शिवु खनाल
देउखुरी, १७ पुस । राप्ती गाउँपालिका– ३ बसन्तपुरमा प्रशिक्षण कार्यक्रम भेला कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भेला शुक्रबार सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य, मेटमणी चौधरीले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैको पर्खाइमा नबस्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य चौधरीले पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खोज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताए ।‘संकटको घडीमा सामना गर्नुपर्ने समय आएको छ । प्रधानमन्त्री केपी वलिले कुठाराघात गर्ने काम गरेको छन् । यस विरूद्वमा एकजुट भएर लाग्न अनुरोध गर्दछु ’ उनले भने ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटी अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा केन्द्रीय इन्द्रजित चौधरी, प्रदेश सचिवालय सदस्य लिला शर्मा, प्रदेश सचिवालय सदस्य क्षेत्र नम्बर १ इञ्चार्ज लुमाकान्त न्पौपाने केन्द्रीय सदस्य दामा शर्मा,नारायणी शर्मा, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भुवण्डव केसी, युवा तथा खेलकुद विभागका जिल्ला सदस्य बिमल जैशीलगायतले बोलेका थिए ।