आधिकारीक उम्मेदवारलाई भोट गर्न कांग्रेसको आग्रह

दाङ,१७ पुस । नेपाली कांग्रेस दाङले आसन्न दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलार्इ मतदान गर्न आहवान गरेको छ ।

अध्यक्षका उम्मेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्षका उम्मेद्वार सुशील पोख्रेल आफ्ना आधिकारिक उम्मेद्वार भएको कांग्रेसले प्रष्ट पारेको छ । कांग्रेस दाङका सभापति किर्तीबहादुर खडकाले बिज्ञपति जारी गर्दै अध्यक्ष पदका उम्मेद्वार बुढाथोकी र कोषाध्यक्षका उम्मेद्वार पोख्रेललाई मतदान गर्न आहवान गरेका हुन ।

साथै कांग्रेसले अध्यक्षका उम्मेद्वार बुढाथोकी र कोषाध्यक्षका उम्मेदवार पोख्रेल नै आधिकारिक उम्मेद्वार रहेकाले अन्य उम्मेदवारको पक्षमा नलाग्न पनि ब्यबसायी हरुलार्इ आग्रह गरेको छ । ‘प्रजातान्त्रिक उद्यमी संघलगायत अन्य बिभिन्न ब्यबसायिक संगठनबाट चुनिएका साझा उम्मेद्वार नै आधिकारिक उम्मेद्वार हुनुहुन्छ, उहाँहरुलाइ मतदान गरिदिनु हुन सबै ब्यबसायी साथीहरुलार्इ अनुरोध छ’ बिज्ञप्तिमा उल्लेख छ ।

चुनाबी मैदानमा उत्रिएका अन्य उम्मेदवारहरुको पक्षमा कोहि पनि नलाग्नु हुन सबै ब्यबसायी हरुलाइ अनुरोध छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि पुस २० गते निर्वाचन हुँदैछ ।