मुख्यमन्त्री पोख्रेललाई देउखुरीबाट चुनाव लड्न नेकपाका नेता चौधरीको चुनौती

  •   
  •  

दाङ, २५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैको पर्खाइमा नबस्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङको राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य चौधरीले पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खोज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संकटको घडीमा सामना गर्नुपर्ने समय आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुठाराघात गर्ने काम गरेको छन् ।’ उनले यस विरूद्वमा हामी एकजुट भएर लाग्न सदस्य चौधरीले कार्यकर्तालाई आग्रह गर्नुभयो । सदस्य चौधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल दाङ निर्वाचन क्षेत्र नं। १ बाट चुनाव लडे जमानत जफत गरिदिे समेत चेतावनी दिएका हुन ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले सांसद विगठन गरेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै, प्रदेशसभा थारूले प्रधानमन्त्रीले मारेको सांसदलाई पुन विउताउने कार्यकर्तालाई विश्वास दिलाउनुहुँदै, जनताले पाएको घरदैलोको अधिकार भंग गरेको बताउनुभयो । प्रधानमन्त्री वलिले संविधान भन्दा बाहिर रहेर जनतामाझ भ्रम छर्ने काम गरेको प्रदेशसभा सदस्य थारूले भन्नुभयो ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीका अध्यक्ष बसन्त नेपालीले देशमा समृद्ध, शुसान आउने बेला प्रधानमन्त्री केपी वलिले कुर्सीको लागि सांसद विगठन गरेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको लालमटियामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटी अध्यक्ष बसन्त नेपालीको सभापतित्व एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजितफथारूको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष धर्मराज अधिकारी, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भुवण्डव केसी, राप्ती गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष जगतबहादुर थापा, नेकपाका युवा नेता श्यामेस चौधरी लगायतका बक्ताले बोल्नु भएको थियो ।

राजपुर गाउँ कमिटी सचिवालय सदस्य रामप्रसाद यादव, स्थानीय नेता श्यामेस चौधरी, कृष्ण गिरी, दिपक चौधरी, युवा तथा खेलकुद विभागका जिल्ला सदस्य बिमल जैसी, युवा नेता मोहम्मद याकूब लगायतको उपस्थिति रहेको थियोे । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राप्ती गाउँपालिका दुई नम्बरका युवा नेता जगत खानलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गिरिराज पौडेलले गर्नुभएको थियो ।