स्कुले विद्यार्थीलाई पोशाक….

  •   
  •  

दाङ,१८ पुस । नेकपा केन्द्रीय सदस्य शान्ता चौधरीले स्कुले बालबालिकालाई पोशाक वितरण गरेकी छिन् । घोराही उपमहानगरपालिका १९ को जनता प्रावि काउलीचौरमा अध्ययनरत्त ७१ बालबालिकालाई सनिवार पोशाक वितरण गरेकी हुन ।

विभिन्न दातृ निकायको सहयोगमा उनले बालबालिकालाई पोशाक वितरण गरेकी हुन । पोशाक वितरण कार्यक्रमलाई संवोधन गर्दै नेतृ चौधरीले सवै क्षेत्रको विकासमा वर्तमान सरकारले ध्यान दिएको वताइन । ‘ सवै क्षेत्रको विकासमा सरकारले ध्यान दिएको छ’ उनले भनिन‘ विगतको तुलनामा धेरै विकास भएको छ ।’

उनले पछाडी पारेको क्षेत्रको विकाको लागि आफुहरुसधै तयार रहेको समेत वताइन । ‘यहाँको बालबालिकाको भविश्यको लागि हामीले विगतदेखि नै सहयोग पुराउँदै आएका छौ’ उनले भनिन ‘ यो पटक पनि सानो उपहार लिएको छु ।’ उनले आउदो दिनमा विद्यालयको उन्नयको लागि आफुनो सहयोग जारी रहने समेत प्रतिवद्धता गरिन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १९ का वडाध्यक्ष हर्कबहादुर घर्तीले शिक्षा क्षेत्रको विकासको लागि वडाले योजना बनाएर काम गरिरहेको वताए । ‘शिक्षासँगै अन्य क्षेत्रको विकासको काम भैराखेको छ’ उनले भने ‘ वडालाई नमुना बनाउने अभियानमा हामी छौ ।’ उनले प्रत्येक वस्तीमा सडक, बत्ती र अन्य पुर्वाधारको काम भैराखेको समेत वताए ।

‘तपाईहरुको माग अनुसार वडाले काम गरिराखेको छ’ उनले भने ‘ यसमा सवै क्षेत्रको सहयोग र सहकार्य आवश्यक छ ।’ विद्यालय व्यवस्थापन समितिका सदस्य टंखबहादुर रोकाको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा नेकपाका नेता गिरबहादुर कवर लगायतले मनतव्य राखेका थिए ।