calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

मुलक समृद्धिको यात्रामाः मुख्यमन्त्री पोख्रेल

गोरक्ष समाचारदाता

दंगीशरण,५ कार्तिक । दंगीशरण गाउँपालिका ३ र ६ न. वडालाई जोड्ने पुलको निर्माण कार्यपुरा भएको छ । पुलको उद्घाटन प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार गरेका छन् । पुलको उदघाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा अघि बढेको बताए ।

मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु समृद्विको यात्रातर्फ उन्मुख हुनु हो ’ संविधान निर्माणपूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसंगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्विको बाटोमा पुगेको गतिलो उदाहरण हो’ मुख्यमन्त्री पोख्रेलले भने । उनले सात वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेशले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको दावि समेत गरे ।‘जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन’ मुख्यमन्त्री पोख्रेलले भने ‘पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रकारुपमा हेर्ने गरेतापनि वर्तमान अवस्थामा भनेँ विकास निर्माणका कार्यले गति ल्याएको छ ।’ पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य २ वषर््ाभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारकारुपमा पश्चिम दाङको विकास हुने मुख्य मन्त्री पोख्रेलले बताए ।

थारु राजा दंगीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दंगीशरणको शालिक निर्माण गर्ने तयारी भइरहेको समेत बताए । दाङ जिल्लाको दक्षिण क्षेत्रलाई मध्यनजर गर्दै दामोदर मार्गमा सडक कालोपत्र गर्ने काम प्रदेश सरकारले सुरु गरेको बताए । प्रदेश सरकारले गत वर्ष दामोदर मार्गका लागि पाँच करोड विनियोजन गरेको भन्दै यो वर्ष १० करोड बजेट बिनियोजन गरेको पोख्रेलले बताए । समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई राज्यले पुरस्कृत गर्ने कामको सुरुवात गरेको समेत मुख्यमन्त्री पोख्रेलले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको सुरुवात गरेको बताईन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले जनताहरुको पिडालाई सरकारले महशुस गरीसकेको भन्दै हरेक वर्गको जिवन स्तर माथी उठाउँन सरकार लागिपरेको बताईन् । सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको विकाश निर्माणका लागि आफु सधै तत्पर रहने भन्दै अवका दिनमा दंगीशरणलाई समृद्ध दंगीशरणको नामबाट परिचित गराउँने बताए ।

पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर चन्द्रबहादुर शाहका अनुसार पुलको लागत ४ करोड ८० लाख रुपैयाँ छ । दामोदर मार्ग अन्र्तगत पुल निर्माण भएसँगै दंगीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ६ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् । २०७३ सालमा सम्झौता भएको पुल २ वर्षमा निर्माण कार्य सम्पन्न भएको थियो । जग्गा विवाद, निर्माण सामग्रीको अभाव र पूर्वाधार विकास कार्यालयबाट समयमै रकम भुक्तानी हुन नसक्दा एक वर्ष ढिला सम्पन्न भएको इन्जिनियर शाहले बताए ।सो अवसरमा समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरीएको थियो । पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री वैजनाथ चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।