दाङ, २१ पुस । पत्रकार तथा कथाकार दिपक जिएमले आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् ।
घोराही उपमहानगरपालिका–१४ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई जन्मदिनको अवसरमा विभिन्न सहयोग सामाग्री सहयोग गरेका हुन ।
बाल मन्दिर विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिमबहादुर बुढाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यले राजमार्ग अनलाईनका प्रवन्धक तथा सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सहसम्पादक समेत रहेका जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थिलाई सहयोग गरेका हुन । उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागी ६ थान सिरक, १३ थान ट्राउजर, ५ सय पिस मास्क र २४ थान फ्रुटी सहयोग गरेका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले सामाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनिय काम भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले विगत तिन वर्षदेखि आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।