अटो शहरका ‘जग’ सुशील

  •   
  •  

कार्यालयमा कार्यरत कर्मचारीहरुले चार महिनाको तलब नखाएका बेला सुशीलले दाङ उद्योग वणिज्य संघको कोषाध्यक्षको गहन जिम्मेदवारीका साथ ईन्ट्री मारे ।

संघको आर्थिक ब्यवस्थाको जिम्मेवारी बोकेर उद्योग वाणिज्य संघमा प्रवेश गरे देखिनै उनलाई चुनौती थियो ‘कसरी संघको आर्थिक स्तर बृद्धि गर्ने ?’ तर यो चुनौतीलाई सहजै पार गरेका सुशीलले संघको कोषमा ७० लाख रुपैयाँ बजेट ‘फिक्स डिपोजिट’ गर्नमा अहम भुमिका निर्वाह गरे ।

‘चार महिना देखि कर्मचारीले तलब नखाईरहेका बेला मैले आर्थिक बिभागको जिम्मेवारी गर्नु मेरा लागि चुनौती थियो,’ सुशील भन्छन् ‘आर्थिक ब्यवस्थापनमा मैले गरेको मेहनत अन्ततः सफल भयो र म आँफू पनि सफल भएँ ।’ यनि मात्रै हैन, उनकै कार्यकालमा व्यवससायिक सुरक्षा कोष,व्यवसायिक बिमा जस्ता महत्वपूर्ण कार्यहरु उद्योग वाणिज्य संघमा भए ।

उद्योग वाणिज्य संघको कोष ब्यवस्थापनमा सफल उनै सुशील पोख्रेल पुनः उहि कोषकै जिम्मा लिने गरि चुनाबी मैदानमा उत्रिएका छन् । उनको यो दौडको प्रमुखतः कारण भनेकै संघको आर्थिक व्यवस्थापनलाई अँझ उँचो बनाउनु । ‘मैले उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा आसिन भएका बेला आर्थिक व्यवस्थापनको काम कसरी गरेँ भन्ने संघले मुल्यांकन गरेको होला’ उनले भने ‘तर मैले व्यवस्थापनको यो पाटोलाई अँझ उँचो बनाउने योजनाका साथ अहिले फेरी उहि कोषाध्यक्ष पदकै लागि चुनावी मैदानमा छु ।’ सुशील संघको कोषका कुशल व्यवस्थापक मात्रै पनि हैनन् । उनि घोराही बजारमा यत्रतत्र छरिएर रहेका अटो व्यवसायिहरुको छुट्टै बजार स्थापना गर्ने हिरो पनि हुन् ।

फलामका टुक्रा यत्रतत्र । पैदल यात्रुहरुलाई हिँड्नै सकस् । अँझ सडकमा पोखिने पेट्रोलियम पदार्थको दुर्गन्धले त सर्वसाधारणहरुलाई नाक छोपेरै हिँड्नु पर्ने बाध्यता । कुनैबेला घोराही बजार क्षेत्रमा गाडी मर्मत केन्द्र ग्यारेजहरुका कारण सर्वसाधारणहरुले व्यहोर्नु परेको यो सास्तीले आजितै बनाउँदै लगेको थियो । ग्यारेजहरुको उचित व्यवस्थापन हुन नसक्नुले लामो समय घोराही बजार कुरुप बन्दै थियो । तर यसको उचित व्यवस्थापनमा देखाईएको तदारुकताले घोराही बजार क्षेत्र कुरुप हुन बाट जोगियो ।

ग्यारेजका कारण अव्यवस्थित बन्दै गएको घोराही बजारलाई सुन्दर बनाउने अभियान २०५६ देखि सुरु भयो । तर अटो भिलेज कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छँदै थियो । तथापी अटो व्यवसायिहरु स्वयं यो अभियानमा सकृय बने । यसको नेतृत्वकर्ता मध्यका उनै सुशील थिए । ‘संस्थापक सचिव म पनि यो अभियानमा उत्तिकै सकृय बनेँ,अटोभिलेज निर्माणका लागि सार्वजनिक जग्गा कहाँ व्यवस्थापन गर्ने ? यो चुनौती हामीहरुलाई थियो,’ उनले भने ‘हालको घोराही १४ स्थित सेवार खोला झिंगौरामा रहेको पर्ति जग्गामा अटोभिलेज स्थापना गर्ने सोँच बन्यो ।’

पर्ति जग्गा प्राप्त हुन नसकेपछि अन्यत्र जग्गा कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती झनै थपियो । स्वर्गद्धारी आश्रमको जग्गा लीजमा लिएर अटो भिलेन निर्मण गर्ने बाहेक हामीहरुसंग अरु कुनै बिकल्प थिएन । ‘किनकी हामीहरुलाई जसरी पनि घोराही बजार क्षेत्रलाई कढ्दो कुरुपताबाट जोगाउनु थियो,’ उनले भने ‘आश्रम, तत्कालीन घोराही नगरपालिका र अटो व्यवसायिहरु विच झण्डै १० बिघा उक्त जग्गा लीज सम्झौता भयो ।’

३० बर्षका लागि लीजमा लिईएको उक्त जग्गामै अटो बजार स्थापना गर्ने समझौता अनुरुप अटो व्यवसायिहरुलाई बजारबाट उठाउने अभियान थालनी भयो । बजारमा व्यवसायिक जरा गाडेर बसेका सबै व्ययवसायिहरुलाई अटो भिलेजमा स्थानान्तरण गर्नु अर्को चुनौती खडा बनेर आयो । सुरुमा ८० जना अटो व्यवसायिहरु पुगेको अटोभिलेजमा अहिले १७० व्यवसायिहरु सामेल छन् । अटो भिलेजको स्थापना पछि यसको संरक्षण अपरिहार्य थियो ।

खोलाको किनारमै बसेको अटो भिलेजलाई खोलाको बाढीबाट जोगाउनु पहिलो प्राथमिकताको काम थियो । ०७१ मा यो संस्थाको अध्यक्ष निर्वाचित भएपछि सुशीलले यसको प्रमुख दायित्व संस्थागत रुपमा अँझ बढि लिनु पर्यो । अटो व्यवसायिहरुको बजार स्थापना गर्ने सुशील राप्ती अटो ईन्जिनीयरिङ एशोसिएशनका निवर्तमान अध्यक्ष हुन् भने नेपाल अटो व्यववसायि महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

घोराही टाउन अटो व्यवस्थापन समितिका संस्थापक सचिव उनि सदस्य पद सहित सुरुमा उद्योग वाणिज्य संघमा प्रवेश गरेका थिए । अहिले उनि दोस्रो कार्यकाल कोषाध्यक्षमा दोहोरिनका लागि चुनावी मैदानमा छन् ।