विनोद पोख्रेल
२०७७ जेठ ९ गते
मैले केही काम गर्दैन । सामान्य परिस्थितिमा पनि विहान प्रायः मन्द्यिरमा जाने केही बेर त्यहीँ व्याँलिने गरर नै बित्थ्यो । दिउँसो सामान्य तथा घोराही स्वर्गद्वारी एफएम गरेर बित्थ्यो ।
साँझको समय यही सडकमै यताउता गरेर बित्थ्यो । अहिले फरक भनेको मन्दिरसम्म पनि जान पाएको छैन वा सकेको छैन । त्यस्तै दिउँसो बजार नगएको त आज कम्तिमा पनि ६० दिन पुग्यो । त्यो भन्दा पहिले १० गते गएको थिएँ कि थिएन बिर्सेँ । काम त केही हुँदैनथ्यो । त्यतिबेला पनि कहिलेकाहीँ दिन बिताउन समस्या भएको मशुस हुन्थ्यो तर पनि बित्थ्यो । यो परिवेशमा अलिकति मात्रै फरक आएको हो ।
त्यसमा समय बिताउनु छ भने सोच बनाएर कहिलेकाहीँ सानातिना काममा सहभागी हुन्छु । लमहीबाट सबै कटाउन मद्दत गर्छन् । तर पनि मिनट–मिनटको समस्या भएको जस्तो लाग्छ अनि किन यति धेरै फरक छ त भन्ने तुलना गर्न मन लाग्छ । त्यतिबेला पहिलो स्थान मानसिक स्थितिले पाउँछ जस्तो लाग्छ । नातिहरुको कक्षा १० को जाँ भएन ।
उनीहरुको ब्रतबन्ध गर्ने योजना थियो त्यो पनि भएन । साथीहरुसँग सामान्य भेटघाट समेत हुन सकेको छैन । गफ गर्ने भनेको फोनमा हो । त्यो चाहेजति हुँदैन । उनै मानिस उनै कुरा सायद एउटा अंग्रेजीमा शब्द छ (ःयलयतयलयगक) यस्तै स्थितिलाई भनिएको हो कि । फेरि यो स्थिति आज ६० दिन पुग्दा झन डर लाग्दो देखिएको छ ।
सुधारकहिले आउने हो ? केही थाहा छैन । कसैले अन्दाजसम्म पनि गर्न सकिरहेको छैन । नेपालको नयाँ नक्सा वाहेक यहाँ जम्मै यही परिवेशको वर्णन बाहेक सञ्चार माध्यममा अरु केही छैन । सुन्दा पनि दिक्क लाग्ने भइसक्यो । अर्को पक्ष यो बन्दी अवस्था हो । तर बन्दी बनाउने तत्व वा कारण न त देखिन्छ न त सजिलो थाहा पाउने गरी केही प्रतिक्रिया नै दिन्छ ।
त्यसको विरोध सायद सम्भव छैन । बरु यो शैलीले व्यक्ति–व्यक्तिप्रति अविश्वास जगाएको जस्तो लाग्छ । समाधान केही नभए जसरी यसको चित्रण गरिन्छ । समाधान नै नहुने समस्या हुँदैन भन्ने मेरो विश्वास छ । तर मैले पनि समाधान दिन सकेको छैन । यो पनि अविश्वासकै कारणले हो । एण्टीभाइरसको रुपमा प्रयोग गरिने हाम्रो वरिपरि धेरै वनस्पति छन् ।
असुरो, हलेदो वा बेसारजस्ता केही त हामी साना हुँदाबाट समेत प्रयोग गरिन्थ्यो नै । केही खानपिन र केही जीवनशैलीमा परिवतृन गर्नु पदथ्र्यो । अब त्यतिले होला जस्तो पनि लाग्दैन । त्यतिमा विश्वास गर्न र दिलाउन पनि सकिँदैन । केही निश्चित समयको लागि भए यो रमाइलोमै बित्थ्यो होला । समयको अनिश्चितताले पनि हामीलाई पीडा दिएको हो जस्तो लाग्छ ।
यस्तोमा सायद सबै समस्यामा छन् । तर समय कटाउन श्रीमती, छोरा, बुहारी, नातिनातिनीहरुले सकेसम्म मलाई साथ दिए हुन्थ्यो जस्तो लाग्छ । यहाँ मानसिकताले काम गर्छ । मेरो नजिक कोही आउँदैनन् । काममा व्यस्त हुने प्रयास पनि होला ।
मोवाइल आदिमा ब्याँलिने बाँकीले पनि होला । म नै अलि रुखो भएर पनि हुनसक्छ । पूरै त भन्न सक्दैन । यस्तोमा पनि अलि धेरै समय दिने त श्रीमती नै भएकी छन् । नातिनातिनीहरुको मोवाइल मोहदेखि डर पनि लाग्छ तर उनीहरुको समय पनि त कट्न प¥यो । मानिस कति कमजोर स्थितिमा छ । अनपेक्षित र नचाहेको जीवन बाँच्न विवश छ ।
२०७७ जेठ १० गते
संवेदनशील क्षेत्रमा हुने हो भने जो पनि चलमलाउने रहेछ । भारतीय सञ्चार माध्यमहरुले नेपाल धेरै महत्वपूर्ण समाचारहरु यहाँसम्म कि यहाँका प्रधानमन्त्री वा मन्त्रीहरुको औपचारिक भ्रमणलाई समेत त्यति स्थान दिएको पाइँदैन । यो व्यवहार नेपालसँग मात्रै होइन भारतले आफ्ना छिमेकी साना देशहरु श्रीलंका, मालदिप्स, बंगलादेश आदिसँग पनि यस्तै व्यवहार गर्छ ।
तर कोरोनाले शतप्रतिशत समाचार ओगटेको बेलामा पनि नेपालले प्रकाशित गरेको नक्सामा ऊ संवेदनशील देखिएको छ । खास गरेर लिपुलेक, लिम्पियाधुरा, कालापानी आदि त्यस क्षेत्रको केही जमिनलाई विवादमा ल्याएर अथवा आफ्नो दाबी गरेर र त्यहाँ सडक समेत बनाएकोमा नेपालको विरोध देखिएपछि उसको चासो देखिएको हो । मैले व्यक्तिगत रुपमा भन्नुपर्दा नेपालको जमिन कहाँसम्म हो मलाई थाहा छैन ।
तर सबै नेपालीसँग म पनि हुनुपर्छ र सबै नेपालले गलत दाबी गरेकी भए पनि मैले त्यसको मसर्थन गर्नु पर्छ भन्ने मलाई थाहा छ । राष्ट्रवादको एउटा व्यावहारिक पक्ष हो, यो । त्यसकारण यो विवादभन्दा बढी महत्व मैले भारतीय सञ्चार माध्यमहरुले यो विषय र नेपाललाई सकारात्मक रुपले नभए पनि सम्झेको र आफ्नो सञ्चारबाट प्रसार गरिने प्रमुख समाचारमा यसलाई स्थान दिएकोमा राम्रै लागेको छ । यस कदमले भारतलाई केही सोच्न वाध्य बनाएको छ ।
मेरो महत्वकांक्षा भनेको यत्तिकैमा अरु विषयजस्तो यो विषय सामसुम पारिनु हुँदैन । यसको स्थायी हल खोजिनु पर्छ । त्यति मात्रै होइन यो क्षेत्रमा धेरै वा सबै लिएर सन्धि गरेर अन्य स्थानमा भारतले अतिक्रमण गरेको क्षेत्रहरुलाई स्वीकृति दिने स्थिति आउनु हुँदैन । सीमाको किचलो लिपुलेकमा मात्र सीमित हुनु हुँदैन । यो विषयलाई सकेसम्म दुई पक्षीय, त्रिपक्षीय वार्ताबाट समाधान गर्न सक्नुपर्छ ।
यदि सकिँदैन भने यसलाई अन्तर्राष्ट्रिय मञ्चमा अथवा परेमा अन्तर्राष्ट्रिय अदालतमा समेत पु¥याएर भए पनि स्थायी समाधान खोज्नै पर्छ । यसै प्रशंगमा लेख्दा वर्तमान भारतीय गृहमन्त्री अमित शाहले जम्मुकस्मिरलाई भारतीय संविधान अन्तर्गत पूर्ण रुपमा लिएपछि भारतीय संसदमा नेपाललगायतका केही देश पनि मेरो दिमागमा छन् समेत भनेका थिए ।
त्यसकारण यस्ता गतिविधिहरु जानीजानी समस्या बल्झाउन गरिएको समेत हुनसक्छ । त्यसकारण यो समस्याको पूर्ण र दीर्घ समाधान खोज्न अलि बढी सतर्कता, अलि बढी राष्ट्रियता र अलि बलियो इच्छाशक्तिको आवश्यकता छ । त्यसका लागि सम्वाद, कूटनीति, प्रमाणहरु सबै आफ्नो पक्षमा पार्ने तयारी हुनु जरुरी छ । सानो कुरा पाउन ठूलो माग राख्नुपर्ने हो भने ग्रेटर नेपालको नारालाई उठाउन परे पनि त्यसका लागि समेत तयार गर्नु पर्छ ।
विवाद र सहमतिपछि केही छोडेर धेरै लिन सकिन्छ भने पनि समय र परिवेश अनुसार त्यसको लागि समेत तयार हुनु जरुरी छ । बितेका समयमा भएका धेरै कुराहरु कुन्नि कसरी हो सामसुम हुने गरेकोले यसमा पनि नेपालले फाइदा उठाउन सक्ला भन्ने कुरामा मलाई त्यति विश्वास त छैन । त्यस वाहेक दायाँसँग रिसाउँदा वायाँसँग मिल्ने, वायाँसँग रिसाउँदा दायँसँग मिल्ने मिल्ने चरित्रले कसैको विश्वास जित्न सकिँदैन । अवसरवादीहरु जहिले पनि प्रयोग हुने मात्र हुन् । यस्तो चरित्रको फाइदा अरुले नै उठाउने गर्छन् ।