calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

सिसहनियाँमा खानेपानी आयोजना सुरु हुँदै

ओमप्रकाश गुप्ता
देउखुरी, ५ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रदेश नम्बर ५ कै ठुलो प्रगतीनगर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना निमार्णको काम अवको केहि दिनमै सुरु हुने भएको छ ।

सगरमाथा जोइन्ट भेन्टचर मन्डिकाटर काठमाण्डौँसँग ३० करोड २९ लाख ९७ हजार ७ सय ६६ रुपैयाँ ३५ पैसाको ठेक्कामा खानेपानीको काम सुरु हुन लागेको संस्थाका अध्यक्ष शान्तराज शर्माले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ५, ७ र ८ मा अवको १८ महिना भित्र घरघरमा खानेपानी पु¥याउने उद्देश्यले कामको सुरुवात गरिएको बताइएको छ ।

खानेपानी आयोजना निमार्णका लागि वडा नम्बर ४ को पिपरीमा साढे ४ लाख लिटर क्षमताको इन्टक ट्याङकीबाट बिजौरी, पिपरी,जितपुर,बड्का सिसहनियाँ, प्रगतीनगर सिसहनियाँ र कमलरोडमा खानेपानी पु¥याइने छ भने वडा नम्बर ५ को कालापानीमा ढाई लाख लिटर क्षमताको इन्टक ट्याङकीबाट कालापानी, पहरुवा,लठ्ठहवा र सिंगेमा खानेपानी पु¥याइने संस्थाका अध्यक्ष शर्माले बताए ।

हाल सम्म विभिन्न निकाय सँग संझौता,छलफल, ठेक्का टेन्डर आह्वान र सहयोग रकम संकलनको काम सकिएको छ । अव खानेपानी पाइप विछ्याउनका लागि ५ नम्बर वडा कार्यालय मार्फत खानेपानी विस्तार हुने ठाउँमा सडकको दाँया बाँया २५–२५ मिटर भित्र रहेका संरचना हटाउन सुचना प्रकाशन गरिएको छ ।

समय भित्र संरचना नहटाए संस्था र वडा कार्यालयले आफै संरचना हटाई काम अगाडी बढाउने बताइएको छ । उक्त संस्थाले ती वडाका २ हजार १ सय ५६ घरधुरीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य लिएको संस्थाका सचिव ओमनाथ बञ्जाडेले जानकारी दिएका छन् ।

घर आँगनमै शुद्ध खानेपानी आउने भएपछि स्थानीय समेत खुसी भएका छन् । हेन्डपाइपबाट आउने पानीमा कलर आउने र पानीको समेत गन्ध आउने समस्याले ग्रसित स्थानीयहरु आँगनमै शुद्ध खानेपानी आउने भएपछि संस्थालाई स्वत स्र्फुत रुपमा सहयोग समेत गरिरहेका छन् ।