व्यवसायीका ‘ऊर्जा’ जोशी

  •   
  •  

दाङ,१९ पुस । निजी क्षेत्रको छाता संस्था दाङ उद्योग वाणिज्य संघले नेतृत्व चयन गर्दै छ । पुस २० गतेको लागि तय भएको चुनावमा नेतृत्वको लागि दुई जना चुनावी मैदानमा छन् । चुनावी परिणाम आप्mनो पक्षमा आउने दुवै उम्मेद्वार विश्वस्त छन् ।

नेतृत्वको लागि वर्तमान वाणिज्य उपाध्यक्ष टंकसिह बुढाथोकी र उद्योग उपाध्यक्ष बशन्त जोशी चुनावी मैदानमा छन् । दुवै उम्मेद्वार व्यवसयी क्षेत्रमा काविल छन् । बुढाथोकीले संयुक्त व्यवासीको रुपमा आफूलाई चुनावी मैदानमा उभ्याएका छन् भने जोशी स्वतन्त्र उम्मेद्वारको रुपमा आफूलाई राखेका छन् । उवासंघमा ४ हजार ३ सय ३६ मतदाता छन् ।

व्यवसायीहरुको हकहित र सुरक्षाका लागि लामो समय काम गरेका बसन्त जोशी संघको नयाँ नेतृत्वका लागि व्यवसायीहरुले आपूmलाई विजयी गराउने विश्वस्त छन् । दुई कार्यकाल उद्योग वाणिज्य संघमा काम गरेको र अहिले पनि उद्योग वाणिज्य संघमा वरिष्ठताका क्रममा पहिलो नम्बरमा भएकाले स्वतः अध्यक्षको दाबेदार थिए । तर सहमतिको नाममा मलाई नेतृत्व गर्ने अवसरबाट वञ्चित गर्ने काम गरेकाले अध्यक्षमा उम्मेद्वारी दिन वाध्य भएको उनी बताउँछन् ।

‘लामो समय उद्योगी व्यवसायीहरुको पक्षमा काम गरेको अनुभव र सिनियरताको हिसाबले अध्यक्षको दाबेदारमा मेरै नाम थियो’–जोशीले भने–‘तर सहमतिको नाममा नेताहरुबाट मलाई वञ्चित गर्ने काम भएपछि म अघि बढेको हुँ ।’ उनले व्यवसायीहरुको इच्छा र चाहनाले गर्दा नै आपूm निर्वाचनमा उठ्नुपरेको बताए ।

‘उद्योग वाणिज्य संघमै दुई कार्यकालदेखि काम गर्दै आएको र संकटको समयमा पनि व्यवसायीकको पक्षमा कामले धेरै व्यवसायीहरुले मलाई अध्यक्षका रुपमा देख्न चाहनुभएको थियो । तर परिस्थिति अनुकूल हुनसकेन’–जोशीले भने– ‘जसले गर्दा फरक तरिकाले निर्वाचनमा जानुपरेको छ ।’ उनले सहमतिको नाममा व्यवसायीहरुलाई नेतृत्व छान्ने अधिकारबाट वञ्चित गर्न नहुने समेत बताए । उनले व्यवसायीहरुको नेतृत्व व्यवसायीहरुबाटै छानिनुपर्ने बताउँछन् ।

कोरोनाले संकटग्रस्त व्यवसाय बनेको बेलामा पनि आपूmले व्यवसायीहरुको पक्षमा काम गरेको, व्यवसायीहरुका लागि घोराहीमै आय कर, नयाँ फर्म दर्ता शिविर भनेर निरन्तर रुपमा आवाज उठाउँदै आएको, उद्योगी व्यवसायीका लागि कर शिक्षालगायतका तालिमहरु सञ्चालनका लागि पहल गर्दै आएको समेत बताए । ‘व्यवसायीहरुको पक्षमा निरन्तर काम गर्दै आएको छु, तसर्थ पनि व्यवसायीको साथ मलाई रहेको छ’–उनले भने–‘जुन साथ र सहयोग अहिले मतदाताहरुको घरदैलोमा पनि पाइरहेको छु ।’

व्यवसायीहरुको नेतृत्व दाबी गर्दै आएका जोशीले व्यवसायीहरुको सुविधाका लागि घोराहीमै आय कर र नयाँ व्यवसाय दर्ता, नेपालगञ्जमा रहेको नापतौल विभागको शाखा कार्यालय दाङमा स्थापना गर्नका लागि पहल गर्ने, व्यावसायिक हकहितका लागि कर शिक्षा तालिम सञ्चालन गर्नेलगायतका व्यावसायिक प्रबद्र्धनका पक्षमा काम गर्ने बताए ।

यसैगरी दाङको आर्थिक बृद्धिका लागि औद्योगिक क्षेत्र घोषणाका लागि पहल गर्ने र लगानीको वातावरण बनाउने, दाङको पर्यटन प्रबद्र्धनका लागि जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल धारापानीमा प्रवेशद्वार निर्माण गर्ने, जिल्लाको पर्यटन क्षेत्रलाई बाहिरी जिल्लासँग जोड्ने काम गर्ने, लुम्बिनी प्रदेशको देउखुरीमा स्थापना हुन थालेका केही मन्त्रालयहरु दाङ उपत्यकामा पनि ल्याउनुपर्छ भनेर पहल गर्ने समेत बताए ।

सानो पुँजीबाट फोटोग्राफरको क्षेत्रमा प्रवेश गरेका जोशी अहिले जिल्लाकै उत्कृष्ट व्यवसायीका रुपमा रहेका छन् । दाङ जिल्ला उद्योग वाणिज्यको उद्योग उपाध्यक्षका रुपमा रहेका जोशीले यस अघि उद्योग सदस्य, प्रजातान्त्रिक उद्यमी संघको कार्यसमिति सदस्य, नेपाल फोटोग्राफर महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्षका रुपमा क्रियाशील छन् । नेपाली कांग्रेसको नगर कार्यसमिति सदस्य, दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको दुई कार्याकाल अध्यक्षका रुपमा काम गरेको अनुभव समेत रहेको छ ।