शिवराज खनाल
देउखुरी,१७ पुस । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका– २ इकाइ समितिले वडा नं.२ अन्तरगतका टोलहरुमा टोल समिति गठन गर्ने भएको छ ।
शुक्रबार बसेको इकाइ समितिको बैठकले पुस २२ गतेदेखि माघ १८ गते सम्म समिति गठन गर्ने निर्णय गरेको छ । २२ गते पलासे र बालापुर , २३ गते बलामपुर र निमुरिया ,२४ गते सुर्केडाँगी , २५ गते बुका ,२६ रामपुर बजार र साइपुर ,२७ कालिमाटी , माघ ५ गते रामपुर टोल र भुनेडाडा,६ गते लामिडाडा, ७ गते मोतिपुर, ८ गते ठाटीखोला,१२ गते चाक्लिघाट, र माघ १८ गते रामपुर बजारमा समापन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस घोराही–२ का इकाई सभापति रेवतीप्रसाद घिमिरे सभापति, नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख आथित्यतामा र
नेपाली कांग्रेस दाङ जिल्ला सदस्य गोबिन्द रेग्मी कार्यक्रम बारे प्रकाश पारेको कार्यक्रमको सहजीकरण इकाई समिति सदस्य रामप्रसाद चौधरी ले गरेका थिए ।