दाङ, १४ पुस । इटालियन मोटरसाइकल कम्पनी बेनेलीको ‘३०२ एस’ मोटरसाइकल दाङमा पहिलोपटक लञ्च भएको छ ।
बेनेलीको अधिक बलियो मोटरसाइकलको रुपमा चिनिएको यो मोटरसाइकल यसअघि दाङमा उपलब्ध थिएन । यो कम्पनीको घोराहीस्थित आधिकारिक बिक्रेता बेनेली शोरुमले लामो समयको मेहनतपछि यो मोटरसाइकल दाङमा लञ्च भएको हो ।
‘झण्डै एक बर्षसम्म हामीहरु यो मोटरसाइकल लञ्च गर्ने प्रयासमा थियौँ’, शोरुमका सञ्चालक सञ्जिव पछाईँले भने– ‘एक बर्ष लामो प्रयासले अहिले बल्ल सार्थकता पाएको छ, हामी सफल भएका छौँ ।’
बलियो इन्जिनसहित चलाउनका लागि आरामदायी मानिएको यो मोटरसाइकलको रङ अनुसार मूल्य निर्धारण छ । पछिल्लो समय ईटालिय ब्राण्डको बेनेली मोटरसाइकल युवा पुस्ताको अधिक रोजाइँ बन्दै गएको छ ।
‘लञ्च भएको ३०२ एस मोटरसाइकल पनि युवा पुस्ताको अधिक लोकप्रिय मानिएको मोटरसाइकल हो’, उनले भने– ‘जिल्लाबाट पनि यो मोटरसाइकलको अधिक माग हुँदै आएको थियो ।’ अर्का सञ्चालक सुन्दर शाहले ग्राहकहरुको सन्तुष्टिका लागि पनि आफूहरुको व्यवसाय रहेकाले नयाँ स्वरुपको मजवुत मोटरसाइकल जिल्लामा भित्र्याएको बताए ।
यसैबीच बेनेलीको नयाँ मोटरसाईकल लञ्च गर्दै ब्यवसायी नेता टंकसिंह बुढाथोकीले साना सवारीसाधन परिमार्जित भई नयाँ स्वरुपमा आउनु अधिक राम्रो काम भएको भन्दै बेनेलीको यो मोटरसाइकलले सेवाग्राहीहरुको मन जित्ने विश्वास लिए । साथै उनले सबै व्यवसायसँगै व्यवसायीहरु एक भएर व्यावसायिक हकहितका लागि जुट्नुपर्ने समेत बताए ।
‘हामी जुनसुकै व्यवसायमा लागेका हौँला, तर हामी सबैको एकता सबैभन्दा ठूलो कुरा हो’, उनले भने । यसैगरी कार्यक्रमका विशिष्ट अतिति चेम्बर अफ कमर्शका उपाध्यक्ष बलदेव योगीले पनि नयाँ मोटरसाइकल भित्र्याएकोमा बेनेली शोरुम सञ्चालक टिमलाई धन्यबाद दिए ।
कार्यक्रममा नेपाल तरुण दलका नेता बीरबहादुर खत्रीले बेनेली शोरुमलाई ग्राहकको इच्छाअनुसार नयाँ नयाँ स्वरुपका बाइकहरु भित्र्याउन सुझाव दिँदै शुभकामना ब्यक्त गरेका थिए । सञ्चालक सुन्दर शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अर्का सञ्चालक सञ्जिव पछाईँले गरेका थिए ।