दाङ,१५ पुस । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा भएको ‘प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटिएफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता–२०७७’ मा सम्पन्न भएको छ । यहि पुस ११ गतेदेखि बुधवारसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेश नं. ५ को पाल्पा जिल्लाले सवैभन्दा धेरै १५ पदक हात पारेको छ ।
पाल्पा जिल्लाले ३ स्वर्ण, २ रजत र १० काश्यसहित १५ पदक हात पारेको हो । देशभरबाट ६ सय ५३ जना खेलाडीहरु सहभागिता भएको उक्त प्रतियोगितामा काभ्रे जिल्लाले ५ स्वर्ण, ३ रजत र ४ काश्यसहित दश पदक जितेको छ ।
त्यसैगरी रोल्पा जिल्लाले १ स्वर्ण, १ रजत र ३ काश्यसहित ५ पदक, बागलुङ जिल्लाले १ स्वर्ण, २ रजत र १ काश्यसहित ४ पदक, काठमाडौ जिल्लाले २ स्वर्ण, रामेछाप जिल्लाले १ स्वर्ण, ललितपुर जिल्लाले ३ रजत, गुल्मी जिल्लाले १ रजत र पूर्वी रुकुम जिल्लाले १ काश्य पदक हात पारेको कार्यक्रम संयोजक समेत रहेका रोल्पा तेक्वान्दो आईटिएफ संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।
प्रतियोगिता नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्य र परिवर्तन गाउँपालिका रोल्पाको मुख्य प्रायोजनमा संचालन गरिएको थियो ।
रोल्पा जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाँठामगरको अध्यक्षता तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघ कार्यकारी सदस्य अन्जन धमालाको प्रमुख आतिथ्यतामा एव नेपाल तेक्वान्दोका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष प्रबिनकुमार कार्कीको विशिष्ट आतिथ्यतामा भएको रोल्पा आईटिएफ तेक्वान्दो संघकाका सचिव कृष्णप्रसाद बाठामगरले जानकरी दिएका छन् ।
स्थानीयस्तरमा खेलुकद क्षेत्रको विकाससँगै खेलाडीहरुको उत्पादन बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पुसको ११ गते परिवर्तन गाउँपालिकाको अध्यक्ष निमकान्त डाँगीले उद्घाटन गरेका थिए । रोल्पा आईटिएफ तेक्वान्दो संघले कोरोना भाइरसका कारण लामोसमयसम्म खेलकुदका गतिवधिहरु बन्दा हुदापनि अनलाईनका माध्यमबाट खेलुकदका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।