सिर्जनशील कृषि समूहको प्रथम साधारणसभा, ३ लाख भन्दा बढी आम्दानी

  •   
  •  

दिप्तीशिखा चौधरी,

दंगीशरण, १८ पुस । दंगीशरण गाउँपालिका–२ सिमलकुनामा रहेको सिर्जनसिल युवा कृषि समुहले बार्षिक ३ लाख ३३ हजार ८ सय १० रुपैया आम्दानी गरेको छ । समुहको शनिवार सम्पन्न प्रथम बार्षीक साधारण सभामा कोषाध्यक्ष विमला विकले प्रस्तुत गरेको प्रगती प्रतिवेदन २०७७÷०७८ मा समूहले तरकारी खेतीबाट ३ भन्दा बढीको आम्दानी गरेको जनाएको हो ।

समुहको प्रथम साधारण सभामा लुम्बीनी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथी धमकली चौधरीले सरकारले सुकुम्बासी तथा ५ कट्ठा सम्म जमीन भएकाहरुलाई अनुदान दिनुपर्ने बताए । उनले यो एक युवामैत्री कार्यक्रम भएकाले पनि सरकारको तर्फबाट पाएको अनुदानलाई सहि सदुपयोग गर्न आवश्यक रहेको बताएकी थिइन ।

कार्यक्रममा राजाकोट सामुदायीक वनका अध्यक्ष एंव नेकपा युवा नेता एम।एन शाहले कृषि पेशालाई कसरी आधुनीकिकरण गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताए । सरकारले लक्षित वर्गहरुका लागि ल्याएको यो कार्यक्रम उपलब्धिमूलक रहेको बताइन । ‘सरकारले बेरोजगार युवाहरुका लागि अनुदान तथा प्याकेज दिने लगाएतका कार्यक्रम गर्दै आएकोले सिर्जनसिल युवा कृषक समूहले यस्तो अवसर पाएको हो’ उनले भनिन् ।

कार्यक्रममा महिला अधिकारकर्मी विष्णु गौतम, नेकपा गाउँपालिका कार्यालय सदस्य डम्बर खत्री, कृषि प्राविधिक लोकमणि चौधरीलगायतले मन्तव्य व्यक्त गरेृका थिए । कार्यक्रममा सहयोग गरेको भन्दै जग्गाधनी हुकुमजंग शाह , समाजसेवी जितेन्द्र खड्कालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । समुहका सदस्य बालकुमार खत्रीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव रेनुका विकले गरेकी थिइन ।

एक बर्षमा कृषि समूहको यो राम्रो आम्दानी भएको अध्यक्ष सि.एम.विश्वकर्माले जानकारी दिए । बजारको मुल्य भन्दा कम मुल्यमा तरकारी बिक्री वितरण गरेर पनि यतीको आम्दानी गर्न सफल भएको समुहका अध्यक्ष विश्वकर्माले बताए । सिर्जनसिल कृषि समुहले राष्ट्रिय युवापरिषद र दंगीशरण गाउँपालिकाबाट युवाहरुलाई दिदै आएको एक वडा एक उद्मम कार्यक्रम अन्र्तगतको पाचँ लाखको सहयोगमा तरकारी खेती सुरु गरेको हो । कृषि समुहमा अहिले ११ जना सदस्यहरु रहेका छन् । समुहले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छ ।