धमाधम कार्यकर्ता प्रशिक्षण :‘कम्युनिष्ट आन्दोलन खेर फाल्न नहुनेमा जोड’

शिवु खनाल

देउखुरी, २१ पुस ।प्रचण्ड माधव नेतृत्वको नेपाल कम्युनिष्ट ९नेकपा० ले देशैभरी पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेको छ । नेता कार्यकर्तालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै केन्द्रिय स्तरका नेताहरुको सहभागिता गराएर कार्यकर्तालाई प्रशिक्षण गरिहेको हो ।

दाङ देउखुरीका धेरैजसो स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छेन । जसअनुसार देउखुरीका चारवटै पालिकामा प्रशिक्षण तथा कार्यकर्ता भेटघाट सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ जिल्ला सदस्य मिना गुरुङले जानकारी दिनुभयो । उहाँले देउखुरी क्षेत्रमा आफुहरुको पक्षमा उत्साहजनक कार्यकर्ताको सहभागिता रहेको र जनताले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई मन नपराएको समेत बताउनुभएको छ ।

दाङका १० वटै पालिकामा प्रशिक्षण तथा भेला सम्पन्न गरेको प्रचण्ड माधवकुमार नेतृत्वको नेकपाले २१ गते देखी दाङका वडामा केन्द्रित हुने जिल्ला सचिवालय सदस्य सुरामणी बेल्वासेले जानकारी दिनुभयो ।

यसैविच सोमबार दाङका तीनवटा स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण तथा भेला सम्पन्न भएका छन । लमही नगरपालिका, शान्तीनगर र बंगलाचुली गाउँपालिका आइतबार प्रशिक्षण भएका हुन् । लमहीमा भएको कार्यक्रमलाई शम्बोधन गर्दै केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर लोक हसाएको बताउनुभयो ।

जनताले पाँच बर्षको म्यान्डेड दिएर पठाएका साँसदलाई प्रधानमन्त्रीले संसद भङग गरेर जनता माथी नै प्रहार गरेको उहाँको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिीनी प्रदेशका मुख्य मन्त्री प्रर्ति कडा रुपमा प्रस्तुत हुनु भएका केन्द्रिय सदस्य चौधरीले सत्ताको लोभ देखाएर कार्यकर्ता तान्ने प्रयास गरेको उहाँको भनाइ थियो ।

उहाँले नेता कार्यकर्ताहरुलाई नेपालको कम्युनिष्ट आन्द्योलनलाई जोगाइ राख्न आवश्यक रहेको पनि बताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मल आचार्यले वार्टी नफुटेको भन्दै प्रधानमन्त्री लगायतका केही नेताहरु पार्टी जोडेर गएको बताउनुभयो । आधिकारी बहुमतको पार्टी हामी हो, उहाँहरु छोडेर जानु भएको छ , उहाँले भन्नुभयो ।

यस्तै केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका साँसद इन्द्रजित थारुले प्रधानमन्त्रीले जनताका बैरीसंग साँटघाँट गरेर जनतालाई नै धोका दिएको बताउनुभयो । उहाँले ठूलो बलिदानबाट प्राप्त उपलव्धी र कम्युनिष्ट आन्दोलनलाई खेर फाल्न दिन नहुने तर्क गर्नुभयो ।

केन्द्रिय सदस्य तथा लुम्बिीनी प्रदेश साँसद दामा शर्माले पार्टी एकता र जनजीवीका विषयलाई भुलेर प्रधानमन्त्रीले आफ्नो एकाधिकार लादेका आरोप लगाउनुभयो । यस्तै अर्का केन्द्रिय सदस्य नारायणी शर्माले कार्यकर्ताहरुलाई एकजुट भएर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्धमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला सदस्य लमही नगर इन्चार्ज नविन कुवंरु, जिल्ल सदस्य मनिा गूरुङ, पवन शर्मा रिजाल लगायतले शम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर सचिवालय शशीराम नेपालीले गर्नुभएको थियो । कार्यक्रममा लमही नगर क्षेत्रका एक सय ५० भन्दा बढी नेता कार्यकर्ताको सहभासगिता रहेको लमही नगर सचिव बसन्त् शर्मा विक्रान्त्ले जानकारी दिनुभयो ।