सामाजिक सेवामा लाग्दा …

त्यो बेला नेपालमा आँखा स्वास्थ्य सेवा नयाँ विषय थियो । मैले भूमिसुधार विभागमा जागिरमा थिए । त्यो छोडेर आँखा स्वास्थ्य सेवातिर रोजे । त्यतिबेला आँखासम्बन्धी शिक्षा लिएपछि रोजगारी पनि छिटो पाइन्छ, सेवा पनि हुन्छ भन्ने थियो । मैले त्यही क्षेत्र रोजे । त्यो सँगै मैले नेपालगञ्जमा फतेवाल आँखा अस्पतालमा काम गर्ने अवसर पाएँ ।

त्यतिबेला नेपालमा डा. रामप्रसाद पोख्रेल जल्दो बल्दो नाम सुनिने गथ्र्यो’–रोल्पा जिल्ला घोडागाउँ वडा नं. २ मा जन्मिएका हुकुम पोख्रेलले भने । उनले त्यतिबेला सुइज जर्मनका डाक्टरहरुसँग नेपालगञ्ज बाँके बर्दियाका गाउँ–गाउँमा ट्रकोमा रोगको उन्मुलनको अभियानमा लागेको सम्झिए । नेपाल नेत्रज्योति संघ केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक क्षेत्रमा क्रियाशील पोख्रेलले आँखा स्वास्थ्य सेवा लिएर बस्ती–बस्तीमा पुग्दा आफू खुसी हुने गरेको बताए ।

२०४२ सालदेखि आँखा स्वास्थ्य सेवामा अनवरत लागेका पोख्रेलले आफ्नो पहिलो खुशी राप्ती आँखा अस्पताल रक्षाचौरमा स्थापित हुँदाको सम्झिए । उनले ८ महिना नेपालगञ्ज र बर्दियामा ट्रकोमा रोगको बिरामीहरु खोज्दै आँखा स्वास्थ्य सेवा दिएपछि लमहीमा आएर पहिलो पटक आँखा शिविर सञ्चालन गरी एक सय ७५ जनालाई पहिलो पटक सल्यक्रिया गरेको बताए ।

उनले त्यसपछि दाङमा पनि आँखा स्वास्थ्य सेवाबाट धेरै नागरिक वञ्चित भएको भन्दै यहाँ पनि आँखा अस्पताल स्थापना गर्नुपर्छ भनेर जग्गाको खोजीमा डाक्टर जेडिभेरे, आफू पनि यहाँका सामाजसेवी र विदेशी डाक्टरहरुसँग सँगै अभियानमा लाग्न पाउँदा खुशी भएको सुनाए । उनले त्यसका लागि घोराही, लमही र तुलसीपुरका विभिन्न स्थानमा जग्गा खोजी गरेको र अन्तमा सबैको पहलबाट रक्षाचौरमा आँखा अस्पतालको लागि जग्गा प्राप्त भएको सुनाए ।

उनले आँखा अस्पताल स्थापनका लागि जग्गाको सम्भाव्यता अध्ययन गर्न धेरै ठाउँ हिडेको र अन्तिममा धेरै प्रयासपछि अञ्चल सदरमुकाम तुलसीपुरको रक्षाचौरमा त्यतिबेला आँखा अस्पतालको जग्गा टुङ्गो लाग्दा खुशी लागेको सुनाए । ‘मेरा अन्य खुशीहरु पछि छन् तर राप्ती आँखा अस्पतालको जग्गा प्राप्तिका लागि टुङ्गो लागेपछि मैले युद्ध जिते जस्तो भएको थियो’–उनले भने ।

उनले राप्ती आँखा अस्पताल स्थापनाका लागि लागेका डा. अल्बर्ड कोल्ड स्टारले दाङमा अब जग्गा मिलेन भनेर गुनासो गरेको र त्यतिबेला आफू सानै भएको र सबैको सहयोगबाट राष्ट्रिय पञ्चायत र दरबारमा सबैको पहलबाट जग्गा प्राप्तिका लागि टुङ्गो लागेको सुनाए ।

उनले त्यतिबेलाका राप्ती अञ्चलबाट प्रतिनिधित्व गर्ने नेताहरु नेत्रज्योति संघका पदाधिकारीहरुको पहलबाट स्थापना भएको अस्पतालले यस क्षेत्रका जनतालाई हाल सहज सेवा दिएको र अस्पतालले अन्धोपन न्यूनीकरणको लागि खेलेको भूमिका देख्दा खुशी भएको सुनाए ।

उनले हाल अस्पतालको विकासका लागि निरन्तर लाग्ने संघका पदाधिकारी र त्यतिबेला अस्पताल स्थापनाका लागि लागेका विभिन्न व्यक्तिहरुलाई समेत सम्झँदै अस्पतालको विकास र विस्तार देख्दा निकै खुशी भएको सुनाए । त्यस्तै पोख्रेलले नेपाल नेत्रज्योति संघ केन्द्रले आफूलाई सुर्खेतमा आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्न पठाएको र त्यहाँ बसेर तत्कालीन मध्यपश्चिम, सुदूरपश्चिम क्षेत्रमा अन्धोपन न्यूनीकरणका लागि सेवा गर्न पाएकोमा पनि खुशी व्यक्त गरे ।

उनले आँखा स्वास्थ्य सेवाका लागि भोलेन्टेड भएर पनि काम गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै उनले आँखा स्वास्थ्य सेवाका काम गरेवाफत हङकङको अपावमा २०१८ मा नेपालको तर्फबाट पुरस्कृत हुन पाउँदा अर्को खुशी लागेको सुनाए । पोख्रेलले त्यो सँगै सन १९९९ मा नेत्रहीन संघ दाङमा गठन गर्न पाएकोमा पनि खुशी व्यक्त गरे । उनले चिन्तामणि आचार्य अध्यक्ष र आफू सचिव भएर नेत्रहीन संघ दाङ गठन गरेको र त्यसमार्फत् धेरै कार्यक्रमहरु सञ्चालन गरी उपलब्धिमुलक काम गरेकोमा पनि खुशी व्यक्त गरे ।

त्यस्तै २०४८ सालमा नेपाल रेडक्रस दाङको सदस्यमा अत्यधिक मतले विजय हुँदा पनि खुशी लागेको सुनाए । उनले आफू सदस्य जितेपछि आप्mनो टिमले एम्बुलेन्स सञ्चालन गरी जनतालाई सेवा दिन पाएकोमा पनि खुशी व्यक्त गरे । त्यस्तै उनले रेडक्रसमार्फत दाङमा विभिन्न परियोजना ल्याउन सफल भएको सुनाए । त्यस्तै तुलसीपुर नगर जेसीजको सन १९९६ मा अध्यक्ष भएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न पाउँदा पनि खुशी लागेको सुनाए ।

त्यो बेला विभिन्न स्कूलहरु, विभिन्न स्थानमा सहयोग गरेको सुनाए । ‘तुलसीपुर नगर जेसीजको अध्यक्ष भएपछि तुलसीपुरमा धेरै सामाजिक काम हामीले गरेका थियौँ । महसञ्चार अन्तर्गत मदनकृष्ण र हरिवंशलगायतको जोडीलाई समेत ल्याएर विभिन्न कार्यक्रम सञ्चालन गरेका थियौँ’ उनले भने । त्यस्तै तुलसीपुरमा अफिसर्स क्लवमा लागेर विभिन्न स्थानमा वृक्षारोपण गरी हरियाली बनाउन पाउँदा पनि खुशी लागेको सुनाए ।

रोल्पा जिल्लामा जन्मिएर पनि कर्मथलो दाङ हँुदै हाल काठमाडौं बनाएका पोख्रेलले मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियना नेपालको महासचिव तथा उपाध्यक्ष भएर पनि मानवअधिकारको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्न पाउँदा पनि खुशी लागेको बताए । ‘हामी मानव अधिकार तथा सामाजिक रुपपान्तरणमा धेरै काम गरेका छौँ त्यसको नेतृत्व गरी मानवअधिकारको क्षेत्रमा काम गर्न पाउँदा पनि खुशी लागेको छ’ पोख्रेलले भने ।

त्यस्तै पोख्रेलले आफनो कार्यमा घरमा श्रीमती सबै परिवारले साथ दिएकोमा पनि खुशी व्यक्त गरे । उनले श्रीमती पनि सामाजिक क्षेत्रमा काम गर्ने र सामाजिक अभियन्ता भएर समाज रुपान्तरण अभियानमा लागेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै पोख्रेलले घरमा लक्ष्मीको रुपमा छोरीको जन्म हुँदा पनि आफू खुशी भएको सुनाए । त्यसका साथै छोरीले मेडिकल लाइन पढेर छोरीलाई डाक्टर बनाउन पाउँदा अर्को खुसी लागेको सुनाए ।

घरमा छोराछोरीले राम्रो सँग पढेको र उनीहरुको प्रगतिले पनि आफूलाई खुशी मिल्ने पोख्रेलले सुनाए । पोख्रेलले नियोगको केन्द्रीय समितिमा रहेर दाङ–बाँके–पोखरालगायतका क्षेत्रमा निर्वाचनको समयमा प्रवेक्षक भएर काम गर्न पाउँदा पनि खुशी लागेको सुनाए । उनले सामाजिक सेवा नै आप्mनो खुशी भएको भन्दै जागिरपछिको जीवन सामाजिक सेवामै लगाउने बताए ।

‘अहिले पनि जागिर सँगसँगै सामाजिक सेवामा म सक्रिय छु मेरो अन्तिम लक्ष्य पनि सामाजिक सेवा नै हो, यसैमा मेरो खुशी मिल्ने छ’–पोख्रेलले भने । रोल्पा जिल्लामा जन्मिएका हुकुम पोख्रेल नेपाल नेत्रज्योति संघ केन्द्रका कार्यक्रम संयोजक मानवअधिकार तथा सामाजिक रुपमान्तरण अभियान नेपालका उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा नेतृत्व गरेका व्यक्ति हुन् ।

प्रस्तुती : बालाराम खड्का