि सफलता प्राप्त गरेको सुनाए । उनले विहान आफूले उच्च शिक्षा पढ्ने र सँगसँगै पढाउने गरेको सुनाए ।

स्वास्थ्य शारीरिक शिक्षामा स्नातकोत्तरमा प्र्रथम श्रेणीमा त्यसपछि पास गर्दा अर्को खुशी प्राप्त भएको उनले सुनाए । त्यस्तै काठमाडौंको पढाई सकेर कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा उच्च शिक्षा पढाउन आफू आएको र त्यहाँ आफूभन्दा पहिले ४ जना शिक्षकहरु परीक्षामा सामेल भएको र उनीहरु सबै छनोटमा नपरेको सम्झिए । कक्षा शिक्षणको क्रममा आफूले पढाउँदापढाउँदै बीचैमा रोकेर आफ्नो पढाउने शैली राम्रो भएको भन्दै आफू छनोटमा पर्दा खुशी लागेको उनले सुनाए । ‘मलाई त्यहाँ पढाउन जाँदा सबैले मेरो पढाउने शैली र शिक्षण राम्रो मानेर बीचैमा पढाउँदा–पढाउँदै रोकेर नियुक्ति दियो, उत्कृष्ट भन्दै मैले त्यहाँ एक बर्ष पढाएँ’–उनले भने ।

पौडेलले आफूले त्यहाँबाट पढाउन छोडेपछि आउँदा विद्यार्थीहरुले सेलीब्रेटीजस्तै अटो–ग्राफ माग्दा अर्को खुशी थपिएको बताए । त्यसपछि २०६५ सालमा राप्ती बबई क्याम्पसमा शिक्षणका लागि आएका पौडेलले काठमाडौंमा हिमालय सरलाई भेटेको र शारीरिक शिक्षाको शिक्षक दाङमा नभएपछि आफू राप्ती बबई क्याम्पसमा पूरा समय शिक्षकको रुपमा पढाउन पाउँदा अर्को खुशी मिलेको सम्झिए । उनले पश्चिम दाङको एकमात्र क्याम्पस राप्ती बबई क्याम्पसमा भविष्य देखेर यहीँ शिक्षण गर्ने भन्दै आप्mनो भविष्य देखेको, यही क्याम्पसमा गुणस्तरीय शिक्षा दिने निर्णयमा पुगेको बताए ।

‘त्यो बेला शालिकराम सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो, मैले राप्ती बबई क्याम्पसलाई नै फलाउन फुलाउन लाग्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ’ –पौडेलले भने । उनले शिक्षा अनुसन्धान र शारीरिक शिक्षा पढाउँदै गर्दा २०६७ सालदेखि मास्टर ‘डिग्री’ पढाउन सुरु गरेको र त्यससँगै २०६७ सालमा शिक्षा संकाय प्रमुखको जिम्मेवारी पाउँदा अर्को खुशी मिलेको सुनाए । त्यस्तै प्लस–टु संयोजक तथा प्रोजेक्ट कोअर्डिनेटरलगायतका जिम्मेवारी पाएर राप्ती बबई क्याम्पसलाई राम्रो शिक्षा र यसको विकासमा लाग्ने अवसर पाएकोमा पनि उनले खुशी व्यक्त गरे । उनले आफूले पढाएका विद्यार्थीहरुले अहिले पनि सम्झने र देशका विभिन्न क्षेत्रमा उनीहरुले राम्रो काम गरेको देख्दा खुशी मिल्ने गरेको सुनाए ।

‘मैले जहिले पनि नैतिकता र अनुशासनको पाठ सिकाउने गरेको छु, मैले पढाएका सयौँ विद्यार्थीहरुले अहिले सम्झन्छन्, मेरो खुशी त्यही हो’–उनले भने । पौडेलले आफूले पढाएका विद्यार्थीहरुले बेला–बेलामा ‘सर मैले यस्तो गरेँ, यो भएँ’ भनेर फोनमा जानकारी दिँदा अर्को खुशी प्राप्त हुने बताए । उनले आफूले पढाएका विद्यार्थीहरु डाक्टर, इञ्जिनियर, वकिल, पत्रकार, अधिकृत र मास्टर डिग्रीमा पनि टप भएको देख्दा खुशी हुने गरेको सुनाए । उनले विभिन्न सञ्चार माध्यमा र आफनो विषयमा विज्ञको रुपमा आफूलाई बोलाउँदा र आप्mनो विज्ञता प्रदर्शन गर्न पाउँदा खुशी मिल्ने गरेको बताउँछन् ।

पौडेलले सबै साथीभाइ र सरहरुको सहयोगले आफूले विभिन्न जिम्मेवारी पाउँदा र आफूलाई जिम्मेवारी दिँदा अर्को खुशी मिल्ने गरेको सुनाए । ‘साथीभाईले सहयोग गर्नुभएको छ, माया गर्नुभएको छ, सबैको मन जित्न सफल भएको छु, योभन्दा खुशी मेरो लागि के हुन्छ ? –पौडेलले भने । २०६१ सालमा कमला आचार्यसँग वैवाहिक जीवनमा बाँधिएका पौडेलले आफ्नो सफलताको पछि श्रीमती र घरपरिवारको पनि साथ पाएकोमा खुशी व्यक्त गरे ।

आफ्नो खुशीमा श्रीमतीको पनि ठूलो हात हुनुका साथै घरपरिवार पनि उनले सम्झिए । उनले आफ्नो ठूलो धोको राप्ती बबई क्याम्पसलाई नमुना क्याम्पस बनाउने रहेको भन्दै त्यो भयो भने अर्को खुशी प्राप्त हुने सुनाए । ‘राप्ती बबई क्याम्पस पश्चिम दाङलगायत छिमेकी जिल्लाका गरिब, सीमान्तकृतवर्गले पठनपाठन गर्ने क्याम्पस हो, यसको विकासमा सबै लाग्नुभएको छ । उसलाई उच्च शिक्षाको मोडेल क्याम्पसको रुपमा विकास गर्न सकियो भने त्यो भन्दा अर्को खुशी मेरो लागि केही हुने छैन’–उनले भने ।

स्वास्थ्य शारीरिक शिक्षाको प्रधाध्यपक यमनाथ पौडेल राप्ती बबई क्याम्पस तुलसीपुरका दिवासत्रका सहायक क्याम्पस प्रमुख, प्लस–टुका संयोजक, संकाय प्रमुख तथा प्रोजेक्ट कोअर्डिनेटर हुन् ।

प्रस्तुती : बालाराम खड्का