लक्ष्मण बस्नेत
तुलसीपुर,९ पुस । बिहानी युवा क्लब तुलसीपुर–१५ र आयोजक बबई युथ क्लब तुलसीपुर–१२ कचिला जेके कप खुला फुटबलको फाईनलमा भिड्ने भएका छ्न् ।
पशुपति माध्यामिक विद्यालय तुलसीपुर १२ हरिपौराको खेलमैदानमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनलमा सक्सेस फुटबल क्लब तुलसीपुरलाई सर्ट एण्ड डेथमा ५ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउदै बिहानी युवा क्लब तुलसीपुर–१५ ले फाईनल यात्रा तय गरेको हो । कडा प्रतिष्र्धात्मक खेलको निर्धारित समयसम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।
त्यस्तै बेलुवा युथ क्लब लाई शून्यका विरुद्ध १ गोल अन्तरले पराजित गर्दै आयोजक बबई युथ क्लबले बिहानी युवा क्लबसंगको फाईनल भिड्न्त पक्का गरेको हो । उल्लेख दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलको दोस्रो हाफ्को १७ औ मिनेटमा पाएको पेनाल्टी भरपुर सदुपयोग गर्दै गरेको गोल नै बबई युथका लागि निर्णायक गोल बन्यो ।
बबई युथ क्लब तुलसीपुर–१२ कचिलाको आयोजनामा जारी प्रतियोगिताको फाईनल खेल शुक्रबार मध्याह्न १२ बजे हुने प्रतियोगिताका संयोजक ओम प्रकाश चौधरीले जानकारी दिएका छ्न । स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक खेल बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता ले मेडल, प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिता मा १३ टिमको सहभागिता रहेको थियो ।