अभिभावकको भूमिका

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ

कठोरताभन्दा नम्रता बलियो हुन्छ भनेझैँ चट्टानभन्दा बलियो पानी हुन्छ । पानीभन्दा बलियो वायु हुन्छ र वायुभन्दा बलियो विचार हुन्छ । यो सत्य हिजो जति सार्थक थियो त्यत्ति नै आज पनि यसको महत्व र सार्थकता अझ व्यापक भएको छ ।

शारीरिक सुसंगठन देख्दा जति हृष्टपुष्ट देखिए पनि, यदि त्यस शरीरभित्रको आत्मतत्वमा विनम्रता र सहनशीलता छैन भने त्यो शारीरिक सुसंगठनको कुनै महत्व रहँदैन । अर्को कुरा आफूले अरुप्रति देखाउनुपर्ने व्यवहारमा यदि कहीँकतै त्रुटी छ भने र यो पुनः दोहोरिने अवस्था आउँछ भने मानिस स्वयम् अविश्वासको पात्र मात्र बन्दैन, विश्वासघाती पनि बन्न पुग्छ ।

अविश्वासले मानिसलाई सधैँ पतनको मार्गतर्फ अग्रसर गराउँछ । त्यसैले अरुलाई दोष देखाइ आफूलाई प्रशंसायोग्य बनाउँछु भनी यदि कर्म र व्यवहारमा कठोरता र विचारमा गलत मानसिकता पैदा गरिन्छ भने त्यसले आफू मात्र होइन समाज र राष्ट्र दुवैलाई पतनउन्मुख बनाउँछ । तसर्थ, लगनशील र शान्त स्वभावको व्यक्ति कहिल्यै हार्दैन भन्ने सत्यलाई ग्रहण गर्दै खुशी हुनको लागि होइन खुशी भएर काम गरियो भने अवश्य सफलता मिल्दछ । यसरी आफूलाई आफ्नो कर्मभित्र यस्तो स्वभाव र आचरणमा अभिभावकत्व प्रष्टिने गरी प्रस्तुत हुनु पर्छ ।

मनुष्यको जीवन हिरा हो । यसले काट्न र चम्किन दुवै जान्दछ । यदि काट्ने प्रवृत्तितर्फ मात्र विचार प्रवाहा गर्ने हो भने त्यो व्यक्तिले क्षणिक आनन्द त महशुस गर्ला तर उसको भविष्य सधैँ अन्धकार र स्वार्थउन्मुख हुन सक्छ । स्वार्थी प्रवृत्ति जागृत हुनु भनेको आफूलाई पतनको मार्गमा धकेल्नु हो । त्यसैले प्रशंसामा होइन त्याग र सेवामा रमाउन सक्नुपर्छ । परिस्थितिले ल्याउने कम्पनबाट आत्तिएर दुष्कर्मतर्फ विचार प्रविष्ट गराउनु भनेको आफै पतन हुनु हो । दुष्कर्मको परिणाम आफैले भोग्नु हो ।

तसर्थ, समाज, राष्ट्रलाई कुन संस्कृति र संस्कारतर्फ अगाडि बढाउने हो रु आगामी पिढीलाई कुन दिशातर्फ अग्रसर गराउने हो रु त्यो कुराको अभिभावकले समयमै ध्यान पु¥याउनु पर्छ । समाजमा स्थापित आचरण र व्यवहारबाट नै नयाँ पुस्ताले संस्कार सिक्ने हुँदा त्यसतर्फ अभिभावक निकै जिम्मेवार भएर प्रस्तुत हुनु पर्छ । अभिभावक समाजको ऐना हो र पथ प्रदर्शक पनि हो । यस सत्यलाई सबैले स्वीकार्नु पर्छ ।

समाज असल संस्कृति र संस्कार सिकाउने स्थल हो । समाजमा स्थापित संस्कार मूल्य र मान्यताबाट नै नयाँ पुस्ताले आफ्नो परिवेशको पहिचान गर्ने अवसर पाएको हुन्छ । समाजमा स्थापित मान्यता र अभिभावकको कार्यशैलीबाट नै नयाँ पिढीले असल आचरण र संस्कृति सिकेको हुन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्र चाहे जेसुकै विषय होस्, यदि अभिभावकले आफूलाई सम्यमित र धैर्यवान् नगराई क्षणिक स्वार्थको लागि गलत विचार प्रवाह गराउँछ भने यसले समाजलाई गतिहीन दिशातर्फ डो¥याउने अवस्था रहन्छ ।

जसको फलस्वरुप बालमनोविज्ञानअनुसार अरुको नक्कल गर्ने र जान्ने उत्सुकता राख्ने नयाँ पिढीको लागि यो मार्गनिर्देशन भएर आउन सक्छ । जसको कारण बच्चाको कार्यशैली सोही दिशातर्फ आकृष्ट हुन पुग्छ । तसर्थ, अभिभावकले कुनै पनि कार्य गर्दा वा गराउँदा बालमनोविज्ञानभित्र गलत चिन्तन जागृत नहोस् भन्नेतर्फ गम्भीर भएर जिम्मेवारी वहन गर्न सक्नुपर्छ । नयाँ पिढीको भविष्य बनाउन अभिभावक स्वयम् जिम्मेवार भएर लाग्नु पर्छ । आफूले के गर्नु पर्छ र के गर्दा नयाँ पिढीको लागि असल शिक्षाको विजारोपण हुन्छ रु त्यसतर्फ चनाखो हुनु पर्छ ।

समाजमा स्थापित संस्कृति, संस्कार एवं परम्परावादी सोच नयाँ पिढीले कसरी ग्रहण गरिरहेको छ रु यसले कस्तो परिणाम दिई सामाजिक मूल्य र मान्यता कायम भइरहेको स्थिति छ रु त्यस कुराको गम्भीर विश्लेषण गरी अभिभावक स्वयम्ले असल संस्कृति र अनुशासित जीवन पद्धतिभित्र आफ्नो कार्यशैलीमा नयाँ पिढीलाई मार्गनिर्देशक भई प्रस्तुत गर्नसक्ने हुनु पर्छ ।

अभिभावकको स्वच्छता र इमानदारी नै नयाँ पिढीको भविष्य भएकोले आचरणयुक्त जीवनशैली अभिभावकले निर्वाह गर्न सक्नु पर्छ । समाजमा स्थापित मूल्य र मान्यता भनेको अभिभावकको आचरण र व्यवहारबाट स्थापित मूल्य हो । त्यसैले आगामी पुस्ताको लागि उदाहरण बन्ने गरी असल आचरण र मान्यता झल्कने गरी अभिभावकले आफ्नो कार्यनीतिभित्र आफूलाई परिचालन गर्नु पर्छ ।

जीवन ज्ञानको सागर हो भन्ने यथार्थलाई आत्मसात गरी आफूले निर्वाह गर्ने प्रत्यके कर्मले भावी पिढीलाई दिशानिर्देश गर्नसक्ने क्षमता अभिभावकले राख्न सक्नु पर्छ र स्वयम् अभिभावक कर्तव्यपरायम बन्नु पर्छ । विकृति र विसंगतिलाई बालमनोविज्ञानभित्र प्रवेश गर्न नदिने गरी प्रत्येक व्यक्ति, वर्ग र संस्थाले आफूलाई प्रस्तुत गर्नु पर्छ । विगतमा पुर्खाले देखाएको त्याग र समर्पणलाई आफ्नो अमूल्य मार्गनिर्देशक सम्पत्ति मानी सतगुणयुक्त आचरण र व्यवहार गर्नु पर्छ ।

कसैले बाटो विराएको छ भने त्यसलाई सकारात्मक बाटोमा ल्याउन अनुशासित एवं असल आचरणतर्फ उसको ध्यान आकृष्ट गर्न सक्नु पर्छ । सामाजिक प्रतिष्ठा कायम गर्ने गरी हरेक दृष्टिकोणमा सकारात्मक भाव जागृत हुने कर्म र व्यवहारलाई प्रश्रय दिनु पर्छ । नयाँ पिढीको खुशी र उत्साह उसको सफलतामा गरिने प्रशंसा हो भन्ने सत्य जगजाहेर हुने गरी नयाँ पिढीलाई सकारात्मक बन्न उत्प्रेरित गराउनु पर्छ । वास्तवमा सफल व्यक्ति त्यही हुनसक्छ जसले अरुको चाहना र अनुभूतिपूर्वक इमान्दारपूर्वक बोध हुने वातावरण बनाउन सक्छ ।

अभिभावक बन्न जति सजिलो छ त्यति अभिभावकत्व ग्रहण गरी आफूलाई प्रस्तुत गर्न चुनौती र कठिनाई हुने हुँदा यो जिम्मेवारी बोध गर्नु पर्छ । केही मानिसहरु आफूलाई सबैले विश्वास गरोस्, मेरो इमानदारितामा भरोष गरोस् भन्ने चाहन्छन् । तर त्यस्तो मानिसको प्रवृत्ति आफूलाई सबैले मानोस् भन्नेतर्फ मात्र केन्द्रित भएको देखिन्छ । यस्ताले अरुलाई भरोषा र विश्वास गर्न जान्दैनन् पनि । यस किसिमको प्रवृत्ति गलत मानसिकताको उपज हो ।

यो अभिमानी चरित्र पनि हो । आफूले विश्वास नगर्ने तर अरुले आफूलाई विश्वास गरोस् भनी मान्यता राख्ने चरित्र भनेको स्वार्थी र अहंकारीपन हो । त्यस्तो अभिभावक कहिल्यै प्रशंसक बन्न सक्दैन । यस्तो व्यक्ति सफलता होइन असफलतातिर बढी आकर्षित हुन पुगेका हुन्छन् । आँखाले देखेको सबै वस्तु सुन्दर हुँदैन र वाह्य सुन्दरता नै असल चरित्र हो भनी मान्य परम्परा र पद्धति पनि त्यति उपयुक्त होइन ।

सुन्दर हुन विचारमा सकारात्मक, चिन्तनमा नम्रता र व्यवहारमा शुद्धता हुने गरी प्रष्टिनु पर्दछ । त्यसैले राम्रो, नराम्रो कामको भागीदार अभिभावक स्वयम् हुने भएकोले अभिभावक स्वयम् यसको जिम्मेवार भई प्रस्तुत हुनु पर्छ । नेपालको राजनीतिक सन्दर्भलाई हेर्ने हो भने एकले अर्कालाई होच्याउने, गलाउने र पछार्ने प्रवृत्तितर्फ राजनीतिक गतिविधि बढेको वर्तमानले देखाएको छ । अभिभावकत्व ग्रहण गर्नेहरु स्वयम्ले आफ्नो र राष्ट्रिय पहिचानको समेत ख्याल नगरी व्यक्तिगत स्वार्थको लागि सिंगो समाज र राष्ट्रलाई बर्बादीतर्फ धकेल्न खोजेको अवस्था देखिन्छ ।

क्षणिक स्वार्थका कारण मुलुकलाई पराधीन मानसिकताबाट परिचालन गर्ने गराउन खोजेको आभाष देखापर्दै छ । सही र गलत के हो भनी छुट्याउने क्षमता भएका निकाय होस् या सामाजिक अभियन्ता होऊन् वा अरु कुनै व्यक्ति, वर्ग, क्षेत्र किन नहोस् उनीहरुले राष्ट्रिय जागरण ल्याउने चिन्तन प्रवाह गरे पनि यस्तो विचार गलत हो भनी प्रचार गर्ने प्रवृत्ति पनि यदाकदा देखापरेको स्थिति छ । आफ्नो हैसियतको ख्याला नगरी तथा जिम्मेवारी निभाइसकेका अभिभावक स्वयम्ले आफ्नो मर्यादालाई उल्लङ्घन गरी जे मन लाग्यो फलाक्ने प्रवृत्तिले अहिले राष्ट्रमा सच्चा अभिभावक को बन्न सक्ला भनी खोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।

के जातेले आफ्नो घर पनि बनाउँदैन अरुलाई पनि बनाउन दिँदैन भन्ने उखानझैँ म नभए त्यो पनि हुन सक्दैन भन्ने जस्ता अहंकारी विचार अहिले छरपष्ट भइरहेको छ । तसर्थ, कतिपय अवस्थामा आफू असहमत हुँदा हुँदै पनि यदि समाज र राष्ट्रको लागि तथा नयाँ पिढीको लागि असल विचारको सम्प्रेषण भइरहेको छ भने त्यसलाई स्वीकार गरेर हातेमालो गर्न सक्नुपर्छ । आफूले गरेको प्रत्येक कार्यको आफै मूल्यांकन गरी आफ्नो होइन राष्ट्र र राष्ट्रियतालाई आफ्नो अमूल्य सम्पत्ति ठानी एकअर्काको विचारलाई सम्मान गर्न जान्नु पर्छ ।

अभिभावकले आगामी पुस्ताको लागि आफू उदाहरण बन्नसक्ने क्षमता राख्न सक्नु पर्छ । मै खाउँ मैलाउँ मै मोज मजा गरु भन्ने क्षणभंगुर जीवनको मार्गमा आफै काँडा बन्नुभन्दा अरुको श्रद्धाको पात्र कसरी बन्न सकिन्छ भनी सोची, विचार गरी अभिभावकले आफूलाई प्रस्तुत गर्नु पर्छ । सच्चा अभिभावकको पहिचान त्यही हो । जसले अरुको विचारलाई सम्मान दिई सर्वजन हिताय, सर्वजन सुखायको मान्यतालाई शिरोधार्य गर्न सक्छ । सबैलाई चेतना भया ।