दाङ, ५ पुस । संबिधानसभा सदस्य राजु खनालले ‘संबिधानले समेत परिकल्पना गर्न नसकेको संसद बिघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई आपत्तिजनक’ भनेका छन् ।
एक बिज्ञप्ती मार्फत उनले यो कदमले स्थीर सरकार मार्फत देशको समृद्धिको चाहना राख्नेहरूको चाहनामाथी तुसारापात मात्र गरेको र जनमतको घोर अपमान भएको बताएका छन् ।
‘राष्ट्रलाई अस्थिर बनाउने र संबिधानको भावनाभन्दा बाहिर गएर गरिएको सिफारिस सम्माननीय राष्ट्रपतिले स्वीकार गर्नै पर्छ भन्ने छैन’ उनले भनेका छन्, ‘राष्ट्रपतिबाट संबिधानको संरक्षकको भूमिका निर्वाह हुने बिश्वास गरेका छौ र’
कांग्रेस नेता खनालले राजनैतिक रूपमा यो कदमको प्रतिबाद हुनुपर्छ भन्दै राष्टपतिले आफूलाई संबिधानको संरक्षकका रूपमा प्रस्तुत गरेर राष्ट्रपति संस्थाको गरिमा बचाउनु पर्ने समेत बताएका छन् ।