दाङ,१८ पुस । नेपाली कांग्रेस क्षेत्र नं. २ र घोराही नगर समितिले दाङ उद्योग बाणिज्य संघको निर्वाचनमा आधिकारीक उम्मेदवारलाई मतदान गर्न आहवान गरेका छन ।
क्षेत्रीय समिति र नगर समितिले उद्योग बाणिज्य संघमा साझा उम्मेदवारका रुपमा रहेका आधिकारीक उम्मेदवार टंकसिह बुढाथोकी र कोषाध्यक्षका उम्मेद्वार सुशील पोख्रेललार्इ मतदान गर्न आहवान गरेका हुन । क्षेत्र नं. २ का सभापती भुपबहादुर डाँगी, क्षेत्र नं. २ (ख) का सभापती कमल गौतम र नगर सभापती मनोजकुमार बुढाथोकीले संयुक्त रुपमा बिज्ञपति जारी गर्दै यस्तो अपिल गरेका हुन ।
उनीहरुले बुढाथोकी र पोख्रेल नै आधिकारिक उम्मेद्वार भएको भन्दै भ्रममा नपर्न पनि आग्रह गरेका छन । बुढाथोकी र पोख्रेल बाहेकका अन्य उम्मेद्वार कांग्रेसका आधिकारिक नभएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबिच नेकपाको उद्योग बिभागले पनि बुढाथोकी र पोख्रेल साझा उम्मेद्वार रहेको भन्दै उनीहरुलाइ मतदान गर्न आहवान गरेको छ ।
नेकपा उद्योग बिभाग प्रमुख गेहेन्द्र बस्नेत र उपप्रमुख यज्ञ केसीले बिज्ञप्ति जारी गर्दै सहमतिय आधारमा बुढाथोकी अध्यक्ष पदका उम्मेदवार चुनिएको र पोख्रेल कोषाध्यक्ष पदका साझा उम्मेद्वार चयन भएको उल्लेख गरेका छन । साथै उनीहरुले सहमतिय आधारमा चुनिएका उम्मेदवारलाइ मतदान गरि बिजयी बनाउन पनि नेकपाको उद्योग बिभागले अपिल गरेको छ ।