महाभारत प्रशंग : भीष्मको आठौंर नवौं दिनको युद्ध

  •   
  •  

राधेश्याम उपाध्याय

चुच्चे व्यूह रचना गरे । अगाडि धृष्टद्युम्न व्यूहको रक्षाका लागी बसे । चारैतर्फ प्रसिद्ध वीर वीर योद्धा बसे । दुवैतर्फ श्रेष्ठ धनुको टंकार र शंख ध्वनि हुन लाग्यो । योद्धाहरु युद्धका लागि आतुर थिए । भीष्म र भीमको ठूलो युद्ध भयो । भीमले गदा लिएर धेरै सेना नास गरे । भीष्मले पनि शर बर्षाएर धेरै सेना र योद्धा मारे ।

धृष्टद्युम्नले यो देखेर भीष्मलाई रोके । सत्र जना भाइहरु लिएर दुर्योधन भीम संग लड्न लागे । सत्रै जनाले एकसाथ भीमलाई घेरा हालेर प्रहार गर्न लागे । भीमले पनि धृतराष्ट्रका सबै पुत्रहरुलाई मार्नेछु भनी गरेको प्रणलाई सम्झेर तिनको चोट खप्दै पाँच शरले दुर्योधनलाई एकातिर रोके र सत्रै भाईलाई शिर गिंडी मारी दिए । यो देखेर सुयोधन भीष्म कहाँ गए र दुखेसो गर्न लागे । हजुर हुदै मैले आफ्नो हार देखी रहेको छु ।

यो सुनेर भीष्मले द्यौता, दानव, यक्ष, राक्षस, गन्धर्व र किन्नर सबै आएर लडे पनि पार्थलाई जित्न कसैले सक्ने छैन । पहिला नीतिका कुरा तिमीले सुनेनौं या सुनेर पनि मानेनौं अहिले पछुताएर के गर्ने । भीष्मको यस्तो कठोर उत्तर सुनेर सुयोधन केहछिनका लागि शिविरमा गए । धृष्टद्युम्न, विराट, सात्यकी र द्रौपदीका छोराहरुले भीष्मसँग युद्ध गर्न लागे भने भीमले धेरै हात्तीहरु ग्दाले हानेर मारे । अर्को तर्फ शकुनी र गुरु द्रोणले पनि पाण्डुसुतका सेनाहरु नास गर्दै थिए ।

सकुनीलाई इरावानले रोके । त्यो देखेर सकुनीका ६ भाइ प्रतापि छोराहरु आए । ती षट्रथी वीरहरुले इरावानलाई निकै व्याकुल बनाए । इरावानले पनि तिनको चोट खपेर तिखा वाण हाने र ती सवैलाई मुर्छा पारी दिए । तत्काल चैतन्य भै लड्न आउदै थिए इरावानले तरवारले छ जनालाई नै काटि दिए । यो नराम्रो अवस्था देखेर दुर्योधनले इरावनलाई मार्न अलम्वुषलाई पठाए ।

राक्षसले धैर्य र साहसका साथ युद्ध गर्न लाग्यो । त्यसका सवै शस्त्र इरावानले काटी दिए र शरीरमा घाउ बनाई धनु पनि भाँचिदिए । मायावी राक्षस आकासमा बसेर माया युद्ध गर्न लाग्यो । इरावान पनि माया युद्धका ज्ञाता भएकाले आकाशमै गएर युद्ध गर्न लागे । अन्तमा माया युद्ध गरेर अदृश्यभै खड्ग लिएर इरावानलाई काटी मा¥यो । पाण्डव तर्फका सेना डराई भाग्न लागे । युद्धको यस्तो नराम्रो अवस्था देखेर घटोत्कच आईपुयो र सबैलाई रोकी त्रिशुलले कौरवको सेना नाश गर्न लाग्यो । घटोत्कचको वेग दुर्योधनले रोके ।

दुर्योधनको मद्दत गर्न वङ्ग नृपति सबै राक्षसलाई मार्छु भनी जाँदा भए । दुर्योधनले घटोत्कचको राक्षसी धेरै सेना मारी दिए । यो देखेर घटोत्कचले आफ्ना बावुहरुलाई गरेको अन्याएको बदला लिन्छु भनी भन्यो र वाण वर्षा गराई दुर्योधनलाई घायल पा¥यो । दुर्योधनले पनि पच्चिस तीखावाण प्रहार गरी घायल बनाए । घाउ लागेर घटोत्कच झन् क्रोधित भई शक्ति प्रहार ग¥यो । यो देखेर वंगनृपले हात्ति अगाडी बढाई दिए र शक्ति हात्तिमा लाग्न गयो र हात्ती शिर फुटेर म¥यो । फेरी पाँच शरले दुर्योधनलाई घायल बनायो ।

दुर्योधनको यस्तो अवस्था देखेर पितामहले दुर्योधनको सुरक्षाका लागि धेरै सेना र योद्धा पठाए । ती सवै सेना तथा योद्धाले घटोत्कचलाई मार्ने ईरादा लिई एकै पल्ट प्रहार गर्न लागे । घटोत्कचले पनि सबैको चोट सहदै तिखावाण छाडी सबै राजाहरुको शेखी उता¥यो । सेनाहरु मर्न लागे र बाँचेका जति भागे । घटोत्कचको सुरक्षाका लागि भीम र अरु सेनाहरु पनि आए ।

द्रोणले भीमलाई छब्बीस वाण हानेर केही वेर अचेत पारे । केही समयपछि व्यूँझिएर भीमले पनि दशवाण प्रहार गरेर द्रोणलाई रथमा ढाले । यो सबै द्रौणी र दुर्याेधनले देखिरहेका थिए । दुवै जना तत्काल भीमसँग लड्न आए । त्यही समयमा नीलराजा आए र द्रौणी तथा दुर्योधनको शेखी झारी दिए । दुवै मिलेरनील राजालाई मुर्छा पारे । त्यो देखेर घटोत्कच सहयोगका लागि आई पुग्यो । घटोत्कचले द्रौणीमाथि वाण प्रहार गरेर घायल बनायो । द्रौणी पनि रिसाएर त्यसका राक्षसी धेरै सैन्य मारी दिए ।

घटोत्कच मायावि युद्ध गर्न लाग्यो । कौरवका धेरै वीरहरुलाई मा¥यो । सेना र योद्धा डराएर शिविरमा फर्कन लागे । दुर्योधन वेगले पितामहसँग गए । दुर्योधनले घटोत्कचले मेरो बेइज्जत ग¥यो । त्यसको बेग हजुरले मेरो हित चिताएर रोकिदिनु होस् भन्यो । पितामहले पनि केही हाँस्दै राजा त जोरी मिलाएर राजासँग लड्न जानु पर्दथ्यो । तिमी त्यो पाजी राक्षससँग किन लड्न गएको । त्योसँग लड्न सैनिक लिएर भगदत्तलाई पठाई देऊ । यो सुनेर भगदत्त तत्काल सेना लिएर घटोत्कचसँग लड्न गए ।

बाटोमा नै बृकोदर सर्वाङ्गमा शर वर्षायर घाऊ पारे । रगतको धारा बग्न लाग्यो । त्यो देखेर घटोत्कच रिसाउदै आएर त्रिशुल प्रहार ग¥यो । त्रिशुलले भगदत्तको शक्ति जति सम्पूर्ण तानिदियो । भगदत्तले पनि धैर्य गरेर शक्ति प्रहार गरे । राक्षसले शक्ति विचैमा पक्रेर भाँचि टुक्रा पारेर फालिदियो । भगदत्तलाई घायल बनाई आकाशमा गयो । भगदत्तले पनि अघिल्तिर परेका धेरै शैनिकलाई मारे । रणभूमिमा अर्जुन आई युद्ध गर्न लागे । ठूलो युद्ध भयो । शक्ति, बज्र, गदा, रथी, ध्वजा, रथका टुक्रा, तोमार, फेटा, वाण, राजाहरुका सुवस्त्र , राजाहरुका कटेका शिर, मरेका हात्ती, घोडाले रणभूमि ढाक्यो । कातरहरु त्यो देखेर भाग्न लागे । दाजु भाई पिता पुत्रको युद्ध देखियो ।

सन्ध्याकाल हुदै गयो । युद्ध झन झन मच्चिदै गयो । निकै अवेला सम्म युद्ध चलिरह्यो । धेरै अबेला भएपछि विश्राम गर्न भनी सेना तथा योद्धा शिविरतर्फ लागे ।
घटोत्कचको पराक्रम देखेर सुयोधन आत्तिदै कर्ण कहाँ गए र आज त्यो राक्षसले मेरा धेरै ठूला वीरहरु मारी मेरा अवध्य वीरहरुको शेखी झारिदियो । अव म कसरी विजयी हुन्छु म चिन्ताग्रस्त छु । हे मित्र कर्ण यसको उपाय गर । मलाई तिम्रो ठूलो आशा एवं भरोसा छ । यो सुनेर कर्णले भन्यो हे राजन हजुरले व्यर्थमा चिन्ता नगर्नुहोस् । जब म युद्धमा लडुला सबै पाण्डवहरुलाई मार्ने छु ।

बरु हजुरले विनयपूर्वक बुझाईकन भीष्मलाई युद्धबाट विश्राम लिन भन्नुहोस् । कर्णको यो आश्वासन पाएर दुर्योधन त्यहाँबाट पितामहसँग गए र रुँदै हजुरले चाहेमा हजुरसँग लड्न आउने सबै मार्न सक्नुहुन्छ । तर हजुरमा पाण्डवप्रति दयाको भावना भएकाले पाण्डवहरु अहिलेसम्म बाँचिरहेका छन् । त्यसैले हजुरले विश्राम लिई मौका दिनु भए कर्णले सबै पाण्डवहरुलाई मार्नेछन् र मेरो विजय हुनेछ । दुर्योधनको यस्तो कुरा सुनेर पितामह दुखीः हुदै मलाई तिमीले सदैव यस्तो घोच्ने कुरा किन गर्दछौं ।

म सकेजति प्रयत्नपुर्वक लड्दैछु । हे दुर्योधन विराट राजाका गाई हरण गर्दा अर्जुन एक्लै थिए । चित्ररथ गन्धर्वले तिमीलाई बाँधेका समएमा कर्ण कता थिए । किन अर्जुनलाई मारेनन् । त्यसैले हे दुर्योधन अर्जुन संग साम्ने परेमा कर्ण टिक्दैनन् तिनले अर्जुनलाई कसरी मार्दछन् तिम्रो हित चिताएर पाण्डवहरुलाई भोलि म शिखण्डीबाहेक मेरा साम्ने जो पर्ने छन् सबैलाई बाँकी नराखी मार्नेछु । मेरो कुरामा विश्वास गर अहिले विश्रामका लागि शिविर जाऊ भनी दुर्योधनलाई शिक्षा तथा सान्त्वना दिए । दुर्योधन पनि चिन्ता हटाएर आफ्नाा मनोकामना पुग्ला भनी शिविर तर्फ फर्किए ।

नवौं दिनको युद्ध सरु भयो । दुवै तर्फकाले ठूला ठूला व्यूह रचना गरे । भेरी शंत्तमृदङ्ग ढोल नगरा गौश्रृङ्ग र पुष्करका साथै अन्य वाद्य शरहवादनहरु उत्साहका खातिर बज्न लागे । दुवैतर्फका सेनाहरु एक आपसमा लड्न लागे । अभिमन्युले शरहरुको वर्षा गराएर योद्धाहरु मार्न लागे । अभिमन्युको शक्ति थाम्नका लागि द्रौणी द्रोण बृहदवल रसिन्धुराज अगाडि सरे । यी चारै जनाले अभिमन्युको श्रेष्ठ धनु ध्वजा रथ भाँचिदिए ।

अभिमन्यु पनि अर्को रथमा बसेर ति चारै जनालाई मुर्छित पारी ठूलो वेगले गर्जिए । कौरवाका धेरै सेना मारी उधुम मच्चाए । एक्लै अभिमन्यु गर्जेको सुनि सात्यकि र भीम गरी चार जना त्यहाँ पुगे । ति चारैजना लाई भीष्मले बाटैमा रोके । चारै जनालाई चार शर हानेर घायल पारे । भीमले पनि रिसाएर ठूलो शक्ति प्रहारगरी घायल बनाए । भीष्म घायल भएको देखेर अलम्बुष राक्षस लड्नआई पुग्यो । त्यसले हतियार बर्षाएर अभिमन्युलाई घायल बनायो र द्रौपदीका पाँच भाइ छोराहरुलाई झम्टन पुग्यो ।

पाँच भाइले एकैपटक प्रहार गरेर अलम्बुस राक्षलाई संग्रामभूमिमा मूर्छा परे । अलम्बुसको सुरक्ष्याका लागी भीष्म आई पुगे । त्यही बेला भीष्मका अगाडी शिखण्डी गए र व्थर्थैमा वीर हुँ भनि घमण्ड गर्द छौं मलाई स्त्री भनी हेला गर्दछौं । म चाहिँ तिमीलाई तृण बराबर ठान्दछु । आज युद्धभूमिबाट भागेनौ भने तिमीलाई मारी यमराज कहाँ पठाउने छु भनी घमाण्डका कुरागर्न लागे । यो सुनेर छुच्चोलाई अर्ती र उत्तर फर्काउन बेकार छ भनि भीष्म बोल्दै नबोलि त्यहाँ बाट अनेत्र लागे त्यही बेला पितामहको शत्रु मार्छु भनि ऋष्यश्रङ्ग राक्षस शक्ति लिई लड्न आयो । त्यो देखेर सात्यकिले राक्षसलाई बिचैमा रोके र घायल बनाए ।

जुन शक्ति लिएर राक्षस आएको थियो त्यो शक्ति प्रहार गर्न नपाउदै सात्यकिले टुक्रा पारी दिए । अनेक वाणहानेर ऋष्यश्रङ्ग राक्षसलाई घायल पारे । राक्षेस सवेग युद्ध त्यागि भाग्यो । त्यही बेला भगदत्त आफ्ना शस्त्रास्त्र लिई लड्न आए । तिनका शस्त्रहरु पनि टुक्रा गराए र एक त्रिशुल प्रहार गरे । त्यसले भगदत्त मुर्छित भए । त्यो देखेर सुयोधन अनेकौं शर छाड्दै त्यहाँ पुगे । द्रोणाचार्य र राजा सुशर्मा पनि सात्यकि संग लड्न पुगे । त्यो देखेर सात्यकिको सहयोगका लागि धनञ्जय गए ।

अभिमन्युलाई बाटैमा सुदक्षिणले रोके । अभिमन्युलाई सहयोग गर्न विराट र द्रुपद आए । ति दुवैयोद्धाका अगाडी द्रौणी पुगे र दुवै लाई रोके । सहदेव र नकुल पनि त्यहीं आए । सहदेव र नकुलसँग विकर्ण र कृप लड्न लागे । भीम हात्तीहरुको वथान देखेर गदाले हात्ति मार्न लागे । दुवै तर्फकावीर योद्धाहरुले आफ्नो आफ्नो रण कौशल देखाउन लागे । दुवैतर्फका सैन्य दल प्राण बचाई भाग्न लागे । युद्धस्थल मारगतको ठूलो नदी बग्न लाग्यो । योद्धाहरु थाके । रवि अस्ताउदै पश्चिम तर्फ लागे । रात बढ्दै गयो ।आपसमा पक्ष विपक्ष चिन्ह छाडे । योद्धा र सेना तथा सेनापतिहरु विश्रामका लागि शिविरतर्फ लागे ।

युद्धको अवस्था देखेर धर्मकुमार चिन्तित हुँदै श्रीकृष्णलाई विचमा राखेर पाँचै भाई चारैतर्फ बसे र युद्ध स्थिति नराम्रो छ अब हाम्रो जित कसरी हुन्छ भनि सोध्न थाले । आजसम्मको युद्धमा भीष्मले हाम्रा वीर योद्धा र सैनिकहरु निकै मारे । मैले भाइहरु र द्रौपदीलाई कुनै सुख दिन सकिन बरु दुखः मात्र दिएं । मेरै कारणले कलह उत्पन्न भयो । म बाँच्नु व्यकार छ बरु म प्रशन्न मनले वनप्रस्थान गर्दछु । त्यसैले हे केशव यो युद्धमा हाम्रो जित कसरी हुन्छ ।

यो सुनेर श्रीकृष्णले युधिष्ठिरलाई सम्झाउँदै भन्नुभयो हे राजन जस्का वीर योद्धा भाइहरु छन् । यिनले आँटे सजिलै शत्रुहरु मार्न सक्छन् । मेरो सखा अर्जुनको म पनि हित र हजुरहरु सवैको रक्षा गर्न म पनि उपस्थित छु । भोलि पार्थले युद्धस्थलमा भीष्मलाई मारेनन् भने म स्वयम् सुदर्शन चक्रले भीष्मलाई मार्न छु । यसमा चिन्ता नलिनुहोस भनि सम्झाए र सबैको सल्लाहमा आफ्नो मृत्यु हुने सजिलो उपाए साध्न भीष्मसँग जाने सल्लाह गरे र श्रीकृष्ण तथा पाँच पाण्डवहरु भीष्को शिविरमा गए ।

सबै पाण्डवले आफ्ना पितामह बाजेका चरण स्पर्श गरे र भीष्मले पनि खुसी साथ प्रेम पुर्वक स्वगत गरे । श्रीकृष्णलाई स्वगत गर्दै मलाई दर्शन दिई मेरो कल्याण तथा उद्धार गर्नु भयो । हे माधव अच्युत भनि प्रार्थना गरे । मेरो सदैव रक्षा गर्नु होस हे प्रभो साह््रै खुसि भए । हे युधिष्ठिर तिमीहरु यहाँ आयौ युद्ध बाहेक जे ईच्छा छ वर माग म तिम्रो मनोकामना पुर्ण गरुला भने । पितामहको यस्तो वचन सुनेर युधिष्ठिरले खुसि हुदै भने हजुर जवसम्म युद्धमा लड्नुछ हजुरका हातमा शस्त्र रहनेछ तव सम्महाम्रे जित हुन सक्दैन ।

त्यसैले हाम्रो जितहुने उपाए बताइदिनुस् । आफ्नो मृत्यु हुने उपाए बताई दिनुहोस् । हजुरको ईच्छा मृत्यु मात्र हुन सक्दछ । त्यही सोध्न आएका हौं भनि युभिष्ठिरले विन्ति गरे । यो सुनेर पितामह भन्नु हुन्छ हे युधिष्ठिर तिमीले भनेका सवै कुरा सत्य हुन । जव सम्म मेरा हातमा शस्त्र रहने छ तव सम्म रणभूमिमा मेरो अगाडी जो आउछ उ संसार तरी जानेछ । युद्धभूमिमा मेरो अगाडि स्त्री वा नपुंसक आए मैले शस्त्र परित्याग गर्नेछु ।

त्यही समयमा अर्जुनले पछाडी बाट तिखा अनेकौं शर (वाण) ताकी ताकी हानेमा मेरो मृत्यु हुने छ भनी आफ्नो मृत्युको रहस्य सिकाई दिए । तिम्रा रक्षक स्वयम् सर्वज्ञ योगेश्वर श्रीकृष्ण छन भने मैले यसो गर भनि सिकाउनु पर्दैन भनि भने । अरु अनेक शिक्षा लिई श्रीकृष्ण तथा पाण्डवहरु आफ्ना शिविरमा फर्किए ।